राजनीति

जनताका समस्यालाई आफ्नै ठानी समाधानका लागि पहल गर्छु : उम्मेद्वार बराल

पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेद्वार प्रकाश बरालले आइतबार पोखरा महानगरपालिका वडा नं. ५ मा घरदैलो गरे । वडाका प्रस्याङ, रातोमाटा, शिवालय, धर्मस्थली, धारापानी लगायतका क्षेत्रमा उनले मतदाता भेटघाट गरे । नेपाली कांग्रेसका पार्टी सभापति प्रकाश बरालका अनुसार उम्मेद्वार नै सहभागी भएर घरदैलोमा जाँदा मतदाता निकै खुशी भए । स्वयं उम्मेद्वारसंगै आफ्ना समस्या राख्न पाउँदा मतदाताले ठूलो राहत महसूस गरेको उनले बताए । उम्मेद्वार बरालसंग स्थानीय खड्कबहादुर साहीले फिर्के खोलाले आफूहरुको उठिवास… पुरा पढौ

समाज र समृद्धिको विषयमा सबैको साझा हुँ : बराल

पोखरा । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले समाज र समृद्विको विषयमा आफू सबैको साझा भएको बताएका छन् । ‘राजनीतिक रुपमा म काँग्रेस हुँ, कास्की काँग्रेसको सभापति हुँ, उनले भने – समृद्वि र समाजको विषयमा म सबैको साझा हुँ ।’कस्कीको रुपा गाउँपालिकाको बराथोक, मियाँ गाउँ, भीरचोक, फालभज्याङ, मोहरिया, माझकोट, चिसापानी, देउराली लगायतका स्थानमा आयोजित घरदैलो तथा कोणसभामा बोल्दै उनले त्यस्तो बताएका हुन् । अघिल्लो निर्वाचनमा बहुमत प्राप्त दल नेकपा एमालेले जनअधिकार र संविधानलाई कमजोर बनाएका… पुरा पढौ

खाडीमा होइन, स्वदेशमै जवानी : उम्मेदवार गुरुङ

पोखरा । व्यवस्था फेरिएपछि दिनहुँ काठमाडौंबाट विदेश उड्नेको लर्को टुटेको छैन, अझ लामो हुँदै छ । देशको अर्थव्यवस्थामा रेमिट्यान्सको ठूलो हिस्सा छ । नेपालको समृद्धि देशमै राजगारी र आत्मनिर्भर अर्थतन्त्रको विकास नभएसम्म सम्भव छैन । यही कुरालाई दृष्टिगत गरी कास्की २ का एमाले उम्मेदवारले युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्न पहलकदमी लिने प्रतिवद्धता गरेका छन् । एमालेबाट कास्की २ (२) की उम्मेदवार मीना गुरुङले नयाँ नेपालको सपना देशमै रोजगारी र दह्रो अर्थतन्त्र निर्माण नभएसम्म सम्भव नहुने बताइन् । आइतबार पोखरा… पुरा पढौ

पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गछौंः उमेदवार बराल

पोखरा । पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवनले पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गर्ने बताएका छन्। कास्कीको माछापुच्छ«े गाँउपालिका विभिन्न पर्यटकीय गाँउहरुको घर दैलो कार्यक्रममा आइतबार पुगेका उमेदवार बरालले पर्यटकीय महत्व रहेको ल्वाङमा पिच सडक निर्माणमा आफ्नो तर्फबाट बिषेश पहल गरी सडक स्तरोन्नती गर्ने बताएका हुन्। गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उमेदवार बरालले भने “यसै चालु आर्थिक बर्षमा ल्वाङ सडक स्तरोन्नतीको लागि एक करोड बजेट विनियोजन… पुरा पढौ

को हुन् रामजीप्रसाद बराल ? उनलाई भोट किन हाल्ने ?

पोखरा, कात्तिक २० पोखरा महानगरपालिका वडा नम्बर–२२ डाँडाथोक, लुकुस्वाँरा निवासी रामजीप्रसाद बराल निष्ठाका राजनीति गर्ने कास्केली राजनितिज्ञ हुन् । सानै उमेरदेखि राजनीतिमा होमिएका उनी वर्गिय पक्षधर हुन् । हुने खाने भन्दा हुँदा खाने वर्गका लागि जीवन सुम्पेका उनले स्थानिय शुक्रराज माविबाट एसएलसी दिए । निम्न वर्गमा जन्म लिएका बराल एसएलसी दिँदासम्मपनि खुट्टामा चप्पलसमेत नलगाई हिंड्थे । निम्न वर्गका सन्तानले भोग्ने समस्या बरालले पनि भोगेका छन् । गरिवीका कारण विहान खायो, बेलुका के खाउँ र बेलुका खायो, विहान के खाउँ भन्दै… पुरा पढौ

जगाउँ फर्क अभियान सुरु गर्नुपर्छ : विन्दुकुमार थापा

कात्तिक २०, पोखरा । नेपाली कांग्रेस क्षेत्र २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन् । गठबन्धनबाट उम्मेदवार बनेको थापालेपोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै युवालाई विदेश तथा सदरमुकाम तर्फ जान रोक्दै गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान संचालनमा जोड दिनुपर्ने बताएका हुन् । भलाम कृषि पकेट क्षेत्रका साथै पर्यटकीय क्षेत्रको रुपमा समेत सम्भावना बोकेको क्षेत्र भएकाले अब स्थानीय स्तरमै व्यवसाय गर्ने गरी गाउँमा ल्याउने योजना… पुरा पढौ

मेरो बाँकी सबै समय राष्ट्रको नाममा सुम्पिएकी छु: वुद्धि कुमारी गुरुङ

आउदो मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुदैँ छ । मङ्सिर ४ को चुनावमा मुलुक होमिएसगैँ उम्मेदवारको प्रचारप्रसार तिव्र बनेको छ । उम्मेदवारका ठुला नारा र आश्वसनका ठेलीले चुनाविबजार गुञ्जायामान बनेको छ । कास्की क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट प्रतिनिधिसभा उम्मेदवार वुद्धि कुमारी गुरुङसगँ तपाईको उम्मेदवारी किन ? एजेण्डा र जित्ने आधार के ? लगायत थप बिषयमा केन्द्रित रहेर गरिएको कुराकानी प्रस्तुत छ । कास्की क्षेत्र नं २ बाट उम्मेदवारी हुनुहुन्छ ,सर्व प्रथम जितको… पुरा पढौ

उम्मेदवार रामजी बराल : सहिदका सच्चा अनुयायी

पोखरा, कात्तिक २० जनयुद्धमा कयौं सहिद भए । कयौं वेपत्ता भए । जसका कारण छोराछोरी गुमाउने बेसहारा बने । अभिभावक गुमाउने टुहुरा बने । जनयुद्धको बलमा देशमा ब्यबस्था बदलिएर गणतन्त्र आयो । संविधान बन्यो । देश संघीय प्रणालीमा गयो । धर्मनिरपेक्षता र समावेशीता त्यहि जनयुद्धको देन हो । जनयुद्धमा ज्यान गुमाउनेलाई राज्यले बिर्सियो । वेपत्ता हुनेको खोजी भएन । जसका कारण सहिद र वेपत्ता परिवार अहिलेपनि आहत छन् । तर कास्की क्षेत्र नम्बर ३ का गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार रामजीप्रसाद… पुरा पढौ

कास्की क्षेत्र नम्वर २ (१)का मतदाता भन्छन्–‘भुगोल बुझेका आफ्नै क्षेत्रका एमाले उम्मेदवार भिम कार्की’

पोखरा,२० कार्तिक । कास्की क्षेत्र नम्वर २ (१)का मतदाताले नेकपा (एमाले)को तर्फबाट सो क्षेत्रमा आसन्न मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्य उम्मेदवार भिम बहादुर कार्कीलाई भूगोल बुझेको उम्मेदवार भएको प्रतिक्रिया दिएका छन् । आफ्नो क्षेत्रमा रहेका पोखरा महानगरपालिकाका पाँच वटा वडामा मतदाताहरुसँग भेटघाट गर्ने क्रममा उम्मेदवार कार्कीलाई आफ्नै क्षेत्रको धर्तीपुत्रलाई उम्मेदवार बनाएको भन्दै एमालेलाई धन्यवाद दिएका छन् । भुगोल बुझेको उम्मेदवारले मात्रै विकासको प्रक्रिया बुझ्ने र भुगोल बाहिरको उम्मेदवार आफुहरूको रोजाइमा नपर्ने मतदाताको भनाई छ ।अन्य दलहरूले भुगोल… पुरा पढौ

मतदाता शिक्षा दिँदै स्वयंसेविका

बलेवा । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी स्वास्थ्य स्वयंसेविका खिमा थापा शनिबार बिहानै झोलाभरी मतपत्र, स्वस्तिक छाप र अन्य सन्देशमूलक सूचना बोकेर हिँडिरहेको अवस्थामा भेटिए । सधैँजसो जनस्वास्थ्यका अभियानको सन्देश बोकेर आफ्नो टोलका घर–घरमा पुग्नुहुने उनले यसपटक भने नौलो अभियान लिएर घरदैलो गरिरहेका छन । जनस्वास्थ्यका अभियान चलेका बेला थापाको झोलामा सचेतनामूलक सामग्री हुन्थे । सुत्केरी आमा, नवजात शिशु, बृद्धबृद्धाको हेरचाह र बयस्कलाई विभिन्न रोगबाट जोगिनका लागि सिकाउँदै हिँड्नुहुने थापा यस पटक मताधिकार कसरी प्रयोग गर्ने भनेर घरदैलोमा पुगेका हुन ।… पुरा पढौ