राजनीति

मुस्ताङको चार पालिकामा एमाले र एकमा कांग्रेस विजयी

मुस्ताङ । मुस्ताङका चार स्थानीय तहमा एमाले र एकमा नेपाली कांग्रेसले जितेका छन् । पाँचवटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङमा अध्यक्षमा एमालेका टसी नर्बु गुरुङ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट निर्वाचित भएका छन् । यसैगरी लो–घेकर दामोदरकुण्डमा एमालकै लोप्साङ छोम्पेल (राजु) विष्ट अध्यक्षमा र एमालेकै छिरिङ ल्हामो गुरुङ उपाध्यक्षमा विजयी भएका छन् । त्यस्तै बारागुङ मुक्तिक्षेत्रको अध्यक्षमा एमालेका रिनजिङ नामगेल गुरुङ र उपाध्यक्षमा पनि एमालेकै ढिकी गुरुङ तथा थासाङको अध्यक्षमा एमालेको प्रदीप गौचन निर्वाचित भएका छन् । त्यस्तै घरपझोङको अध्यक्षमा नेपाली… पुरा पढौ

पोखरा ५ मा विष्णु बराल सहित एमालेको प्यानल नै विजयी

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेका विष्णु बराल प्यानल सहित विजयी भएका छन् । उनले नेपाली काग्रेसका उमेद्वार प्रमोद कोइरालालाई पराजित गर्दै बिजयी भएका हुन् । त्यसैगरी खुल्ला सदस्यमा गोविन्द्र प्रसाद पराजुली र मणीराम बराल विजयी भएका छन् । महिला सदस्यमा कल्पनाकुमारी थापा र महिला दलित सदस्यमा हरिमाया विश्वकर्मा विजयी भएका छन् । पुरा पढौ

गैँडाकोट नगरपालिका प्रमुख–उपप्रमुखमा कांग्रेस

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गैँडाकोटमा नगरप्रमुख गुमाएको कांग्रेसले यसपटक बहुमत वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुख जितेको हो । गैँडाकोटको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मदनभक्त अधिकारी निर्वाचित भएका छन् । नेकपा ९एमाले०का उम्मेदवार छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पछि पार्दै गैँडाकोटको नगरप्रमुखमा अधिकारी विजयी हुन् । नगरप्रमुखमा निर्वाचित अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तनमा नगरप्रमुख समेत रहनुभएका एमाले उम्मेदवार पौडेलले १३ हजार ६०६ मत… पुरा पढौ

पोखरामा एमालेका थापा भन्दा धनराज १७५२ मतले अघि

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर दुई हजार नजिक पुर्याएका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ८ सय ४५ पु¥याएका हुन् । हालसम्म ३४ हजार ६ सय १६ मत गणना सम्पन्न हुँदा आचार्यले १४ हजार ३ सय ९्६२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ६… पुरा पढौ

व्यास–८ रिस्तीमा आज पुनः मतदान

तनहुँ । तनहुँको व्यास नगरपालिका–८ स्थित रिस्तीमा आज पुनः मतदान हुने भएको छ । पुनः मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाका प्रमुख उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले रद्द गरेको मतदान हुन लागेको हो । पुनः मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार गाविस भवन फेदी मतदान ९क० र ९ख० मा मतदान अधिकृत… पुरा पढौ

अर्जुनचौपारीको प्रमुखमा तिवारी र उपप्रमुखमा गुरुङ विजयी

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी भएका छन् । अध्यक्षमा विजयी भएका तिवारीले नेकपा (एमाले)का चीनमाया गुरुङलाई एक हजार ९४४ मतान्तरले पछि पारेको निर्वाचन अधिकृत शुभाकर पौडेलले जानकारी दिए । तिवारीले पाँच हजार २९१ मत प्राप्त गर्दा गुरुङले तीन हजार ३४७ मत ल्याएका थिए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गुरुङ उपप्रमुखमा विजयी भएका थिए । त्यस्तै उपप्रमुखमा कांग्रेसकै सपना गुरुङ विजयी भएका छन् । गुरुङले एमालेका टङ्कप्रसाद खनाललाई… पुरा पढौ

पोखरा वडा नं. ७ मा कांग्रेसको अग्रता

कास्की । पोखरा महानगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसको अग्रता रहेको छ । जारी रहेको मतगणनाको पछिल्लो प्रारम्भिक सुचना अनुसार उक्त स्थानमा नेपाली कांग्रेसको मत ४ सय ७ रहेको छ भने एमालेको ३ सय ४८ रहेको छ । अहिलेसम्म नेकपा माओवादीले २२ मत प्राप्त गरेको छ भने स्वतन्त्रले १ मत पाएको छ । पुरा पढौ

बागलुङको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

बागलुङ । बागलुङ नगरपालिकामा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठले १४ हजार ६७८ मत ल्याएर प्रमुखमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का जनकराज पौडेलले आठ हजार ८२१ मत प्राप्त गरेका छन् । विसं २०७४ को चुनावमा भने श्रेष्ठलाई पराजित गरी पौडेल प्रमुखमा निर्वाचित भएका छन् । यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का राजु खड्का विजयी भएका छन् । खड्काले १२ हजार ४२७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जय खड्काले… पुरा पढौ

पोखरा वडा नं. ५ मा एमाले जितको नजिक

कास्की । पोखरा महानगरपालिका वडा नं. ५ मा एमाले जितको नजिक रहेको छ । जारी रहेको मतगणनाको पछिल्लो प्रारम्भिक सुचना अनुसार उक्त स्थानमा एमालेले अग्रता कायम राखेको छ । अहिलेसम्म एमालेले १ हजार ७ सय ९२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ९ सय ४२ मत प्राप्त गरेको छ । माओवादीले ३१ मत प्राप्त गरेको छ भने स्वतन्त्रले २ मत पाएको छ । पुरा पढौ

पोखरा–२ लाई नमुना वडा बनाउने प्रधानाङ्गका योजना

पोखरा महानगरपालिका वडा नं २ लाई नमूना वडा बनाउने नव निर्वाचित वडाध्यक्ष दिवसमान प्रधानाङ्गले प्रतिबद्धता जनाएका छन्। हालै सम्पन्न निर्वाचनबाट विजयी प्रधानाङ्गले एभरेस्ट एफएम ९३ मेघाहर्जको पेटबोली कार्यक्रममा बोल्दै महानगरको २ नं वडालाई सभ्य, सुसंस्कृत र नमूना वडा बनाउने बाचा गरेका हुन्। पोखराको वडा नं २ भौगोलिक आकारमा सानो छ। यहाँ मतदाता संख्या पनि कम छ। तर, महानगरकै कोर सिटीको रुपमा चिनिने यो वडा महत्वपूर्ण वडा पनि हो। चाह्यो भने यस वडाका जनप्रतिनिधिलाई विकास निर्माणका काम गर्न सजिलै सक्नेछन्। र,… पुरा पढौ