राजनीति

नेपाली काँग्रेस महाधिवेशनः मतगणनामा देउवाको अग्रता कायमै

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मतगणनामा सभापति देउवाको अग्रता कायमै छ। पछिल्लो मत गणना : २६७७ शेरबहादुर देउवा : १२६७ सेखर कोइरालाः ९८० प्रकाशमान सिंह श्रेष्ठः २०४ विलेन्द्र निधि : १६२ कल्याण गुरुङ : १२ पुरा पढौ

नेपाली काँग्रेस महाधिवेशनः सुरुवाती मतगणनामा १३२ मतसहित देउवाको अग्रता

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुरुवाती मतगणनामा सभापति देउवाले अग्रता लिएका छन्। २५० मत गणना गर्दा देउवाले १३२ मतसहित देउवा अगाडी छन्। त्यस्तै, सेखर कोइरालाले ८१ मत ल्याउँदा प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङ १ मत प्राप्त गरेका छन्।राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको हो। नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो। काँग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ। ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न… पुरा पढौ

कांग्रेस महाधिवेशन अपडेट : मतदानको समय फेरि डेढ घण्टा थप

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदान गर्ने समय केन्द्रीय निर्वाचन समितिले फेरि डेढ घण्टा बढाएको छ । केन्द्रीय निर्वाचन समितिले यसअघि राती ९ बजेसम्म मतदान गर्ने समय निर्धारण गरेकोमा मतदानमा ढिला भएपछि समितिले फेरि डेढ घण्टा बढाएर राति साढे १० बजेसम्मको समय थप गरेको हो । समितिले यसअघि साँझ ५ बजेसम्म मतदानको समय सार्वजनिक गरेपनि सो समय पर्याप्त नभएको भन्दै ४ घण्टा समयावधी बढाएर राती ९ बजेसम्म मतदानको समय तोकेको थियो । विहान ८ बजेबाट मतदान हुने भनिएको भए… पुरा पढौ

एमाले महासचिव र चिनियाँ उपमन्त्री चाओबीच वार्ता

काठमाण्डौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्र्तगतको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) उपमन्त्री चेन चाओले आज भीडियो वार्ता गरेका छन् । उपमन्त्री चेनचाओले पोखरेलको पदभार ग्रहणमा बधाई दिँदै दुई पार्टीबीचका अन्तरसम्बन्धित विचारहरूलाई अझ बढी बलियो बनाउँदै लैजाने विचार व्यक्त गरे । महासचिव पोखरेलले एमालेको १०औँ महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको जानकारी गराउँदै चिनियाँ कम्युनिष्ट पार्टी र एमालेबीच पुरानो सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउने बताए । उपमन्त्री चाओले यही मङ्सिर २८… पुरा पढौ

महिला सशक्तिकरणको नेतृत्व अनेमसङ्घले लिनुपर्छ : पोखरेल

काठमाण्डौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले महिला सशक्तिकरण नेतृत्व अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले लिनुपर्ने बताएका छन् । अखिल नेपाल महिला सङ्घले आयोजना गरेको ‘एमाले १०आँै राष्ट्रिय महाधिवेशनको सन्देश ः समावेशितासहित एक तिहाइ महिला सहभागिता’ विषयक कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचन हुने सम्भावना रहेकाले महिला सङ्घले सङ्गठन विस्तारलाई ध्यान दिनुपर्ने बताए । “हरेक घरमा महिला सङ्घ पुग्नुपर्दछ । महिलाका मुद्दामा महिला सङ्घभन्दा अरू छैन भन्ने अनूभूति हरेक महिलाले गर्नुपर्दछ,” उनले भने, “सदस्यता विस्तार र कमिटी निर्माणतिर लाग्नुपर्दछ ।”… पुरा पढौ

कांग्रेस १४औँ महाधिवेशन : मतदान गर्ने समय ४ घण्टा थप

काठमाण्डौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान समय थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि सुरु भएकाले मतदानको समय थप गरिएको हो । निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । कांग्रेस १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । साँझ ५ बजेसम्म दुई… पुरा पढौ

कांग्रेस महाधिवेशन: एक हजार ३६५ मत खस्यो

काठमाडौ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा एक हजार ३६५ मत खसेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३:३० बजेसम्म एक हजार ३६५ मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिनुभयो । कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ५१३ र भृकुटीमण्डपका दुई स्थान… पुरा पढौ

दीर्घकालमा लाभ हुने कम्पनी छानेर लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन् । “शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ”, उनले भने “ अर्थमन्त्रीले शेयर बजार बढाउने घटाउने गर्दैन, लगानीकर्ता आफै जिम्मेवार भएर लगानी गर्नुस् ।” बीमा समितिको नयाँ भवनको आज ललितपुरमा शिलान्यास गर्दै अर्थमन्त्रीले कम्पनी चिनेर ढुक्कले लगानी गर्न प्रोत्साहित गरे । पछिल्लो समय शेयर बजारमा आएको गिरावटको दोष आफूमाथि लगाएको भन्दै उनले… पुरा पढौ

कांग्रेस १४औँ महाधिवेशन : प्रधानमन्त्री देउवाद्वारा मतदान

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान गरेका छन् । सभापतिका प्रत्यासी उनले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । केहीबेरअघि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि मतदान गरिसकेेका छन् भने अन्य प्रत्यासी डा शेखर कोइराला र विमलेन्द्र निधि पनि मतदानस्थलमै छन् । यसैगरी उपाध्यक्षका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनील थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला, बालबालिका तथा… पुरा पढौ

काँग्रेस महाधिवशेन: मतदान एक घण्टा ढिलो

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान एक घण्टापछि सुरु हुने भएको छ। बिहान ८ बजे सुरु हुने भनिएको मतदान एक घण्टा ढिलो हुने महाधिवेशन मिडिया सेन्टरले जनाएको हो। मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसिसकेका छन्। मतदान साँझ ५ बजेसम्म हुनेछ। मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। भृकुटीमण्डपमा छिर्ने दुवैतर्फका सडकहरुमा सुरक्षा कडा गरिएको छ। परिचयपत्र हेरेरमात्र मतदानस्थलमा प्रवेश दिइएको छ। जसका लागि भृकुटीमण्डप ५ सय १४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३… पुरा पढौ