राजनीति

ऐन कानून निर्माणसंगै विकाश निर्माणमा मेरो जोड रहन्छ : बराल

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेवदार श्रीनाथ बरालले ऐन कानुन निर्माणसंगै विकास निर्माणमा आफ्नो जोड रहने बताएका छन् । सोमबार पोखरा–२१ निर्मल पोखरीमा आयोजित घरदैलोसहितको कोणसभालाइृ सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् । आफू पाँच दलको साझा उम्मेदवार रहेको पाँच दलको भावनाका साथै असली एमालेका नेता कार्यकर्ताको समेत आफू साझा उम्मेदवार रहेको दाबी गरे । उम्मेदवार बरालले लोकतन्त्र र संविधान जोगाउन अनि जनताको अपेक्षा अनुरुप काम गर्न… पुरा पढौ

मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन : बराल

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन निर्माण भएको बताएका छन् । चुनाव प्रचारप्रसारका क्रममा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडमा पुगेका बरालसमक्ष मतदाताले गठवन्धनको कुरा उठाएपछि उनले यस्तो बताएका हुन् । उनले कतिपय कोण र क्षेत्रबाट गठवन्धनप्रति संशय व्यक्त गरिंदै आएपनि यसप्रति शंका नगर्न आग्रह गरे । उनले भने, ‘मूलतः संघीय शासन स्थापनापछिको निर्वाचनले झण्डै दुई तिहाई हैसियत हासिल गरेको सरकारले राजनीतिक स्थायित्व… पुरा पढौ

लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताएका छन । नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा आज पोखरामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक मूल्यमान्यताका लागि पनि एमालेले बहुमत प्राप्त गर्नु आवश्यक भएको बताए । विचार नभएका, नीति नभएका गठबन्धनले फरक–फरक घोषणापत्र सार्वजनिक गरेको उनको आरोप थियो । गन्तव्य नभएकाले फरक–फरक घोषणापत्र बोकेर हिँडेको बताउँदै उनले उनीहरू जनतासँग झुटो आवश्वासन बाँढिरहेका छन् भने ।लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउन सकिने र नेकपा एमालेले बहुमतको सरकार… पुरा पढौ

मर्दी पदयात्रा व्यवस्थित गर्ने बराल र भण्डारीको बाचा

पोखरा, २१ कात्तिक कास्कीको मर्दी हिमाल पदयात्रा विश्वमानै प्रख्यात छ । मर्दीमा केही वर्षदेखी यता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण छ । तर मर्दी पदयात्रा व्यवस्थित हुन सकेको छैन ।पदयात्रामा टेलिफोन, खानेपानी, विद्युत लगायतका समस्या छन् । होटलहरु खुल्ने क्रम बढेपनि व्यवस्थित छैनन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–९ सिदिङका प्रज्वल क्षेत्रीले वर्षेनी हजारौँ पर्यटक आउने मर्दी पदयात्रालाई व्यवस्थित गर्नेतर्फ ध्यान नपुगेको बताउनुभयो ।सिदिङमा चुनावी अभियानमा आइतबार पुग्नुभएका सोही क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार रामजी बराल र प्रदेशका उम्मेदवार दुर्गादत्त भण्डारीलाई उहाँले मर्दी क्षेत्रका… पुरा पढौ

केपी ओलीको आरोप : कांग्रेस सत्तामा आउँदा अलच्छिन लाग्छ, अहिलेपनि देशको ढुकुटी रित्तियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सत्तामा आउने वित्तिकै देशमा अलच्छिन लाग्ने गरेको आरोप लगाएका छन् । नेकपा एमाले कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले यस्तो गम्भीर आरोप लगाएका हुन् । कांग्रेस सत्तामा आउने वित्तिकै अलच्छिन किन लाग्छ ? प्रश्न गर्दै उनले अगाडि थपे,‘यिनीहरु आएपछि सहकाल समाप्त हुन्छ, अनिकाल लाग्छ । पैसा हुँदैन । व्यक्तिसँग मात्रै होईन अहिले त बैंकसँगपनि पैसा छैन । तरलता अभाव छ, ऋण दिनेपनि पैसा… पुरा पढौ

ओलीको प्रश्न : गठबन्धनको प्रधानमन्त्री को ? घोषणा पत्र कसको लागु हुन्छ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई मिसन र भिजन बिनाको दिशाहीन गठबन्धन भनेर टिप्पणी गरेका छन् । नेकपा एमाले कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पाँच दलका पाँचवटा घोषणा पत्र बनेको भन्दै निर्वाचनपछि कसको लागु हुन्छ भन्ने टुंगो नभएको बताए । आज जनताले जान्न चाहेका छन्,ओलीले गठबन्धनप्रति कटाक्ष गर्दै ओलीले भने,‘गठबन्धनले जित्यो भने को प्रधानमन्त्री बन्छ ? अनि कुन दलको घोषणा पत्र लागु हुन्छ ? कांग्रेसको, माओवादीको ?… पुरा पढौ

बैदाममा गठबन्धनका उम्मेदवार जिताउन ज्येष्ठ नागरिकहरु एक मत

गणेश पहारी । पोखरा, कात्तिक २१ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै नेपाली काग्रेस सर्मर्थित जेष्ठ नागरिकहरुले पोखरा महानगर पालिका वडा नं –६ बैदाममा ज्येष्ठ नागरिक संघ गठन गरेका छन । गठबन्धनका उम्मेदबारलाई जिताउने उद्देश्यले वडा देखी टोल तहसम्म प्रचार प्रसारका लागि ज्येष्ठ नागरिक संघ गठन गरिएको हो । आइतबार बसेको ज्येष्ठ नागरिकहरुको वृहत भेलाले नेत्रपाणी न्यौपानेको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरुका रत्न बहादुर ठकुरी, जनकलाल श्रेष्ठ, हरिशचन्द्र पहारी,… पुरा पढौ

विकासको काम गर्ने इच्छाशक्तिसहित चुनावमा होमिएको छु : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आज आयोजित कोणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ सङ्कल्प बोकेर आएको बताए । “देशलाई अहिले सुशासन चाहिएको छ, सुशासन कायम गरेपछि विकास सम्भव छ । अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको हो”, उनले भने । वरिष्ठ नेता पौडेलले आफूहरु जनतालाई ठूला सपना… पुरा पढौ

देशलाई विकास कि विनासतर्फ लैजाने ? जनताले फैसला गर्नुपर्छ : ओली

पोखरा, कात्तिक २१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकास कि विनासतर्फ लैजाने भन्ने फैसला जनताले फैसला गर्नुपर्ने बताएका छन् । नेकपा एमाले कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले जनताले चुनावमार्फत देशलाई विनास कि विकासतर्फ लैजाने भन्ने फैसला गर्नुपर्ने बताएका हुन् । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि भईरहेको चुनाव सामान्य चुनाव नभएको बताउँदै उनले भने,‘यो निर्वाचन यसअघिका निर्वाचनजस्तो सामान्य निर्वाचन… पुरा पढौ

पदमार्ग जोगाउन स्थानीयवासीको माग

कास्कीको माछापुच्छ«े गाउँपालिका–९ को सिदिङबाट मर्दी हिमाल पदयात्रा सुरु हुन्छ । छोटो अवधिमा पदयात्राको उत्कृष्ट आनन्द लिन सकिने भएकाले यस पदयात्रा विश्वमा नै प्रख्यात मानिन्छ । पर्यटनमा आश्रित हुँदै गएका यस क्षेत्रका स्थानीयलाई भने पदमार्ग कसरी जोगाउने भन्ने चिन्ता छ । धेरै पदमार्गहरु सडक विस्तारले हराउँदै गएको सुनेका स्थानीयवासी मर्दी पदयात्रालाई जोगाई राख्न चाहन्छन् । उनीहरु मर्दी क्षेत्रमा बढेको अव्यवस्थित बसोबासलाई समेत नियन्त्रण गरी पर्यटकीय आकर्षण कायमै राख्नुपर्ने माग गरेका छन् । पदयात्रामा टेलिफोन, खानेपानी, विद्युत् लगायतका समस्या छन् ।… पुरा पढौ