कास्कीका ३ पालिकामा देउवा कांग्रेसको नेतृत्व, पोखरा महानगर सभापतिमा मिलनप्रसाद तिवारी


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०८३ मा प्रकाशित




नेपाली कांग्रेसको संस्थापन इतर पक्षले कास्कीका ३ पालिकामा नेतृत्व चयन गरेको छ ।

मंसिरमा महाधिवेशन गर्ने तयारीका साथ स्थानीय तहको अधिवेशनमा केन्द्रित रहेको इतर समुहले कास्कीका ५ मध्ये तीन पालिकामा नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको हो । समुहको पोखरा महानगर सभापतिमा मिलनप्रसाद तिवारी चयन भए । पोखरामा सम्पन्न भएको भेलाले तिवारीलाई सभापति चयन गरेको हो । काँग्रेस नेता समेत रहेका अग्रज पत्रकार गंगाधर पराजुलीले तिवारीलाई सभापतिमा प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई भेलाले सर्वसम्मत रुपमा समर्थन गरेर तिवारीलाई सभापतिमा निर्विरोध निर्वाचित गराइएको स्रोतले बताएको छ । यसअघि १४ औँ महाधिवेशनमा पनि उनी पोखरा महानगरको सभापति को प्रत्याशी थिए ।

यसअघि देउवा पक्षले तिवारीलाई पार्टी गतिविधी र अधिवेशन सम्पन्न गर्न महानगर समितिको संयोजक तोकेको थियो ।त्यस्तै अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाको अधिवेशन पनि सम्पन्न भएका छन् । अधिवेशनले अन्नपुर्ण गाउँपालिकाको कार्यसमिति सभापतिमा भरत केसी र माछापुच्छ्रे गाउँपालिका कार्यसमितिको सभापतिमा माधव आचार्यलाई सर्वसम्मत रुपमा चयन गरेको छ । माछापुच्छ्रे गाउँपालिका ५ को वडा सभापतिमा पनि चेतभक्त पौडेल चयन भए ।त्यस्तै कास्की क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशन पनि सम्पन्न गरेको छ । अधिवेशनबाट सभापतिमा पदम बस्ताकोटी चयन भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।