राजनीति

सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका हुन् । यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो । एमालेका रामप्रसाद पाण्डेलाई २७२ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भए । उनले ६ हजार २७० तथा पाण्डेले पाँच हजार ९९८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकै गीता चौधरीले निवर्तमान उपाध्यक्ष एमाले उम्मेदवार इन्द्रकुमारी थरुनीलाई ६२१ मतान्तरले पराजित गरेका छन् ।… पुरा पढौ

बागलुङको बडिगाड गाउँपालिकाले पायो महिला अध्यक्ष

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको गण्डकी थापा विजयी भएका छन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा जिल्लामा एक मात्रै महिला पालिका प्रमुखमा निर्वाचित भएका हुन्। थापाले सात हजार २७३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का राजनकुमार पाइजाले पाँच हजार ७०० मत प्राप्त गरे । पराजित राजनकुमार गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका छोरा हुन । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि थापा पाइजाको प्रतिस्पर्धी थिए । ५९२ मतले मेहरसिंह पाइजासँग पराजय भएका थापा अहिले उनकै छोरालाई… पुरा पढौ

फेवा गाउँलाई उज्यालो लेकसाइड बनाउँछौं : भट्टराई

पोखरा महानगरपालिका वडा नं ६ का नवनिर्वाचित वडाध्यक्ष विष्णुबहादुर भट्टराईले उज्यालो लेकसाइड बनाउने प्रतिबद्धता जनाएका छन्। स्थानीय निर्वाचनमा पोखरा महानगरको प्रमुख गन्तव्य वैदाम लेकसाइड क्षेत्रको उक्त वडामा बाजी मारेका भट्टराईले पुरानो फेवागाउँ (वैदाम क्षेत्र)लाई उज्यालो लेकसाइडको रुपमा विकास गर्ने उद्घोष गरेका हुन्। एभरेस्ट एफएमको ‘पेटबोली’ कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो पहिलो एजेण्डा नै समृद्धियुक्त लेकसाइड बनाउने प्रतिबद्धता रहेको जनाए। २४ घण्टा नै लेकसाइड खोल्नुपर्ने भट्टराईले तर्क राख्छन्। लेकसाइडको विकासको लागि महानगरदेखि केन्द्र सरकारसम्मबाट बजेट ल्याउने आफ्नो प्रयत्न रहने भट्टराईको प्रतिबद्धता छ।यसअघिका… पुरा पढौ

पोखरा-७ को वडाध्यक्षमा काँग्रेसको झिनो अग्रता

पोखरा महानगरपालिका-७ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले झिनो मतको अग्रता लिएका छन्। २ हजार मत गणना गर्दा काँग्रेस उम्मेदवारले ८५५ मत ल्याएर अग्रता लिएका हुन् । नेकपा एमालेका उम्मेदवारले ८११ मत ल्याएर पछ्याईरहेका छन्। पुरा पढौ

पोखरा-८ मा १५०० गन्दा एमालेको अग्रता

पोखरा-८ मा १५०० गन्दा एमालेले अग्रता लिएको छ। वडाध्यक्षसहित सदस्यहरुमा एमालेले अग्रता लिएको हो। पुरा पढौ

पोखरामा करीब ५० हजार मत गणना गर्दा धनराजलाई २१०३ मतको अग्रता

पोखरा, जेठ ५ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार १ सय ३ मत पु¥याएका हुन् । हालसम्म ४७ हजार ४ सय ६६ मत गणना सम्पन्न हुँदा आचार्यले १९ हजार ६ सय १५ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १७ हजार ५ सय १२ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले १ हजार… पुरा पढौ

पोखरा २६ को वडाध्यक्षमा थापासहित कांग्रेसको प्यानल नै बिजयी

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २६ मा नेपाली कांग्रेसका नरेन्द्र थापासहित कांग्रेसको प्यानल नै बिजयी भएको छ । थापाले नेकपा एमालेका सूर्यनाथ भण्डारीलाई १ हजार १५ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी थापाले २ हजार ७ सय ६५ मत प्राप्त गरे भने पराजित भण्डारीले १ हजार ७ सय ५० मत प्राप्त गरे । महिला सदस्यमा कांग्रृेसकी लक्ष्मीदेवी भट्टराई २ हजार २ सय २४, दलित महिला सदस्यमा सुजाता बराल २ हजार ३ सय ९, खुल्ला सदस्यमा तीर्थबहादुर राजभाट… पुरा पढौ

पोखरा १३ को वडाध्यक्षमा किरण बरालसहित कांग्रेसको प्यानल नै बिजयी

पोखरा । पोखरा महानगरपालिकामा वडा नम्बर १३ को अध्यक्षमा नेपाली कांग्रेसका किरण बराल बिजयी भएका छन् । उनले नेकपा एमालेका वसन्त बराललाई ७०६ मतले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी बरालले २ हजार ९ सय ४० मत प्राप्त गरे भने पराजित वसन्त बरालले २ हजार २ सय ३४ मत प्राप्त गरे । त्यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी सुचित तामाङ (२५४३), दलित महिला सदस्यमा रजनी परियार (२६२८), खुल्ला दुई सदस्यमा बलबहादुर बराल (२४७०) र सरिफ मिया (२४२०) मत प्राप्त गर्दै… पुरा पढौ

पोखरा ६ को वडाध्यक्षमा एमालेका भट्टराई बिजयी, सदस्यमा मिश्रित परिणाम

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेका विष्णुबहादुर भट्टराई बिजयी भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार जगतबहादुर पहारीलाई १६७ मतले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । बिजयी भट्टराईले १ हजार ६ सय ६ मत प्राप्त गरे भने पराजित पहारीले १ हजार ४ सय ३९ मत प्राप्त गरे । पराजित पहारी निवर्तमान वडाध्यक्ष हुन् । वडा सदस्यमा मिश्रित परिणाम आएको छ । महिला सदस्यमा नेपाली कांग्रेसकी पवित्रा थापा (१५२३), दलित महिला सदस्यमा कांग्रेसकी शोभा जलारी (१६३९) मत… पुरा पढौ

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन् । इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री पोखरेलले ७० वर्ष पहिला कुष्ठरोगको उपचारका लागि खुलेको अस्पतालले निरन्तर सेवा प्रदान गर्दै अहिले शारीरिक असक्तता, कानको समस्या, स्पाइनल कर्ड इन्जुरी जस्ता समस्या भएका बिरामीका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएकोमा धन्यवाद व्यक्त गरे । हरियोखर्क अस्पतालका बारेमा आफूले धेरै पहिलादेखि नै सुनेको भए पनि यसको… पुरा पढौ