राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक तीन दिनपछि आज बस्ने भएको छ । पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । पार्टीको गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको विश्लेषणसँगै राजनीति र देशको भविष्यमा पार्टीको भूमिका तय गर्दै आगामी रणनीतिक बाटो तयार पार्न गत असोज २८ गते सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै सकिएको छैन ।… पुरा पढौ

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डे चुनावको पक्षमा, चुनाव सफल गराउन गरे अपिल

सन्देश श्रेष्ठपोखरा, कात्तिक २४ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फागुन २१ मा तोकिएको आम निर्वाचन सफल बनाउनु प्रदेश सरकारको दायित्व भएको बताएका छन् । गण्डकी प्रदेशसभाको आजदेखि शुरु भएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले भने,‘फागुन २१ गते प्रतिनिधि सभाको चुनाव घोषणा भई संघ सरकारले तयारी गरिरहेको सन्दर्भमा संविधानतः हुने निर्वाचनलाई सफल बनाउनु प्रदेश सरकारको पनि दायित्व हो ।’ उनले उक्त निर्वाचन सफल बनाउनका लागि प्रदेश सभा सदस्यहरु, दलहरु, नागरिक समाज, युवालगायत सबै प्रदेशवासीमा अपिल गरे । गण्डकी प्रदेशका… पुरा पढौ

दुई महिनापछि गण्डकी प्रदेश सभाको बैठक शुरु, प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नुपर्छ ः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताएका छन् । आजबाट शुरु भएको गण्डकी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले संविधानतः हुने निर्वाचन प्रक्रियालाई सहयोग गर्न प्रदेशसभा सदस्य, राजनीतिक दल, नागरिक समाजलगायत सबै प्रदेशवासीमा अनुरोध गरे । मुख्यमन्त्री पाण्डेले युवा पुस्ताको व्यावहारिक आकाङ्क्षा र भावनालाई समेट्दै वैधानिक तथा लोकतान्त्रिक बाटोबाट देशमा आइपरेको सङ्कटलाई दीर्घकालीन समाधान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । “पछिल्ला घटनाक्रमले हामी… पुरा पढौ

कांग्रेसमा विशेष महाधिवेशनको औचित्य छैन,चुनावमा सहभागी हुन्छः नेता प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताएका छन् । आज काठमाडौँमा नेपाली कांग्रेसका नेता स्व गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्ने बताएका हुन् । उनले भने, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौँ, देशको यो सङ्कट कांग्रेसले पार लगाउनेछ ।” सिंहले पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे टिप्पणी गर्दै भने, “नियमित महाधिवेशन नजिक… पुरा पढौ

निर्वाचन आयोगले गर्यो पूर्वपदाधिकारीसँग परामर्श

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ । आयोगको केन्द्रीय कार्यालयमा आज आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले उनीहरूसँग परामर्श गरेको हो ।जेनजी आन्दोलनको भावनाअनुरूप चुनावी अन्तरिम सरकार गठन भई आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यस्तै १९ सदस्य पदका लागि आगामी माघ ११ मा राष्ट्रियसभाको निर्वाचन हुँदैछ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको परामर्शमा आयुक्तद्वय सगुनशम्शेर जबरा… पुरा पढौ

मधेशमा मुख्यमन्त्री नियुक्तिको विवाद उत्कर्षमा,प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यकक्ष तोडफोड

मधेशमा मुख्यमन्त्री नियुक्तिको विवाद उत्कर्षमा पुगेको छ । मधेस प्रदेशमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरकार गठन आह्वान नै नगरी नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएपछि भएको विवादले उग्ररुप लिएको छ ।संविधानानुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान नै नगरी काठमाडौं जान्छु भन्दै हिँडेर बाटोमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै प्रदेश प्रमुखविरुद्ध बिभिन्न दलका नेता, कार्यकर्ता आक्रोशित देखिएका छन् । आक्रोशित समुहले प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरेका छन् भने मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरेका… पुरा पढौ

संविधान र लोकतन्त्रलाई उन्नत बनाउन फागुन २१ को निर्वाचन सफल बनाउनुपर्छ ः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका छन् । आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका हुन् । लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरूको योगदान महत्त्वपूर्ण हुने उनले बताए… पुरा पढौ

निर्वाचनमार्फत निकास दिलाउने गृहमन्त्री अर्यालको दृढता

गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचनमार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताएका छन् । सामाजिक सञ्जालमार्फत मुलुकमा सुशासन कायम गर्दै प्राप्त जिम्मेवारीबमोजिम निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिने अभिभारा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए । गृहमन्त्री अर्यालले भन्नुभयो छ, “आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यका निम्ति धन्यवाद भन्नेछौँ ।” गृहमन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको जनाउँदै उनले भने, “कतिपय विषयमा के… पुरा पढौ

देशभरका वडामा एमालेको जनभेला

नेकपा एमालेले देशभरका स्थानिय तहका वडामा आज एकसाथ जनभेला गरेको छ । एमालेको केन्द्रिय कमिटीको निर्णय र जिल्ला एवं पालिकाको निर्देशन अनुसार शनिबार देशभरका वडामा जनभेला सम्पन्न गरेको एमालले जनाएको छ । कास्कीमा पनि पोखरा महानगरका ३२ वटा वडा सहित रुपा, मादी, माछापुच्छ्रे र अन्नपुर्णका अधिकांश वडामा जनभेला सम्पन्न भएको जिल्ला अध्यक्ष बैनबहादुर क्षत्री अधिकारीले जानकारी दिए । पोखरा १९ को वडा भेलामा बोल्दै एमालेका नेता जगत विश्वकर्माले बर्तमान सरकार संविधान भन्दा बाहिरबाट बनेको बताउँदै, सरकार विरुद्धको आवाजलाई सशक्त बनाउनुपर्नेमा… पुरा पढौ