समाचार

जनप्रतिनिधिसँग कास्की काँग्रेस

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव संकलन जारी राखेको छ । तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक लबिङ गर्न छलफल गरी सुझाव संकलन गरिरहेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए। शनिवार पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुसँग सुझाव संकलन गरिएको हो । शहर र गाउँको आवश्यकता बारे जनप्रतिनिधिहरुले सुझाव दिएका थिए । यसअघि कास्की काँग्रेसले वडा… पुरा पढौ

पोखरा – ३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ३ कार्यलयको सहयोगमा शनिवार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ३ नदीपूरस्थित बाल मन्दिर माविको परिषरमा आयोजित कार्यक्रमबाट ५७ जना लाभान्वित भएका छन् । विशेष गरी महिलाहरुको स्वास्थ्यलाई प्राथमिकता राखेर कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । शिविरको उद्घाटन गण्डकी प्रदेश नीति तथा योजना आयोगकी सदस्य दुर्गा लामिछानेले गरेका थिए ।… पुरा पढौ

विन्दुवासिनी संस्कृत विद्यापीठमा अनुसन्धान विधि तालिम सुरु

पोखरा । विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा पाँच दिवशीय अनुसन्धान विधि शुक्रबारदेखि तालिम सुरु भएको छ ।विद्यापीठ अन्तर्गतको अनुसन्धान व्यवस्थापन एकाइ (च्ःऋ) को आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो । तालिमको उद्घाटन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले उच्च शिक्षामा तथा नीति निर्माणमा अनुसन्धान पद्धतिको बढ्दो महत्वमाथि जोड दिए । यस्ता कार्यक्रमहरूले शैक्षिक उत्कृष्टता सुदृढ गर्नुका साथै नवप्रवर्तनमा टेवा पु¥याउने उनले बताए । अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सहप्रा. डा. चुडामणि कडेलको अध्यक्षतामा सम्पन्न उद्घाटनसत्रमा विद्यापीठका… पुरा पढौ

जनप्रिय र सृजना उपाधिका लागि भिड्ने

पोखरा । चार खेल चार जितसँगै जनप्रिय स्कुल पोखरामा आयोजित अण्डर १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । शीर्षस्थानमा रहँदै जनप्रियले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ । चार खेल, दुई जित, एक बराबर र एक हारसँगै दोस्रो स्थानमा रहेको सृजनाले उपाधिको लागि जनप्रियसँग खेल्ने छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा शनिबार जनप्रियले हिमालयन बोर्डिङलाई ७० रनले पराजित गर्दै शीर्षस्थानमा रह्यो । हिमालयनले टस जित्दै बलिङको निर्णय लियो । जनप्रियले ९ विकेटको क्षतिमा १२१… पुरा पढौ

गोरखामा मनाइयो ६९ औं मनास्लु हिमाल आरोहण दिवस

गोरखा । गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको छ । ट्रेकिङ एजेन्जीस् एशोसिएशन अफ नेपाल (टान) गण्डकीको आयोजनामा गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको हो । टान गण्डकीको आयोजनामा गोरखा नगरपालिका–५ पस्लाङगाउँ होमस्टेमा घरवास तथा ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम गर्दै ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको हो । सन् १९५६ मे ९ तारिखका दिन जापानका पर्ततारोही तोसिओ इमानिसी र नेपालका पर्वतारोही ग्लाल्जेन नोर्वु र्शर्पाले पहिलो पटक मनास्लु हिमाल आरोहण गरेका थिए । आरोहण दिवसको अवसरमा… पुरा पढौ

कवि ईश्वरमणिको ‘सानु साथी’ काव्यकृति लोकार्पण

पोखरा । कवि ईश्वरमणि अधिकारीद्वारा लिखित नवीनतम काव्यकृति सानु साथी शुक्रबार पोखरामा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रकाशित कृतिको बरिष्ठ साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, सरस्वती प्रतिक्षा, रमेश श्रेष्ठ,, लक्ष्मण थापा, विश्लेषक विश्व सिग्देल, कवि स्वयं ईश्वरमणि अधिकारी र उनकी सुपुत्री डा. अस्मिता अधिकारीले एकसाथ सार्वजनिक गरेका थिए । विश्लेषक विश्व सिग्देलले सानु साथी मा समेटिएका कविताहरू पूर्वीय दर्शनको गहिराइ बोकेका र न्यूनतम शब्द प्रयोगमा गहन अनुभूति सम्प्रेषण गर्न सक्ने शैलीमा प्रस्तुत भएको बताउँदै कविलाई ‘बौद्धिक… पुरा पढौ

पोखरामा  ईश्वरमणिको सानु साथी लोकार्पण

पोखरामा एक समारोहका बिच कवि ईश्वरमणि अधिकारीको सानु साथी लोकार्पित भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रकाशित उक्त कृतिको साहित्यकारहरू सरू भक्त, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, सरस्वती प्रतिक्षा, लक्ष्मण थापा, ईश्वरमणि अधिकारी, अध्येता तथा विश्लेषक विश्व सिग्देल सहित डा अस्मिता अधिकारीले एकसाथ लोकार्पण गरेका हुन् ।्र कृति माथि आफ्नो दृष्टिकोण राख्दै विश्लेषक विश्व सिग्देलले सानु साथी कविताको विविध आयामहरूको चर्चा गर्दै डा। अधिकारीका कविताले बोकेको विचार तथा दर्शनको क्षितीजको व्याप्तीलाई मुक्त कण्ठले प्रशंशा गर्दै पूर्वीय दर्शनका उपनिषद् र वेदका… पुरा पढौ

कुमुदिनीमाथि हावर्डको जित

पोखरा । जनप्रिय सेकेण्डरी स्कुलले आफनो लगातार जित निकाल्ने क्रममा शुक्रबार पोखरा रंगशाला क्रिकेट मैैदानमा सृजना बोर्डिङलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर जनप्रियले फिल्ड रोजेपछि सृजनाले पहिलो इनिङ शुरु गर्यो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित अण्डर १६ विद्यालयस्तरीय टी २० प्रतियोगितामा सृजनाले केवल १३.४ ओभर खेल्दै ४१ रन बनायो । सस्तैमा आउट हुदाँ विशाल ढकालको ७ र स्पन्दन गोर्खालीले ६ रन बनाए । कृष्ण ढकाल र सम्राट रावतले समान तीन तीन विकेट लिएपछि सृजना भने… पुरा पढौ

महेन्द्र मावि घार्मीको ३५ औं वार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विद्यालय शिक्षाको मेरूदण्ड नै गुणस्तरीय शिक्षा भएको बताउँदै, शैक्षिक विकासमा सबै पक्षको सहभागिता आवश्यक रहेको बताए। उनले गुणस्तरीय शिक्षाका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। कार्यक्रममा वडा सदस्य दुर्गादेवी बस्नेत, विकास कुमार आचार्य, कल्पना सुनार, रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दिपेन्द्र शर्मा, विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य डिल्लीराम पौडेल, चन्दादाता सन्तोष भण्डारी,… पुरा पढौ

प्रतिभा मा विमा नमुना मतदान

शुक्रबार बिहान ११ः १० बजेको थियो । विद्यालयका अतिरिक्त क्रियाकलप प्रमुख प्रकाश अधिकारीले सम्पूर्ण मतदाताहरूलाई लाइनमा आउन आग्रह गरे । विद्यार्थीहरू सबै मतदाताको लाइनमा आए । एकातिर छात्राहरू र अर्कोतिर छात्रहरू मतदानका लागि लाइनमा बसे । आमनिर्वाचनमा मतदानस्थल जसरी व्यवस्थापन गरिएको हुन्छ, त्यसरी नै व्यवस्थापन गरियो । मतपत्र, स्वस्तिक छाप, मतपेटिकालगायतका सामग्री राखिएको थियो । उक्त दृश्य पोखराको नदीपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले गरेको नमुना मतदान थियो । कक्षा १० को सामाजिक विषयको पाठ्पुस्तकमा समावेश भएको निर्वाचन प्रक्रियासम्बन्धी पाठअनुसार विद्यार्थीहरूलाई… पुरा पढौ