राजनीति

पोखरा–४ को वडाध्यक्षमा पराजुलीसहित कांग्रेसको प्यानल बिजयी

पोखरा, जेठ ३ पोखरा महानगरपालिका वडा नम्बर–४ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । मंगलबार विहान सम्पन्न मतगणना अनुसार पोखरा–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका देवकृष्ण पराजुलीसहित नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको हो । वडाध्यक्षमा कांग्रेसका पराजुली नेकपा एमालेका मदन मुल्मीलाई ६६ मतान्तरलेपछि पराजित गर्दै बिजयी भएका हुन् । बिजयी पराजुलीले ८२० मत प्राप्त गरे भने पराजित मुल्मीले ७ सय ५४ मत प्राप्त गरे । त्यस्तै, दुई खुल्ला सदस्यमा प्रकाश कोइराला ९६६, र सञ्जयकुमार श्रेष्ठ ९३०, महिला सदस्यमा… पुरा पढौ

आँधिखोला ५ मा एमालेका कृष्णप्रसाद पनेरु प्यानलसहित निर्वाचित

स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिका ५ मा नेकपा एमालेका कृष्णप्रसाद पनेरु प्यानल सहित वडाध्यक्षमा निर्वाचित भएका छन् । सोमबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पनेरुले निकटम प्रत्यासी नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेललाई ५०५ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । पनेरुले १ हजार १०४ मत प्राप्त गर्दा पौडेलले ५९९ मत प्राप्त गरे । यस्तै राप्रपाका देवबहादुर बोगटीले ४० मत प्राप्त गरे । यस्तै दलित महिला सदस्यमा दुर्गा नेपाली (११११) महिला सदस्यतर्फ गोमा पौडेल पोखरेल (११२४) खुल्ला सदस्यतर्फ केदारनाथ पौडेल १०५५ र… पुरा पढौ

देवघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले विजय हाँसिल गरेका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा कांग्रेसका तिलबहादुर थापा चार हजार ३०६ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी नेकपा (एमाले) का दुर्गबहादुर थापाले तीन हजार ४८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थमनसिं थापाले जानकारी दिए । उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिं गुरुङ तीन हजार ७२१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका सावित्री न्यौपानेले तीन… पुरा पढौ

पोखरामा थापा भन्दा धनराज ८१२ मतले अघि

पोखरा, जेठ २ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ८१२ प¥याएका हुन् । हालसम्म १४ हजार ४ सय ४३ मत गणना सम्पन्न हुँदा आचार्यले ६ हजार ३९ मत प्राप्त गरेका छन् । उनलाई एमालेका कृष्ण थापाले ५ हजार २ सय २७ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले ६ सय ६८ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ३ सय ३३… पुरा पढौ

१७८ पालिकाको नतिजा सार्वजनिक, ७१ पालिकाको प्रमुखमा कांग्रेस विजयी

पोखरा । शुक्रबार सम्पन्न पालिका चुनावमा हालसम्म १७८ स्थानिय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार हालसम्म नेपाली कांग्रेसले ७१ वटा पालिकाको प्रमुखमा जित हाँसिल गरेको छ । त्यस्तै नेकपा एमालेले ५४ स्थानिय तहमा जितेको छ । ३९ पालिका प्रमुखमा नेकपा माओवादी केन्द्रले जित निकाल्दा नेकपा एकीकृत समाजवादी २ स्थानिय तहमा निर्वाचित भएको छ । यस्तै ५ स्थानियतहमा स्वतन्त्र सहित अन्य दलका उम्मेद्वार विजयी भएका छन् । यस्तै, उपप्रमुखतर्फ नेपाली कांग्रेस ७८ र नेकपा एमाले ५३ स्थानिय… पुरा पढौ

म्याग्दीको रघुगंगामा अध्यक्ष उपाध्यक्ष दुबैमा कांग्रेसका उम्मेदवार विजयी

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनामा कांग्रेसबाट अध्यक्षका प्रत्यासी भवबहादुर भण्डारीले ४ हजार ३८ मत सहित एमालेका प्रेमबहादुर कार्कीलाई पराजित गरेका हुन् । कार्कीले ३ हजार २८९ मत पाए । यस्तै अध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका मिना विकले ९९५ मत प्राप्त गरिन् । उपाध्यक्ष तर्फ नेपाली कांग्रेसकी प्रेमकुमारी पुनले निकटम प्रतिस्पर्धी एमालेकी यामकुमारी गर्बुजालाई ११९ मतान्तरले पराजित गरिन् । पुनले ३ हजार ३६४ मत प्राप्त गर्दा गर्बुजाले… पुरा पढौ

फेदीखोलामा गठबन्धनका बराललाई पराजित गर्दै एमालेका सुबेदी निर्वाचित

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्याम सुबेदी र उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ ‘चिजा’ निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनामा गठबन्धनका तर्फबाट अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका लक्ष्मी प्रसाद बराललाई १३२ को झिनो मतान्तरले पराजित गर्दै सुबेदी निर्वाचित भएका हुन् । सुबेदीले ३८३६ मत प्राप्त गर्दा उनका निकटम प्रत्यासी बरालले ३७०४ मत प्राप्त गरे । फेदीखोला गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत रहेका सुबेदी दोस्रोपटकपनि निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षतर्फ नेकपा एमालेकी गुरुङले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई… पुरा पढौ

इलेक्सन अपडेटस् : आचार्य थापा भन्दा ६ सय ७० मतान्तरले अगाडी

पोखरा । पोखरा महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेद्वार धनराज आचार्यले आफ्नो अग्रतालाई कायम गरेका छन् । १३ हजार ६ सय ४३ मतगणना सकिँदा उनले ५ हजार ७ सय ४८ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ५ हजार ७८ मत प्राप्त गरेका छन् । आचार्यले थापासँग ६ सय ७० मतको दुरी बढाएका छन् । यस्तै राप्रपाका शंकर खरालले ६ सय ५६ मत प्राप्त गरेका छन् । उपमेयर तर्फपनि गठबन्धनकै नेपाली कांग्रेसकी कोपिला रानाबभाटले अग्रता… पुरा पढौ

इलेक्सन अपडेटस् : पोखरामा मतान्तर बढाउँदै धनराज आचार्य

पोखरा । पोखरा महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेद्वार धनराज आचार्यले आफ्नो अग्रतालाई कायम गरेका छन् । १२ हजार २२४६ मतगणना सकिँदा उनले ५ हजार १३७ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ४ हजार ५४५ मत प्राप्त गरेका छन् । आचार्यले थापासँग ५९२ मतको दुरी बढाएका छन् । यसअघि १२ हजार ९७ मतगणना सकिँदा उनीहरुविच ५०६ मतको अन्तर थियो । यस्तै राप्रपाका शंकर खरालले ६४१ र स्वतन्त्ररुप उम्मेद्वार गनेश पौडेलले ३१० मत प्राप्त गरेका… पुरा पढौ

म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा भारी मतका साथ सतप्रसाद रोका विजयी भएका छन् । रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरी दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरेन्द्र बुढाथोकीले २ हजार ८ सय ५ र नेकपा माओवादीका टेकबहादुर विकले १ हजार ५ सय २१ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा पेमा अधिकारी सवैभन्दा धेरै ४ हजार २ सय ६१ मत लिएर… पुरा पढौ