राजनीति

स्याङ्जामा तात्यो चुनावी माहोल

वालिङ । आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गर्दै यहाँका राजनीतिक दलहरुले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । जिल्लामा क्रियाशील रहेका राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, हाम्रो नेपाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी पुष्पलाल, एकीकृत शक्ति नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाली कांग्रेस बिपीसहितका अन्य स्वतन्त्र दल तथा व्यक्तिहरुले चुनाव चुनाव… पुरा पढौ

अमेरिकामा आज मध्यावधि चुनाव हुँदै

अमेरिकामा आज (मंगलबार) मध्यावधि चुनाव हुँदैछ। अमेरिकामा राष्ट्रपति चुनावको २ वर्षपछि हुने चुनावलाई मध्यावधि अर्थात् मध्यान्तर चुनाव भन्ने गरिएको छ। यो चुनावमा तल्लो सदनका सबै ४ सय ३५ र माथिल्लो सदन सिनेटको १ सयमध्ये ३५ ठाउँमा चुनाव हुन लागेको हो। राष्ट्रपतिको कार्यकाल तथा लोकप्रियता मापनको माध्यम यो चुनावलाई अमेरिकी नागरिकले निकै महत्वका साथ लिएका छन्। अमेरिकी राष्ट्रपति जो वाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा चुनावी अभियानमा छन्। साथै, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रिपब्लिकन उम्मेदवारलाई जिताउन लागि परेको संचार माध्यमहरुले… पुरा पढौ

विकासको काम गर्ने इच्छाशक्तिसहित चुनावमा होमिएको छु : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा सोमबार आयोजित कोणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ संकल्प बोकेर आएको बताए । ‘देशलाई अहिले सुशासन चाहिएको छ, सुशासन कायम गरेपछि विकास संभव छ । अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको हो,’ उनले भने । वरिष्ठ नेता पौडेलले आफूहरु जनतालाई ठूला सपना देखाउने पक्षमा… पुरा पढौ

निर्वाचन प्रचार–प्रसारमा विकासको चर्चा

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले म्याग्दीको पश्चिमी क्षेत्र हुँदै ढोरपाटनलाई जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउन सकिने बताएका छन् । ढोरपाटन जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने र धौलागिरि चक्रीय पदमार्गलाई व्यवस्थित गरेर पर्यटकलाई आकर्षित गर्न सक्ने हो भने म्याग्दीको विकासका लागि कोसेढुंगा साबित हुने उनको भनाई छ । नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवारसमेत रहेका डा श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार–प्रसार अभियानका क्रममा मध्य पहाडीको बागलुङभन्दा म्याग्दी भएर ढोरपाटन जोड्ने सडक ६०… पुरा पढौ

राष्ट्रिय युवा संघका नेता अधिकारीले ल्याए केपी ओली नामक गीति भिडियो (भिडियो सहित)

पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशका सहस् संयोजक बिकास अधिकारीले तयार पारेको चुनाव केन्द्रित ूकेपी ओलीू नामक गिति भिडियो आज एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ। नेकपा एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्न पोखरा आएका ओलीले र्‍याप( मेटल शैलीमा तयार पारिएको गितको भिडियोलाई आफ्नै हातबाट सार्वजनिक गरेका हुन्। । नेकपा एमाले गण्डकी प्रदेश कमिटी सहरी बिकास बिभाग सदस्य समेत रहेका युवा नेता अधिकारीले गीतको भिडियो मार्फत मुलधारका राजनीतिक पार्टी प्रति फैलिएको नैराश्वेताका बिरुद्धमा सकारात्मक… पुरा पढौ

‘मालिक होईन जनताको सेवक भएर काम गर्दछु’–एमाले नेत्री भट्टराई

पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले आफु मालिक होइन जनताको सेवक भएर काम गर्ने बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ७ र ८ मा भएको घरदैलो कार्यक्रममा उनले आवश्यक नीति निर्माणसँगै समृद्धिको अभियानमा जुट्ने मतदातासँग प्रतिवद्धता व्यक्त गरिन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेकी नेत्री भट्टराईले समृद्ध नेपाल, सुखी नेपाली पार्टीको अर्जुन दृष्टि भएको उल्लेख… पुरा पढौ

संविधान च्यात्ने दुष्प्रयास भएको थियो, कार्यान्वयन गर्न आएको छु– लामिछाने

पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ ९१० मा ५ दलीय गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले संविधान कार्यान्वयन र विकासका लागि नेतृत्व फेर्नुपर्ने बताएका छन् । पोखरा महानगरपालिका २१ मा सञ्चालित चुनवी अभियानका क्रममा मतदातासँग उनले यस्तो बताएका हुन् । जवाफमा मतदाताले आफ्नो ठाउँको बिकासको लागि नेतृत्व फेर्न तयार भएको बताएका छन् । कार्यक्रममा ठुलीस्वाँरा टोल बिकास संस्थाका बलबहादुर आलेले बाटो नभएर दुख पाईएको बताउँदै बाटो बनाईदिनेलाई आफ्नो मत दिने बताए । उनले लामिछानेसँग… पुरा पढौ

‘जनतालाई झुटा आश्वासन दिन्न: कास्की १ (ख) का एमाले उम्मेदवार श्याम

पोखरा । गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की १ (ख) बाट एमालेका उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले जनतालाई भ्रममा पार्ने झुटा आश्वासन नदिने बताएका छन् । मादी ५ मा भएको घरदैलो कार्यक्रममा बोल्दै उनले राजनीतिक दल र उनीहरुका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौं भन्ने झुटा दिँदै आएकाले आफूले त्यो नगर्ने बताए । ‘म जे बोल्छु त्यो गर्छु । जे सक्छु त्यो गर्छु । उनले भने, ‘केही उम्मेदवारले जनतालाई दिग्भ्रमित पार्ने गरी भुट्टा आश्वासन… पुरा पढौ

कोईरालाको वान्स अगेनमा रुपाका जनताको समर्थन

पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा बुढा उम्मेदवारलाई हराउनुपर्छ भन्दै देशव्यापी रुपमा ‘नो नट अगेन’ अभियान सञ्चालन भईरहेको छ । कास्कीमा पनि ठाउँठाउँमा यो अभियान सञ्चालन भईरहेको छ । यसको प्रभाव कास्की–१ को (१) मा पनि पर्न थालेको छ । सो क्षेत्रमा युवा नेता दीपक कोईरालालाई वान्स अगेन भन्दै स्वागत गरिएको छ । चुनावी अभियानका क्रममा रुपा गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्ने नेपाल पाखा, थुम्का, पोल्याङटार, टाकञ्जा, फईचोक, आरुखर्क, खाल्टे, वायोडाँडा पुग्दा त्यहाँका स्थानियले कोईरालालाई… पुरा पढौ

पोखरा ५ मा एमाले उम्मेदवार दामोदर र राजीवको दलबल सहित घरदैलो

पोखरा । कास्की क्षेत्र नम्बर ३ अन्र्तगत वडा नम्वर ५ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो गरेका छन् ।सो क्षेत्रका प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागी र क्षेत्र ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारीले घरदैलो गर्दा ठूलो संख्यामा कार्यकर्ताहरुले साथ दिएका थिए । वडा नम्बर ५ एमालेको पक्कड क्षेत्र मानिन्छ । घरदैलोका क्रममा स्थानियहरुले उम्मेदवारहरुलाई यस वडाका अधिकांंश वडावासी एमालेकै साथमा रहेको बताएका थिए । ‘विकास र समृद्धिको सारथी एमाले हो, हाम्रो भोट सुर्यमै जान्छ’–वडावासीको प्रतिक्रिया छ… पुरा पढौ