राजनीति

पोखरामा ८२२५४ मत गणना : धनराजलाई ३४६९ मतको अग्रता

पोखरा, जेठ ७ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ६९ मत पु¥याएका हुन् । हालसम्म ८२ हजार २ सय ५४ मत गणना सम्पन्न हुँदा आचार्यले ३३ हजार ३ सय २१ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २९ हजार ८ ५२ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले ३ हजार… पुरा पढौ

पोखराको १४ नं वडा पनि काँग्रेसले नै जित्यो

पोखरा महानगरपालिकाको १४ नं वडा पनि गठबन्धनसहितको काँग्रेसले जितेको छ। काँग्रेसका वडाध्यक्ष उम्मेदवार बोधबहादुर कार्की (बोधराज) ले निकटतम प्रतिद्वन्द्वी एमालेका डेलबहादुर गुरुङलाई दोब्बर मतान्तरले पछि पार्दै जितेका हुन्। गणना गरिएको जम्मा ५ हजार ७ सय ९३ मतमध्ये कार्कीले ३२९० मत ल्याए। त्यस्तै, गुरुङले १७५४ मत ल्याए।महिला सदस्यमा पनि काँग्रेसकी दिलमाया गुरुङले २८४९ मत ल्याउँदै विजयी बनिन्। प्रतिद्वन्द्वी एमालेकी सरिता बास्तोलाले १८९८ मत ल्याइन्। त्यस्तै, दलित महिला सदस्यमा पनि काँग्रेसकी तनुजा सार्की (थापा) ले जित हात पारिन्। तनुजाले २६४६ मत ल्याउँदै… पुरा पढौ

पोखरा–२८ पनि काँग्रेसले जित्यो

पोखरा महानगरपालिका वडा नं २८ को वडाध्यक्षमा नेपाली काँग्रेसका श्रीकृष्ण लामिछाने निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका बैनबहादुर गुरुङलाई १५२ मतान्तरले हराउँदै जित निकालेका हुन्। जम्मा ३७०४ गणना भएको मतबाट लामिछानेले १६ सय ५८ मत ल्याए। त्यस्तै, निकटतम प्रतिद्वनद्वी गुरुङले १५ सय ०६ मत ल्याए। त्यस्तै महिला सदस्यमा पनि काँग्रेसकै डाल्डादेवी भुजेल विजयी बनेकी छन्। भुजेलले १६ सय ५६ मत ल्याइन्। उनकी निकटतम प्रतिद्वन्द्वी राधिका पौडेलले १४ सय ८० मत ल्याइन्। दलित महिला सदस्यमा पनि काँग्रेसकै इन्द्रकला कामी निर्वाचित… पुरा पढौ

पदबहाली गर्दै एल.पी. बञ्जाराले भने : समाजबाद उन्मुख नमुना गाउँपालिका बनाउँछु

भिमसेन थापा गाउँपालिका गोरखाका नव निवार्चित अध्यक्ष लोक प्रसाद बञ्जरा ९अक्कल० ले ग्रेट स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका बनाउने उद्घोष गरेका छन् । निर्वाचित भएपछि आफ्नो पदबहाली गर्ने क्रममा पालिकालाई देशकै नमुना बनाउने बताएका हुन्। स्थानीय स्तरका संभावित सम्भाव्यतालाई प्रयोग गरि गाउँपालिकाको मुहार फेर्न सकिने आफ्नो परिकल्पना रहेको र त्यससमा सबै कर्मचारी, निर्वाचित जन प्रतिनीधि, नागरिक स्तरबाट सहयोगको आवश्यकता समेत रहेको औंल्याए। हिजोसम्म कुनै राजनीतिक दलको झण्डामुनी बसेता पनि अब निर्वाचित भैसेकेपछि सबैको साझा भएकाले सबैलाई मिलाएर… पुरा पढौ

पोखरा–१० को १३०० मत गन्दा काँग्रेसको अग्रता

पोखरा महानगरपालिका वडा नं १० को १३ सय मत गणना गर्दा काँग्रेसले अग्रता लिएको छ। मेयर पदका गठबन्धन उम्मेदवार धनराजले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्ण थापालाई ४८ मतान्तरले पछाडी पारेका छन्। आचार्यले ४ सय ५८ मत ल्याउँदा थापाले ४ सय १० मत ल्याएका छन्। त्यस्तै, उपमेयर पदमा पनि काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की मञ्जुदेवी गुरुङलाई १ सय ३० को मतान्तरले पछाडी पारेकी छन्। रानाभाटले ५ सय ८७ मत ल्याउँदा गुरुङले ४ सय ५७ मत ल्याएकी… पुरा पढौ

पोखरा-११ मा कांग्रेसको प्यानल नै अगाडि

पोखरा ११ मा कांग्रेसको प्यानल नै अगाडि रहेको छ । शनिबार विहानसम्म १६०० मत गणना हुदा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ७११ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई एमालेका उम्मेदवारले ५९२ मत ल्याएर पछ्याईरहेका छन् । महिला सदस्यमा कांग्रेस उम्मेदवारले ७१४ मत ल्याएर अग्रता लिदा एमाले उम्मेदवारले ५३८, दलित महिला सदस्यमा कांग्रेस उम्मेदवारले ७२२ मत ल्याउँदा एमाले उम्मेदवारले ५२४ मत ल्याएर पछ्याईरहेका छन् । यसैगरी, खुल्ला सदस्यमा कांग्रेस उम्मेदवारले ६३९ र ६८९ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ५०६ र ४४७… पुरा पढौ

पोखरा-२९ मा २७५० गन्दा एमालेको अग्रता कायमै

पोखरा महानगरपालिका वडा नम्बर-२९ मा एमालेको अग्रता कायमै रहको छ । पोखरा–२९ मा शनिबार विहानसम्म २ हजार ७ सय ५० मत गणना सम्पन्न हुँदा वडाध्यक्षमा नेकपा एमालो उम्मेदवार श्रीप्रसाद गुरुङले १ हजार २ सय ९६ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेस उम्मेदवार सुदेव गुरुङले १ हजार १३ मत ल्याएर पछ्याईरहेका छन् । उनीहरुबीच २६३ मतको मतान्तर छ । महिला सदस्यमा एमालेकी निर्मला पौडेलले १२८० मत ल्याएर अग्रता बनाउँदा कांग्रेसकी सिरमाया गुरुङले ९२२ तथा दलित महिला सदस्यमा एमालेकी सुकमाया… पुरा पढौ

पोखरा–१६ मा १००० मत गन्दा एमाले अगाडी

पोखरा महानगरपालिका वडा नं १६ मा एमाले अगाडी रहेको छ। महानगरको यस वडाको १ हजार मत गणना गर्दा नेकपा (एमाले) का तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले गठबन्धनका उम्मेदवार धनराज आचार्यलाई १ सय ५४ मतान्तरले पछि पारेका छन्। हालसम्मको मत गणनामा एमाले उम्मेदवार थापाले गृह वडाबाट बढी मत लिन सफल बनेका हुन्। थापाले ४ सय ८० मत पाउँदा आचार्यले ३ सय २६ मत ल्याएका छन्। त्यस्तै, उपमेयर पदका लागि पनि उक्त वडाबाट नेकपा (एमाले) की मञ्जुदेवी गुरुङले निकटतम प्रतिद्वन्द्वी कोपिला… पुरा पढौ

पोखरा १० मा कांग्रेसको प्यानल नै भारी मतान्तरले अगाडि

पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेस उम्मेदवारहरुले अग्रता लिएका छन् । शनिबार विहानसम्म १३०० मत गणना सकिदा वडाध्यक्षसहित सबै सदस्य पदमा कांग्रेस उम्मेदवारहरु भारी मतान्तरसहित अगाडि रहेका हुन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवारले ७०४ मतसहित अग्रता बनाउँदा एमाले उम्मेदवार ३८० मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, महिला सदस्यमा कांग्रेस उम्मेदवारले ६२७ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ३९४, दलित महिला सदस्यमा कांग्रेस उम्मेदवारले ६४९ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ३८४ मत ल्याएर पछ्याईरहेका छन् । यसैगरी, खुल्ला सदस्यतर्फ कांग्रेस… पुरा पढौ

पोखरा-१६ को वडाध्यक्षमा कडा प्रतिष्पर्धा, सदस्यमा एमाले हाबी

पोखरा महानगरपालिकाको वडाध्यक्षमा कडा प्रतिष्पर्धा देखिएको छ । शनिबार विहानसम्म १ हजार मत गणना सम्पन्न हुँदा एमाले वडाध्यक्ष १ मतान्तरले अघि छन् । एमाले वडाध्यक्षले ४ सय ३८ मत ल्याएर झिनो अग्रता बनाउँदा कांग्रेस उम्मेदवार ४ सय ३७ मत ल्याएर पछ्याईरहेका छन् । सदस्यमा भने एमाले हाबी देखिएको छ । महिला सदस्यमा एमाले उम्मेदवारले ४७६ मत ल्याएर अग्रता बनाउँदा कांग्रेस उम्मेदवार १४३, दलित महिला सदस्यमा एमाले उम्मेदवारले ४५० मत ल्याएर अग्रता बनाउँदा कांग्रेस उम्मेदवार ३३२ मत ल्याएर पछ्याईरहेका छन् ।… पुरा पढौ