समाचार

पोखरा स्पोर्टस अवार्ड : बागलुङकी भगवतीलाई लाईफटाईम अचिभमेन्ट अवार्ड

राधिका गहतराज/सिता परियार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन शुटिङकी भगवती खत्री केसीलाई अर्पण गरिएको छ । उनलाई शुक्रबार भव्य रुपमा आयोजित अवार्ड कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित लाईफटाईम अचिभमेन्ट अवार्ड अर्पण गरिएको हो । बागलुङकी भगवती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भई विभिन्न पदक जितेकी खेलाडी हुन् । खत्री नवौं राष्ट्रिय प्रतियोगितामा प्रथम, १२औं राष्ट्रिय शुटिङ प्रतियोगितामा प्रथम, प्रथम खुला शुटिङ प्रतियोगितामा प्रथम, चौथो राष्ट्रिय खेलकुद… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड–२०८१ : विश्वास र अरुणा सर्वोत्कृष्ट खेलाडी

श्रीषा रायमाझी/श्रृष्टि भट्ट पोखरा, बैशाख २६ पोखरा स्पोर्टस अवार्डमा भलिबलका विश्वास अधिकारी र अरुणा शाही सर्वोत्कृष्ट वर्ष खेलाडी भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरा इभेन्ट सेन्टरमा भएको नवौं संस्करणको पोखरा स्पोटर््स अवार्ड–२०८१ मा पुरुषतर्फ विश्वास र महिलातर्फ अरुणा सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् । गण्डकी प्रदेशको नवलपुर घर भएका विश्वासले मनोनयनमा परेका अन्य खेलाडीहरु प्रदीप खड्का (टेनिस) र सुमित श्रेष्ठ (फुटबल)लाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष)को अवार्ड जितेका हुन् । त्यस्तै, भलिबलकै राष्ट्रिय… पुरा पढौ

कास्कीको रुपामा तीन दिने मोहोरिया मेला हुने

कास्कीको रुपागाउँपालिका स्थित मोहोरियामा २५६९ औं बुद्ध जयन्तीको अवसरमा तीन दिने मोहोरिया मेला हुने भएको छ । सिद्धार्थ स्मृति क्लबको आयोजनामा वैशाख २७ देखि २९ गतेसम्म मेला हुन लागेको हो । “खेलकुदद्वारा स्वास्थ्यमा सम्वद्र्धन, मेलाद्वारा पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजित मेलाको मुख्य आकर्षक साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता रहेको क्लबका पूर्वअध्यक्ष जीतबहादुर थापाले जानकारी दिए । भलिबलमा विजेताले ४० हजार, उपविजेतालाई २५ हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने छ । विधागत रुपमा पनि उत्कृष्ट घोषणा गरी… पुरा पढौ

पोखराबाट देशका विभिन्न सहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल भएको छ । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ. प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक आन्तरिक उडान कम्पनीका अधिकारीहरू बिच छलफल भएको हो । छलफलमा मन्त्री पाण्डेले पर्यटन राजधानी पोखरामा सञ्चालनमा रहेको सुविधा सम्पन्न विमानस्थलबाट सम्भाव्य आन्तरिक गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्न सेवा प्रदायकहरूलाई आग्रह गरे ।… पुरा पढौ

स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः गण्डकी प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विधिको शासनको प्रत्याभूति दिलाई विकास, शान्ति र समृद्धिको सुनिश्चितताका लागि स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताका रुपमा स्वीकार गर्नुपर्ने बताएका छन । कानुन दिवस २०८२ को अवसरमा उच्च अदालत पोखराले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले न्यायपालिकाको स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्न आजको यस विशेष दिनमा सम्बन्धित सबैसँग आग्रह पनि गरे। यो दिवस नेपालको न्यायिक इतिहाससँग सम्बन्धित विशेष अवसरका रुपमा रहेको बताउँदै उनले विधिको शासन कायम राख्न र कानून सबैका लागि सरोकार… पुरा पढौ

‘नवौं पोखरा स्पोर्टस् अवार्ड’ कार्यक्रम आज हुँदै

पोखरा । ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ को अवार्ड कार्यक्रम आज -शुक्रबार_ हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रम पोखरा इभेन्ट सेन्टरमा दिनको ३ बजे शुरु जनाइएको छ । आज हुने अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गरिने मञ्चले जनाएको छ । त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ताम्रपत्र, दोसल्ला प्रदान गरिनेछ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५… पुरा पढौ

अन्नपूर्ण पदमार्गमा नेपाली सेनाको सरसफाई अभियान सम्पन्न, २९० किलो फोहोर संकलन

पर्यटन प्रवर्द्धन, पर्यावरण संरक्षण तथा पदयात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाको श्री कृष्णदल गणले अन्नपूर्ण पदमार्ग क्षेत्रको सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। सेनाको पश्चिम पृतना अन्तर्गत श्री नं। ३ वाहिनी अड्डाको निर्देशनमा सञ्चालन गरिएको अभियान बैशाख २१ गतेदेखि २५ गतेसम्म पाँच दिनसम्म सञ्चालन गरिएको हो। पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्नुका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण अन्नपूर्ण पदमार्ग क्षेत्रलाई स्वच्छ, सुरक्षित र आकर्षक बनाउनु यस अभियानको मुख्य उद्देश्य रहेको अभियानको नेतृत्व श्री कृष्णदल गणका गणपति, प्रमुख सेनानी राजेन्द्र पुडासैनीले बताए । विश्वप्रसिद्ध… पुरा पढौ

ईन्स्पेक्टर पृथ्वी खनालको नयाँ गीत ‘मन सानो’ सार्वजनिक

पोखरा । गायक तथा सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालको नयाँ गीत ‘मन सानो’ सार्वजनिक भएको छ। फरक शैली र भावनात्मक प्रस्तुतिका लागि परिचित खनालले यसपटकको गीतमार्फत पनि सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्य राखेका छन्। ‘भोइस अफ नेपाल सिजन २’ बाट चर्चा कमाएका खनालले यस गीतमा आफ्नै शब्द र संगीत दिएका छन्। गीतमा ‘भोइस अफ नेपाल सिजन ६’ की सेमिफाइनलिस्ट इन्द्रकला राई र दृष्टिबिहिन प्रतिभाशाली गायक विकास थारुले स्वर दिएका छन्। संगीत संयोजन शाहस शाक्यले गरेका हुन्। ‘मन सानो’ गीतको म्युजिक… पुरा पढौ

तालमा डबल प्याडल बोट पल्टिँदा सात जना भारतीय पर्यटक र एक जना नेपाली नागरिकको सकुशल उद्धार

पोखरा, २०८२ वैशाख २५ । कास्की जिल्ला पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा आज साँझ करिब ५ बजे अचानक आएको तिव्र गतिको हावाहुरीका कारण स्ट्याण्डिङ डबल प्याडल बोट पल्टिदा तालमा खसेका सात जना भारतीय पर्यटक र एक जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। घटनापछि सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत एपीएफ फेवा रेस्क्यु टावरमा खटिएको सप्रसनि सट कुमार पौडेलको कमाण्डमा रहेको १/९ नफ्रिको टोली र सप्रसनि दिपेन्द्र कटवालको कमाण्डमा रहेको १/१३ नफ्रिको गण्डकी प्रदेश विपद् व्यवस्थापन टोली आवश्यक उद्धार सामग्रीसहित तत्काल घटनास्थलमा… पुरा पढौ

मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न

मुस्ताङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा मंगलबार मुस्ताङ जिल्लाको जोमसोममा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख मायाँ गुरुङले महिला तथा बालबालिकाको अधिकार सुनिश्चित गर्न सबै पक्षले समन्वय गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो। उहाँले संघीय संरचना पछि धेरै सुधार भए पनि महिला तथा बालबालिकासम्बन्धी काम कमजोर भएको टिप्पणी गर्नुभयो। पहिले महिला तथा बालबालिका कार्यालयको माध्यमबाट आमा समूह र बाल सञ्जालसँग सहकार्य गरेर काम गरिने गरेको तर… पुरा पढौ