राजनीति

माओवादी र समाजवादीको एकता नेताहरुको ओत लाग्ने कुरामात्र : झाँक्री

पोखरा, कात्तिक १९ नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले दुई पार्टी मिल्नु भनेको पार्टी भित्रको लोकतान्त्रिक संस्कारको अन्त्य गर्नु भएको बताएकी छन् । पार्टीसँग असन्तुष्ट झाँक्री र किसान श्रेष्ठलगायतले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीहरु मिल्दा लोकतान्त्रिक संस्कारको अन्त्य हुने बताएकी हुन् । हिजो एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनायौं, त्यतिबेला एक नेतामा भएको अधिकार दुई नेतामा केन्द्रीत भयो,उनले भनिन्,‘फेरी पनि वाम दलहरु एकीकृत हुँदैछन् । र फेरी ईतिहास पनि दोहोरिदै छ लोकतान्त्रिक संस्कारको चीरहरण गरेर ।’ नेतृ झाँक्रीले… पुरा पढौ

पक्राउ परे निकोलस भुसाल

हिंसा भड्काउने अभिव्यक्ति दिएका डा निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई मंगलबार गोरखाबाट प्रहरीले पक्राउ गरेको हो । भुसाललाई गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा प्रहरीसितको सहकार्यमा पक्राउ गरेको हो । उनलाई गोरखाबाट काठमाडौँ लैजाने तयारी गरेको छ । यसअघि भुसालले आफूलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका बेला समातिएका हुन् । भुसालले सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएर हिंसा भड्काउन… पुरा पढौ

हैसियत जोगाउन पदाधिकारीलाई कांग्रेस नेता देवराज चालिसेको सुझाव

नेपाली कांग्रेसका नेता देवराज चालिसेले नियमित महाधिवेशनको मिति घोषणा नगरिए विशेष महाधिवेशन हुने बताएका छन् । विशेष महाधिवेशनका निम्ति हस्ताक्षर अभियानका अभियन्ता समेत रहेका उनले विशेष महाधिवेशनले पार्टीलाई थप मजबुत बनाउने बताउँदै, केन्द्रिय समितिले नगरे आफुहरुले मिति घोषणा गर्ने बताएका हुन् । काठमाडौंको थापागाउँमा विशेष महाधिवेशन पक्षधरले आयोजना गरेको भेलामा बोल्दै नेता चालिसेले हरेकपटक कांग्रेसले जनताको भावनाको प्रतिनिधित्व गरेको बताए । तर, पहिलोपटक कांग्रेसले जनताको असन्तुष्टिको सामना गर्नुपरेको उनले उल्लेख गरे । चालिसेले ००७ देखि हालसम्म आफूहरू हमेसा विरोध, विद्रोह… पुरा पढौ

माओवादी केन्द्रको बैठक बस्दै, जनार्दन शर्मा पत्रकार सम्मेलनको तयारीमा

एकता प्रक्रियामा असन्तुष्ट नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीको सचिवालय बैठकमा नजाने बताएका छन्। आज दिउँसो काठमाण्ठौको कमलादीमा बैठक राखेर माओवादीले एकिकृत समाजवादी सहितका दलसँग हुने एकताको सहमतिलाई अनुमोदन गर्दै छ। सचिवालय समितिका सदस्य समेत रहेका शर्माले एकता प्रक्रिया रोक्न यसअघि बसेको बैठकमा माग गरेका थिए । आफ्नो मागमा कुनै सुनुवाई नभएपछि उनले बैठकमा आफू नजाने बताएका हुन् ।शर्माले यो एकता प्रक्रियामा आफू सहभागी नहुने भन्दै प्रचण्डसँग अलग भएको घोषणा गरिसकेका छन् ।बैठकबाट अरू पार्टीसँगको एकता प्रस्ताव अनुमोदन गरिने… पुरा पढौ

प्रधानमन्त्री कार्कीको निर्देशन: सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नु

प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न निर्देशन दिएकी छन् । उनले नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको सुनिश्चितता गर्न निर्देशन दिएकी हुन्।वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण दिन आज आयोजित मन्त्री र सचिवहरूको बैठमा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावनाबमोजिम नतिजामुखी हुन मातहतका निकायलाई निर्देशन दिएकी उनको सचिवालयले जनाएको छ ।“भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र प्रभावकारी सेवा… पुरा पढौ

सरकारको संवैधानिक परीक्षण हुनुपर्छ: एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको संवैधानिक परीक्षण हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको संवादमा उनले अदालतमा मुद्दा विचाराधीन रहेकाले सो मुद्दाको फैसला नहुँदासम्म सरकारले निर्वाचनबाहेकका काम गर्न नहुने तर्क गरे ।महासचिव पोखरेलले भदौ २३ र २४ गतेको घटनामा आन्दोलन कम अपराध बढी भएको टिप्पणी गरे । उनले सो आन्दोलन अग्रगमनका लागि नभइ पश्चगमनका लागि भएको आरोप समेत लगाए । निर्वाचनको लागि गठन भएको यो सरकारलाई छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याडेट’ दिएको बताउँदै उनले… पुरा पढौ

कास्कीमा भैपरी खर्च लिने ‘जेनजी’आन्दोलनका घाइतेको सङ्ख्या न्यून

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका कास्कीका ९२ जनामध्ये हालसम्म जम्मा आठ जनाले मात्र घाइते परिचयपत्र र भैपरी खर्च बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीले गत असोज २४ गते आन्दोलनका घाइतेलाई परिचयपत्र र भैपरी खर्च लिन आउन सार्वजनिक रुपमा सूचित गरेको थियो । गृह मन्त्रालयबाट प्राप्त घाइतेहरूको सूचीबमोजिम कास्कीमा स्थायी ठेगाना भएका घाइतेहरूलाई परिचयपत्र र भैपरी खर्च वितरण भइरहेको कार्यालयका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए । “आइतबारसम्म आठ जनालाई घाइते परिचयपत्र रु २०… पुरा पढौ

पार्टी पुनर्गठन गर्न कानुनी अड्चन

माओवादी केन्द्र र एकीकृत समाजवादीका असन्तुष्ट नेतालाई पार्टी पुनर्गठन गर्न कानुनी अड्चन देखिएको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्ष सोही पार्टी पुनर्गठन गर्ने भन्दै गृहकार्यमा जुटिरहेका छन् भने माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि आफूले पार्टी छाड्न नसक्ने भन्दै माओवादी केन्द्रलाई पुनर्गठन गर्ने पक्षमा देखिएका छन् । दुवै पक्षलाई पार्टी पुनर्गठन गर्न कानुनी अड्चन रहेको छ । एकीकरण भएको खण्डमा सोही पार्टी नाम र चुनाव चिह्न एक वर्षसम्म प्रयोग गर्न नपाइने कानुनी व्यवस्था… पुरा पढौ

एमालेमा फर्कन नेता झलनाथ खनालले राखे चार वटा सर्त

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफु एमालेमा फर्कन तयार रहेको बताएका छन् । उनले आफूलाई एमालेप्रति माया रहेको र सो पार्टीमा आफ्नो पनि ठुलो योगदान रहेको बताए । नेता खनालले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दे बर्तमान नेतृत्वमा सुस्थिर चिन्तन नरहेको भन्दै,एमाले फर्कन चार वटा वैचारिक सर्त अगाडी सारेका छन् । काठमाण्डौंमा संचारकर्मिसँग कुराकानी गर्दै, उनले आफुले सारेका चारवटा आधारभूत वैचारिक सर्तहरू पुरा भए एमालेमा फर्कन कुनै समस्या नरहेको स्पष्ट पारे । नेता खनालले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने,समाजवादी… पुरा पढौ

गृहमन्त्री अर्यालले गरे राष्ट्रपतिको निजी निवास निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन्। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड र आगजनी गरिएको थियो । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने वचन दिएका छन्। त्यस अवसरमा मन्त्री अर्यालसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो । उनीहरुले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरेका थिए। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्तको स्थानीयको… पुरा पढौ