समाचार

क्षत्री समाजका उपाध्यक्ष बस्नेतको निधन

श्रृष्टि भट्ट पोखरा क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज भरतबहादुर बस्नेतको सोमबार निधन भएको छ । ६७ वर्षिय बस्नेत केही महिनादेखि पेट रोग सम्बन्धी उपचाररत थिए । पाँच० दशकदेखि स्थानीय समाज विकास, निर्माण कार्यमा सकृय रहदै आएका थिए । क्षत्री समाज नेपालको स्थापना समाजबाट भएका आन्दोलन कार्यक्रमहरुमा बस्नेतको महत्वपूर्ण योगदान रहेको महासचिव कृष्णबहादुर थापाले बताए । प्रष्ट वक्ताको रुपमा परिचित बस्नेत नेकपा एमाले गण्डकी प्रदेश समितिको पूर्व सदस्य, टोल विकास संस्था, धार्मिक संस्थाहरुको विकास र कार्यक्रममा महत्वपूर्ण… पुरा पढौ

पोखरा पर्यटन परिषदले भन्यो : पर्यटन बोर्डको रिक्त सदस्यमा पोखरेलीको प्रतिनिधित्व सुनिश्चतता गरियोस्

श्रृष्टि भट्ट/श्रीषा रायमाझी पोखरा, बैशाख २९ पोखरेली पर्यटन व्यवसायीहरुको छाता संस्था पोखराका पर्यटन परिषदले नेपाल पर्यटन बोर्डको कार्यकारी बोर्ड सदस्यमा पोखरेलीको प्रतिनिधित्व सुनिश्चित्तता गर्न माग गरेका छन् । परिषदले पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेलाई एक ध्यानाकर्षण पत्र लेख्दै पर्यटन बोर्डमा पोखरामा पर्यटन व्यवसाय गरिरहेकामध्येबाट प्रतिनिधित्व गराउन माग गरेको हो । बोर्डमा पोखराबाट प्रतिनिधित्व नभएकाले हाल रिक्त रहेको सदस्य पदमा पोखराबाट नियुक्त गर्न माग गर्दै परिषदले पत्र पठाएको परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । पोखरामा निजी क्षेत्रको ६ खर्ब भन्दाबढी… पुरा पढौ

जन्मदिनमा जानकी माविमा अक्षयकोष र शैक्षिक सामाग्री

पछिल्लो समय जन्मदिनमा तडकभडक नभई सामाजिक एवम् शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्दछ भन्ने सोच बढेको छ । सो भावनाले प्रेरित भई यहाँका एक युवाले जन्मदिनको खर्च कटौती गरेर विद्यालयलाई सहयोग गरेर छन् । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडाका युवा एलेक्स शर्मा भण्डारीले जानकी माध्यमिक विद्यालयमा ५५ हजार ५५५ रुपैयाको अक्षयकोष स्थापना र विद्यार्थीलाई १० हजार मुल्य बरावरको शैक्षिक सामाग्री वितरण गरेर आप्mनो जन्मदिन मनाएका हुन । इन्फोम्याटिक कलेज रानीपौवामा स्नातक तह प्रथम बर्षमा अध्ययनरत भण्डारीले खाजा खर्च कटाएर जम्मा गरेको… पुरा पढौ

बुद्धका प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छः गण्डकी प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २५६९ औँ बुद्ध जन्मजयन्ती र किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गेरेका छन । सोमबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले नेपाली धर्तीमा जन्म लिनुभएका महान् पुरुष गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको उल्लेख गरे । ‘विश्वमाझ देखिएका विभिन्न युद्ध, हिंसा, घृणा, दमनका रूपहरूको निरूपणमा बुद्धको सन्देश अति सान्दर्भिक रहेको छ । बुद्धबाट व्यक्त प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ ।’ उनले भने ।… पुरा पढौ

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन विशेषगरी नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । इशापूर्व ५६३ मा रूपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले… पुरा पढौ

पोखराका पर्यटन व्यवसायी बन्दिपुरमा 

पोखरा २८ बैशाख । पोखराका पर्यटन व्यवसायीले तनहुको बन्दिपुर गाउँपालीकासंग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने वारे छलफल गरेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको नेतृत्वमा गएको पर्यटन व्यवसायी हरुको टोलीले बन्दीपुर गाउँपालिकाद्धारा आयोजित अन्तिरक्रिया कार्यक्रममा सहभागि भएका थिए ।   पयर्टन ब्यवसायी तथा स्थानिय सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा पोखरा भ्रमण वर्ष सन् २०२५ र बन्दीपुर भ्रमण वर्ष सन् २०२५ का वारेमा चर्चा गरिएको थियो । कार्यक्रममा बोल्दै बन्दीपुर गाउपालिका प्रमुख सुरेन्द्रबहादुर थापाले पहाडकी रानी बन्दिपुरमा आन्तरिक र बाह््य… पुरा पढौ

घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजको अध्यक्षमा बैरागी निर्वाचित

पोखरा,२८ वैशाख । घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजको प्रथम अधिवेशनबाट पुनः तोयनाथ लम्साल(बैरागी)निर्वाचित हुनुभएको छ । समाजको शनिबार सम्पन्न अधिवेशनले यसअघिको तदर्थ कार्य समितिलाई निरन्तरता दिएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा स्थायी तथा अस्थायी बसोबास गर्नेहरुले ६ महिनाअघि समाज गठन गरेका थिए । अधिवेशनले प्रथम उपाध्यक्षमा महेश्वर पौडेल, उपाध्यक्ष महिलामा चन्द्राज्यू ठकुरी, सचिव जगत गुरुङ, सहसचिव भानुभक्त पोखरेल, कोषाध्यक्ष सरिता आचार्य लम्साल र सहकोषाध्यक्ष नरबहादुर… पुरा पढौ

भ्रष्टाचार न्यूनीकरण सरकारको प्राथमिकतामा – मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताए ।प्रजातान्त्रिक विचार समाज कास्कीको १० औं अधिवेशन तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनका बारेमा आयोजित गोष्ठीलाई आज पोखरामा उद्घाटन गर्दै उनले त्यस्तो कुरामा जोड दिए । संस्थागत रुपमा मौलाएको भ्रष्टाचारलाई सुन्य सहनशीलतामा पु¥याउन कठिन भएपनि न्यूनीकरण गर्न सकिने बताउँदै उनले गण्डकी प्रदेश भित्र सुशासन र भ्रष्टाचार निरुत्साहित गर्न आफूले सक्रिय भूमिका खेल्दै आएको बताए । समाजमा हुने विकृति हटाउन र नेपाली जनतालाई सुशासन दिन प्रदेश सरकार प्रयत्नशील रहेको… पुरा पढौ

र्‍यान्डममा धोबीघाट मेलोडी

पोखरा, वैशाख २७ गते । र्‍यान्डम रिडर्स सोसाइटीमा शनिवार मुकुन्दराज शर्माको निबन्ध सङ्ग्रह ‘धोबीघाट मेलोडी’ को चर्चा गरिएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रघुनाथ वाग्लेले कृतिको चर्चा गर्दै धोबीघाट मेलोडी जीवन मेलोडी भएको धारणा राखे । उनले भने, “जीवन जसरी हिजो आजसँग मिल्दैन, आज भोलिसँग मिल्दैन तर प्रत्येक दिनले आआफ्नो छाप छोडेकै हुन्छन् । त्यसरी नै धोबीघाट मेलोडीका निबन्धहरू एउटा अर्कोसँग मिल्दैनन् तर सबै निबन्धहरूले सशक्त सन्देश बोलेका छन् ।” समाजका चम्चेहरूलाई व्यङ्ग्यको तिखो वाण प्रहार… पुरा पढौ

युवाको शारीरिक तथा सामाजिक विकासमा खेलकुद महत्वपूर्णः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले युवाको शारीरिक तथा सामाजिक विकासमा खेलकुद महत्वपूर्ण रहेको बताएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नंं. ६ मा आयोजित तेस्रो रनिङ शिल्ड प्रतियोगिता शुुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले यस्ता प्रतियोगिताले दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गर्न सहयोग पुग्ने बताए । ‘खेलकुदमा युवा सहभागिताले शारीरिकसँगै सामाजिक रूपमा सबल बनाउँदछ । सान्दर्भिक गतिविधिहरूमा संलग्न हुने सम्भावना बढ्छ ।’ उनले भने –‘युवाले खेललाई जीवनको माध्यम बनाउँछन्, यसले आत्मसम्मान बढाउँछ । सामाजिक सीपहरू विकास गर्न सक्छ र उपयुक्त… पुरा पढौ