राजनीति

स्याङ्जाको फेदीखोलामा ६६.९० प्रतिशत मतदान, मतगणनाका लागि सर्वदलिय बैठक बस्दै

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा शुक्रबार सम्पन्न स्थानिय तह निर्वाचनमा ६६ दशमलव ९० प्रतिशत मत खसेको छ । पालिकाका विभिन्न निर्वाचन केन्द्र मार्फत आठ हजार १३९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय फेदीखोला गाउँपालिकाले जनाएको छ । पालिकामा रहेका १२ हजार १६५ मतदाता मध्य उनीहरुले मतदान गरेका हुन् । कार्यालयका अनुसार वडा नम्वर १ मा एक हजार ४ सय ३२, वडा नम्वर २ मा २ हजार ४८६, वडा नम्वर ३ मा एक हजार ३०३, वडा नम्वर ४ दुई हजार… पुरा पढौ

कास्कीमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

पोखरा । कास्कीमा करीब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । कास्कीको पाँचवटै पालिकाको एभरेज मत प्रतिशत करीब ६५ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । यो प्रारम्भिक अनुमान मात्र रहेको उनको भनाई छ । कास्कीमा पोखरा महानगरपालिकासहित रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिका गरी पाँच वटा स्थानिय तह रहेका छन् । जसमध्ये पोखरा महानगरपालिकामा सबैभन्दा कम करीब ६३ प्रतिशत मात्र मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । मतदानको… पुरा पढौ

आजै साँझबाट मतगणना सुरु हुने

काठमाण्डौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार आज दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी… पुरा पढौ

कतैपनि मतदान स्थगित भएको छैन : निर्वाचन आयोग

काठमाण्डौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि स्थगित भने नभएकोे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। अहिले अपराह्न २ बजेसम्म ९५ प्रतिशत मतदान भएको उहाँले जानकारी दिए। उनका अनुसार मतदान अवरुद्ध भएको ठाउँमा पनि आयोगको तर्फबाट कमी कमजोरी भएका कारण… पुरा पढौ

कास्कीमा मौन अवधिका लागि अनुगमन प्रभावकारी

पोखरा । भोलि हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लामा मौन अवधिको अनुगमन प्रभावकारी बनाइएको छ । सो अवधिमा निर्वाचन अचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुगमनलाई प्रभावकारी बनाएको सूचना अधिकारी निल पनेरुले जानकारी दिए । मौनअवधि सुरु भएपछि पैसा बाँड्न खोजिएको, सामाजिक सञ्जालमार्फत मत मागिएको जस्ता विषयमा मौखिक उजुरी आउने गरेको जनाउँदै उनले त्यस सम्बन्धमा अनुगमनलाई तीव्र बनाइएको जानकारी दिए । मतदान गर्ने समय नजिकिँदै गरेका अवस्थामा आचारसंहिता विपरीत मतदाता प्रभावित गर्न हुनसक्ने… पुरा पढौ

तनहुँमा स्थानिय तह निर्वाचनमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मा

तनहुँ । भोलि हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको छ । जिल्लाका विभिन्न स्थानीय तहका मतदान केन्द्रमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान अधिकृतको जिम्मेवारी पाउनेमध्ये अधिकांश माध्यमिक तहका शिक्षक छन् । जिल्लाका १३६ मतदानस्थलमा २९७ मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए । यसपटक कुनैपनि मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्रै परिचालन गरिएको छैन । विगतका स्थानीय तह निर्वाचनमा केही मतदान… पुरा पढौ

कास्कीमा एक तिहाई मतदान स्थल अति संवेदनशील

पोखरा । कास्कीका एक तिहाई मतदान स्थल अति संवेदनशील मतदान स्थलका रुपमा पहिचान गरिएको छ । निर्वाचन सुरक्षा समिति कास्कीले जिल्लाका १५० मतदान स्थल मध्ये ५० वटा मतदान स्थल अति संवेशनशील मतदान स्थलका रुपमा पहिचान गरेको हो । अति संवेदनशील मतदान स्थलका रुपमा पहिचान भएका मतदान स्थल प्राय सबै ग्रामिण क्षेत्रका मतदान स्थल रहेको निर्वाचन सुरक्षा समिति श्रोतले जनाएको छ । त्यस्तै, बाँकी १ सय मतदान स्थलमध्ये आधा मतदान स्थल संवेदनशील र आधा सामान्य मतदान स्थलका रुपमा पहिचान गरिएको छ… पुरा पढौ

मतदान केन्द्रमा काम सुरु

पोखरा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचनका काम सुरु भएको छ । सबै मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित कर्मचारी पुगिसकेको र निर्वाचन प्रक्रियाका तयारीका काम सुरु भइसकेको प्रदेश निर्वाचन कार्यालय पोखरा सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । मतदान केन्द्रमा मतदानका लागि आवश्यक तयारीसँगै अधिकांश केन्द्रमा आज निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सर्वदलीय बैठक सम्पन्न भएको उनले बताए ।कास्की जिल्लामा पोखरा महानगरपालिकासहित चारवटा गाउँपालिका मादी, अन्नपूर्ण, माछापुच्छ«े र रुपा रहेका छन् । जिल्लामा… पुरा पढौ

चितवनमा ८१ महिला मतदान अधिकृत

चितवन । चितवन जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला छन् । यस स्थलमा चार मतदान केन्द्र छ । त्यहाँ हरेक मतदान केन्द्रमा रहेका कर्मचारी सबै महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए । यस मतदानस्थलमा तीन हजार ३४२ मतदाता छन् । उनका अनुसार ४५१ केन्द्रमध्ये ८१ केन्द्रमा महिला अधिकृत खटिएका हुन् । महिलाले पनि जिम्मेवारी पाउनुपर्छ… पुरा पढौ

बागलुङका अधिकांस मतगणनास्थलको तयारी पूरा, सिसी क्यामेरासहित तारजालीको व्यवस्था

बागलुङ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि बागलुङका मतगणनास्थलमा तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरी तयारी अवस्थामा राखिएको जनाएका छन् । बागलुङका १० वटै मतगणनास्थलमा सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । ३० गते हुने स्थानीयतहको निर्वाचनको मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार जिल्लाका १० वटै मतगणनास्थल मत गणनाका लागि सुरक्षित बनाइएको छ ।… पुरा पढौ