राजनीति

मादी–१२ को वडाध्यक्षमा माओवादीका कृष्णराज दाहाल निर्वाचित

मादी गाउँपालिका वडा नम्बर–१२ को अध्यक्षमा कृष्णराज दाहाल बिजयी भएका छन् । उनी प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र रानाभाटलाई १२१ मतान्तरले हराउँदै बिजयी भएका हुन् । बिजयी दाहालले ४३२ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी कांग्रेसका उम्मेदवार बरालले ३११ र एमालेका प्रकाश बरालले २७३ मत प्राप्त गरे । बिजयी दाहाल तत्कालीन नेकपा हुँदा मादी गाउँपालिकाका अध्यक्ष थिए भने हाल नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य छन् । पुरा पढौ

म्याग्दीका पाँच पालिका र ४० वडाको मतपरिणाम टुङ्गियो

म्याग्दी । स्थानीय तह निर्वाचन अन्तर्गत सोमबारसम्म म्याग्दीका पाँच वटा स्थानीय तह र ३८ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमालेले अध्यक्ष, उपाध्यक्ष दुवै, एउटामा प्रमुख, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपप्रमुख र एक उपाध्यक्ष जितेका छन् । मतपरिणाम सार्वजनिक भएका ४० वटा वडामध्ये एमालेले २०, कांग्रेसले १४ र माओवादीले ६ वडामा जित हासिल गरेका छन् । अन्नपूर्ण गाउँपालिका र ५ वटा वडाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । वैशाख… पुरा पढौ

मादी–७ को वडाध्यक्षमा माओवादीका दुर्गाबहादुर गुरुङ निर्वाचित

मादी गाउँपालिका वडा नम्बर–७ को अध्यक्षमा दुर्गाबहादुर गुरुङ बिजयी भएका छन् । उनी प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवारलाई ९१ मतान्तरले हराउँदै बिजयी भएका हुन् । बिजयी गुरुङले ४२४ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी एमालेका उम्मेदवारले ३३३ मत प्राप्त गरे । पुरा पढौ

पोखरामा धनराज र कोपिला दुबैले कटाए १० हजार मत

पोखरा, जेठ ३ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यलाई १ हजार ५ सय बढीको अग्रतामिलेको छ । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ५ सय ५७ पु¥याएका हुन् । हालसम्म २४ हजार ६ सय ५७ मत गणना सम्पन्न हुँदा आचार्यले १० हजार १ सय ५७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ८ हजार ६ सय मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले १… पुरा पढौ

सुन्दरबजारमा कांग्रेसका कोइराला निर्वाचित

लमजुङ । लमजुङ जिल्लास्थित सुन्दरबजार नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएका छन् । गएराति सम्पन्न मतगणना परिणाम अनुसार ६०५ मत बढी ल्याउँदै कोइराला विजयी भएका हुन्। उनले ६ हजार ६४१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत प्राप्त गरेका छन् । सुन्दरबजारस्थित निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । त्यस्तै, नगर उपप्रमुखमा एमालेकी भवानी केसी विजयी भएका छन् । उनले पाँच हजार १८ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी… पुरा पढौ

मादी गाउँपालिकाको अध्यक्षमा देवीजङ्ग गुरुङ बिजयी

कास्कीको मादी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार देवीजङ्ग गुरुङ बिजयी भएका छन् । मादी गाउँपालिकाको प्रमुख पदका लागि भएको निर्वाचनमा एमालेका शिव गुरुङ (महेन्द्र)लाई हराउँदै देवीजङ्ग अध्यक्षमा निर्वाचित भएका हुन् । उनी महेन्द्रलाई ७ सय ५४ मतान्तरल पछि पार्दै बिजयी भएका छन् । बिजयी देवीङ्गले ६ हजार ५ सय ४ मत पाउँदा पराजित नेकपा एमालेका महेन्दले ५ हजार ७ सय ५० मत प्राप्त गरे । उपप्रमुखमा नेकपा एमालेकी कल्पना गुरुङ बिजयी भएकी छन् । बिजयी गुरुङले नेकपा माओवादी केन्द्रका उम्मेदवार… पुरा पढौ

वडामा पराजित सेनको चुनावी समिक्षा : मतदाता तान्ने र बोक्नेले खत्तम पार्दो रहेछ

निसीखोला । पाँचदलिय गठबन्धनले निसीखोला गाउँपालिका पुरै जित हात पारेपछि एक्लै चुनावमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै वडामा हार व्यहोरेको छ । त्यसैगरि वडा नं.३ को वडाध्यक्षमा पराजित रामचन्द्र सेनले चुनावी समिक्षा गर्दै मतदानका बेला मतदाता तान्ने र बोक्ने प्रवृति प्रति गुनासो गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले भनेका छन्, ͑पाँच दलिय सग एक्लै लड्नु भिड्नु सानो कुरा होइन, जतिले मलाई भोट हाल्नु भएको छ, त्यो भोट गरिबीको बस्ती बस्ती चुलो चुलो पुगेको छ, नेपाल को चुनाव… पुरा पढौ

माछापुच्छ्रेमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र

पोखरा । स्थानीय तह सदस्य निर्वाचनमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएको छ । गाउँपालिका नवनिर्वाचित अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारीसहित वडाध्यक्ष तथा सदस्यलाई निर्वाचन अधिकृत नवराज दङ्गालले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । गाउँपालिकाको अन्तिम मत परिणामअनुसार कांग्रेसका मीनबहादुर गुरुङ सात हजार ९९ मतसहित अध्यक्षमा निर्वाचित थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का उम्मेदवार विक्रम गुरुङले छ हजार ६१७ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सीता अधिकारीले छ हजार ३७६ मत प्राप्त गरी विजयी… पुरा पढौ

ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी

बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनःविजयी भएका छन् । गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६०० मतले पराजित गर्दै नेपाली दोस्रो कार्यकालको लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । नेपालीले पाँच हजार ७३५ मत प्राप्त गर्दा अर्यालले पाँच हजार १३५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा गठबन्धनका धनबहादुर कायत विजयी भएका छन् । कांग्रेसका कायतले पाँच हजार ६५० मत प्राप्त गरेका छन् । यस्तै वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका बानबहादुर छन्त्याल ६८२, वडा नम्बर… पुरा पढौ

पाल्पाको रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन् । थापाले १० हजार ४५६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले १६८ मत प्राप्त गरेका छन् । नगर उपप्रमुखमा कांग्रेसका बालकुमारी थापाले १० हजार ३०७ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका दुर्गादेवी रानाले १० हजार २५०, राष्ट्रिय प्रजातन्त्र पार्टीका… पुरा पढौ