राजनीति

देउवाको विजयमा पार्टीले अबिरजात्रा गर्दैन : नेता खाँड

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले शेरबहादुर देउवाको विजयमा उत्सव नमनाउने उल्लेख गरेका छन्। पार्टीको आन्तरिक निर्वाचन भएकाले जितको खुसीयालीमा अबिरजात्रा र नाराबाजी नगर्ने नेता खाँडको भनाई छ। विपक्षी पार्टीलाई पराजित गरेजस्तो विजयउत्सव मनाउन आवश्यक नरहेको उनको स्पष्टोक्ति छ। पार्टीका अन्य पदाधिकारी र सदस्यको मतपरिणाम आएपछि जिम्मेवारी सम्हाल्दै सुभकामना आदान–प्रदान गरिने नेता खाँडले बताए। सभापति पदका लागि भएको मतदानको मतगणनाको अन्तिम नतिजापछि सञ्चारकर्मीसँग कुरा गर्दै खाँडले भनेका छन्, ‘पराजित भएको समूहलाई पार्टीले जिम्मेवारी दिन्छ। सबै पक्षलाई समेटेर पार्टीलाई थप सशक्त बनाउँदै… पुरा पढौ

काँग्रेस महाधिवेशन : आजबाट पदाधिकारीको मतगणना

नेपाली काँग्रेस १४ औँ महाधिवेशनमा आज (बुधबार)बाट पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना सुरु हुनेछ। काँग्रेस निर्वाचन समितिले आज साँझबाट मतगणना हुने जानकारी दिएको छ। पदाधिकारीको मतपेटिका काँग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ। सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो। सभापतिमा शेरबहादुर देउवा पुनः विजयी भइ सकेका छन्। उनले निकटतम प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्। पहिलो चरणको निर्वाचनमा ५ जनामध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको निर्वाचन… पुरा पढौ

देउवा नै काँग्रेस सभापतिमा निर्वाचित

शेरबहादुर देउवा नै नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएका छन्। नेपाली काँग्रेसको १४ औं महाधिवेशनमार्फत पाँचौंपटक प्रधानमन्त्री बनेका देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भए। पहिलो मतदानमा बहुमत ल्याउन नसकेका देउवाले दोस्रो मतदानमा २७३३ मत ल्याए। कूल ४६ सय २३ मत खसेकोमा कोइरालाले १८५५ पाए । ३५ मत बदर भएको थियो। तर, निर्वाचन समितिले देउवा बिजयी भएको सूचनासमेत जारी गरिसकेको छ। शुक्रबारदेखि काठमाडौंमा जारी काँग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो। यसपटक सभापतिका लागि देउवा र कोइरालासहित… पुरा पढौ

गण्डकी प्रदेश समितिका अध्यक्ष गुरुङद्वारा पदभार ग्रहण

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङ (कुसुम) ले पदभार ग्रहण गरेकी छन् । आइतबार राती माओवादी केन्द्र गण्डकी प्रदेशको अध्यक्षमा चयन भएकी गुरुङलाई प्रदेश इञ्चार्ज हितराज पाण्डेले आज पदभार ग्रहण गराएका हुन् । कार्यक्रममा केन्द्रीय सदस्य राजकाजी गुरुङ, केन्द्रीय प्रतिनिधि दीपक कोइराला लगायतको उपस्थिति रहेको थियो । पोखरा सभागृहमा दुई दिनसम्म चलेको नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशनले गुरुङको अध्यक्षतामा २०१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । पुरा पढौ

नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घको सातै प्रदेशमा कमिटी गठन

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घले सातै प्रदेशमा कमिटी गठन गरेको छ । पार्टीको जनवर्गीय सङ्गठनका रूपमा हालै स्थापना भएको सङ्घले प्रादेशिक कमिटी गठन गरेको हो । जिल्ला तह, स्थानीय तह, वडा तहसम्म कमिटी विस्तार गर्ने क्रममा रहेको सङ्घका प्रचार विभाग प्रमुख राममाया(चमिना) भट्टराईले जानकारी दिए । महिला हिंसा न्यूनीकरण गर्न सबै प्रदेशमा विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको सङ्घले महिला हिंसाविरुद्ध १६ दिने कार्यक्रममा समेत देशैभर जनचेतनामूलक अभियान सञ्चालन गरी सामाजिक एकता अभिवृद्धि गरेको थियो ।… पुरा पढौ

वाग्मती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् ११ सदस्यीय बन्यो

हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । यो विस्तारसँगै मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । पाण्डेले आज पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् । गठबन्धनमा रहेका दलमध्ये पाण्डेले नेकपा (माओवादी केन्द्र) का तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट दुई मन्त्री नियुक्त गरेका हुन् । पाण्डेले नेकपा (माओवादी) का तर्फबाट प्रदेशसभा सदस्य घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायातमन्त्री, विशाल खड्कालाई वन तथा वातावरणमन्त्री र रत्नप्रसाद… पुरा पढौ

कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै

काठमाण्डौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत मागि रहेका छन् । राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनः निर्वाचन भएको हो । मतदानका लागि साँझ ७ः३० बजेसम्मको तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।… पुरा पढौ

बजेट कार्यान्वयन गर्न नसक्ने भए सरेण्डर गर्न अर्थमन्त्री बरालको चेतावनी

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले समयमै बजेट कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले मंगलबार गोरखामा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवम् छलफल कार्यक्रममा बोल्दै मन्त्री बरालले कुनै बाहनाबाजी नगरी समयमै बजेट कार्यान्वयन हुने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन ििदएका हुन् । दोश्रो चौमासिक भित्र पनि कार्यक्रम कार्यान्वयनमा जान सक्ने अबस्था नभएमा तत्काल सरेण्डर (आत्मसमर्पण) गर्न मन्त्री बरालले निर्देशन दिए । अधिकांश मन्त्रालयबाट बजेट माग भए पछि मन्त्री बरालले प्राप्त बजेटलाई… पुरा पढौ

ऊर्जाको प्रत्याभूत गर्नु राज्यको दायित्व हो:उर्जामन्त्री भुषाल

काठमाडौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जाको प्रत्याभूत गर्नु राज्यको दायित्व भएको बताउदै ऊर्जामा आम जनताको पहुँच सुनिश्चित हुनु नागरिको अधिकार भएको स्पष्ट पारेकी छिन । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालद्वारा आयोजित ‘नेपालमा लघुजलविद्युत् परियोजनाहको दिगो सञ्चालन’सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै उनले नेपालको विद्युत् विकासमा रहेको जनसहभागिता विश्वमै उदाहरणीय रहेको उल्लेख गरे । उनले समुदायस्तरमा निर्माण गरिएका साना तथा लघुजलविद्युत् आयोजनाहरुको दिगो सञ्चालनका लागि तिनलाई केन्द्रीय प्रशारण लाइनमा आवद्ध गराउनुपर्ने र यसले समुदाय वा निजी क्षेत्रका लगानीकर्ताको… पुरा पढौ

दोस्रोचरणमा सभापतिमा निर्वाचित हुन्छुः डा कोइराला

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सभापति उम्मेदवार डा शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू सभापतिमा निर्वाचित हुने बताएका छन् । सभापतिको मतगणनाको पहिलो चरणको चुनावी परिणामपछि आज पत्रकार सम्मेलन गरेर नेता कोइरालाले आफू दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा विजयी हुने दाबी गरे । उनले निर्वाचनको परिणाम जे जस्तो आए पनि आफूले चुनावी नतिजा स्वीकार गर्ने समेत बताए । रासस पुरा पढौ