राजनीति

पोखरा ११ को ४५० मत गणनागर्दा कांग्रेसलाई अग्रता

पोखरा । पोखरा ११ मा कांग्रेसले अग्रता कायम गरेको छ । वडामा ४५० मत गणना हुदा कांग्रेसले १९६ मत पाएको छ भने एमालेले १७० मत पाएको छ । वडाबाट मेयर पदका सुर्यलाई १४४ मत प्राप्त भएको छ भने कलमलाई १७३ मत प्राप्त भएको छ । उपमेयरमा सुर्यलाई १६२ मत प्राप्त भएको छ भने रुखलाई १८४प्राप्त भएको छ । पुरा पढौ

पोखरा २७ को ३५०० मत गणनागर्दा कांग्रेसलाई अग्रता

पोखरा । पोखरा २८मा कांग्रेसले अग्रता कायम गरेको छ । वडामा ३५०० मत गणना हुदा कांग्रेसले १८३१ मत पाएको छ भने एमालेले १३५० मत पाएको छ । वडाबाट मेयर पदका सुर्यलाई १२१६ मत प्राप्त भएको छ भने कलमलाई १६५९ मत प्राप्त भएको छ । उपमेयरमा सुर्यलाई १३९५ मत प्राप्त भएको छ भने रुखलाई १६२६ प्राप्त भएको छ । पुरा पढौ

पोखरा महानगरमा २८ मा २८०० गणना,कांग्रेसको अग्रता

पोखरा । पोखरा २८मा कांग्रेसले अग्रता कायम गरेको छ । वडामा २८०० मत गणना हुदा कांग्रेसले मेयर १२५४ मत पाएको छ भने एमालेले ११३९ मत पाएको छ । वडाबाट मेयर पदका सुर्यलाई १०९८ मत प्राप्त भएको छ भने कलमलाई १३५२ मत प्राप्त भएको छ । उपमेयरमा सुर्यलाई १२१७ मत प्राप्त भएको छ भने रुखलाई १२५७ प्राप्त भएको छ । पुरा पढौ

बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी

बागलुङ । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ वटा स्थानीय तहमा जीत हासिल गरेर पहिलो शक्ति बनेको छ । जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडीगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो । त्यस्तै राष्ट्रिय जनमोर्चाले दुई वटा स्थानीय तहको प्रमुख जितेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिका राजमोको पोल्टामा परेको हो । नेकपा ९माओवादी केन्द्र०ले ताराखोला गाउँपालिका र नेकपा ९एमाले०ले ढोरपाटन नगरपालिका जितेका छन् । यसअघिको स्थानीय… पुरा पढौ

लमजुङका आठ स्थानीय तहमा कांग्रेस र एमालेका चार÷चार विजयी

लमजुङ । लमजुङमा रहेका आठ स्थानीय तहमध्ये चार÷चार स्थानीय तहमा कांग्रेस र नेकपा ९एमाले० विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार बेँसीशहर नगरपालिकासहित, क्व्होलासोथर, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा एमाले तथा मध्यनेपाल, राइनास, सुन्दरबजार नगरपालिका एवं दूधपोखरी गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको छ । जिल्लामा कांग्रेस, नेकपा (माओवादी केन्द्)लगायतको गठबन्धन रहेको थियो भने एमाले एक्लै चुनावमा होमिएको थियो । जिल्लाकै सदरमुकामसमेत रहेको र सबैको चासो रहेको बेँसीशहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल, क्व्होलासोथर गाउँपालिकामा सूर्य गुरुङ, दोर्दी गाउँपालिकामा युवराज… पुरा पढौ

तनहुँका नौ पालिकामा कांग्रेस र एमाले चार÷चार, एकमा माओवादी

तनहुँ । तनहुँका आजसम्म गणना गरिएका नौ पालिकामध्ये नेपाली कांग्रेस र नेकपा (एमाले)ले चार÷चार र नेकपा (माओवादी केन्द्र) एक स्थानमा विजयी भएका छन् । त्यहाँका दश पालिकामध्ये व्यास नगरपालिकामा भने मतगणना जारी छ । कांग्रेसबाट भानु नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे, शुक्लागण्डकी नगर प्रमुखमा कृष्णराज पण्डित, ऋषिङ गाउँपालिका अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्षमा गिनुमाया थापा, देवघाट गाउँपालिका अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन् । बन्दीपुर गाउँपालिका उपाध्यक्षमा पञ्चमाया गुरुङ, म्याग्दे गाउँपालिका उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी भएका हुन् ।… पुरा पढौ

पहिला जोसँग हारे अहिले उसैलाई हराए

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका नेकपा ९एमाले० का बेगप्रसाद गर्बुजाले त्यतिबेलाकै प्रतिस्पर्धीलाई पराजित गरेका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई गर्बुजाले पराजित गरेका हुन्। विसं २०७४ मा रोकाले गर्बुजालाई ८५ मतले पराजीत गरेका थिए । यस पटकको निर्वाचनमा गर्बुजाले रोकालाई १२१ मतान्तरले हराउँदै जित हासिल गरेका हुन्। गर्बुजाले तीन हजार ९१, रोकाले दुई हजार ९७० र नेकपा ९माओवादी केन्द्र० का रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत प्राप्त गरेका छन् । तेह्र… पुरा पढौ

गोरखाको चुमनुब्रीमा माओवादी केन्द्र विजयी

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् । लामाले एक हजार ६२४ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । कांग्रेसका गुरुङले एक हजार ३११ मत प्राप्त गरे । लामाले गुरुङले भन्दा ३१३ बढी मत प्राप्त गरे। विसं २०७४ को स्थानीय तह निर्वाचनमा गुरुङसँग लामा पराजित भएका थिए । गोरखामा ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ तहमा जित हासिल गरेको… पुरा पढौ

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सातै पालिकाको नतिजा सार्वजनिक

बर्दघाट । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नेकपा (एमाले) र नेपाली कांग्रेसले तीन÷तीन तथा नेकपा (माओवादी केन्द्र) ले एउटा स्थानीय तहको नेतृत्व जित्न सफल भएका छन् । उपप्रमुखमा भने कांग्रेसले तीन, एमालेले दुई, तथा माओवादी केन्द्र र राप्रपाले एक÷एक स्थानीय तहमा जितेका छन् । पाल्हीनन्दन गाउँपालिकाको मतगणना आज बिहान सकिएसँगै जिल्लाका सातवटै स्थानीय तहको नतिजा सार्वजनिक भएको हो । अघिल्लो निर्वाचनमा चार स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले यसपटक एउटा नेतृत्व गुमाएको छ भने दुई स्थानीय तहको नेतृत्व जितेको एमालेले यसपटक थप… पुरा पढौ

निर्वाचित वडा सदस्यको विजय जुलुस पछि निधन

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए । उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किनु भएको थियो । खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ । बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी हुनुभएको थियो । उहाँले वडा सदस्यमा सर्वाधिक… पुरा पढौ