राजनीति

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताएका छन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन कार्यक्रममा गृहमन्त्री आर्यालले फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेगरी सरकार गृहकार्यमा लागेको बताए । गृहमन्त्री अर्यालले भने, “हाम्रो मूल रणनीति कुनैपनि अवस्थामा द्वन्द्व हुन नदिने हो । मुलुकको सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण बनाउन शान्तिपूर्ण राजनीतिक वातावरणमा स्वच्छ र निर्भयपूर्ण प्रतिस्पर्धाका लागि निर्वाचनको तयारी… पुरा पढौ

पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख

जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । सो क्रममा उनीहरुले चित्रकारको पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेका थिए । गत साता भारतमा उपचार गराएर फर्किएकी चित्रकारलाई भेट्न संयोजक दाहाल र सहसंयोजक नेपाल आज बिहान डल्लुस्थित खनाल निवास पुगेका थिए । उनको स्वास्थ्य अवस्था जोखिमुक्त रहेको र उपचार जारी रहेको पूर्वप्रम खनालले जानकारी गराएका थिए… पुरा पढौ

‘केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन’:गण्डकीका मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको केन्द्रिकृत मानसिकताले जनचाहनाअनुरुप परिणाम दिन नसकेको दुखेसो गरेका छन् । फेडरालिजम् एण्ड लोकलाइजेन सेन्टरले ‘सङ्घीयता सुदृढीकरणमा राष्ट्रियसभा’ शीर्षकमा आज काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा उनले सीमित साधनस्रोत तथा कानुनी व्यवधानले प्रदेश सरकारबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन कठिन भएको बताए । मुख्यमन्त्री पाण्डेले भने, “प्रदेश र स्थानीय तहको अभिभावक राष्ट्रियसभाले सत्ता र प्रतिपक्षीय सोचबाट माथि उठेर समन्वयका साथ कानुन निर्माणलाई तीव्रता दिनुपर्छ ।” प्रदेश र स्थानीय तहको जनप्रतिनिधिसभाका हैसियतले एकल र साझा… पुरा पढौ

१५ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिन्छु: नेता प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज बिहान काठमाडौँमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले पार्टीको १४ औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सफलता प्राप्त नभएको बताउँदै यस पटक भने सफल हुने गरी तयारी शुरु गरेको बताए । पुर्व स्वास्थ्य मन्त्री समेत रहेका नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीसहित नेताहरुलाई आगामी महाधिवेशन समयमै गर्न स्पष्ट रुपमा निर्देशन दिइसक्नुभएको र चाँडै नेतृत्व हस्तान्तरण गर्न चाहेको जानकारी दिए । उनले समयमै महासधवेशन सम्पन्न… पुरा पढौ

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह अध्यक्ष ओली सभापति देउवा भेट्न काठमाडौंको महाराजगन्जस्थित देउवा निवास पुगेका हुन् ।ओलीसँगै एमाले महासचिव शंकर पोखरेल पनि महाराजगन्ज गएका थिए । ‘जेनजी’ आन्दोलनपछि देउवा भेट्न ओली दोस्रोपल्ट महाराजगन्ज पुगेका उनको सचिवालयले जनाएको छ ।भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्चमा लैजान लागेको मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । भेटमा देउवापत्नी आरजु राणा पनि उपस्थित थिइन् । गएको मंसिर २९ गते… पुरा पढौ

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ: नेपाली सेना

जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ । तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जङ्गीअड्डा लेखमा भनिएको छ, “सङ्कटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको… पुरा पढौ

विद्याथीसँग नागरिक समाज कास्कीको अन्तरससंवाद

नागरिक समाज कास्कीले ३०४ औं राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा विद्यार्थीसँग अन्तर संवाद गरेको छ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुसँग नागरिक समाज कास्कीले सोमबार नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम गरेकोे हो । कार्यक्रमका प्रमुख वक्ता प्राध्यापक डाक्टर ज्ञानबहादुर कार्कीले आफ्नो ४५ वर्ष लामो शिक्षण अनुभवको समेत चर्चा गर्दै नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिकाका वारेमा ऐतिहाँसिक पृष्ठभूमि समेत उल्लेख गरेका थिए । अन्तर संवादमा राइजिङ्ग… पुरा पढौ

पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ:महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताएका छन् । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै उनले कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिएका हुन् । उनले महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको गुनासो गरे । “संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुन्छ, संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसको हो,”उनले भने । बदलिएको कांग्रेसले देश… पुरा पढौ

निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेका बताउँदै केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेका बताएका छन् । नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई आज काठमाण्डौंमा सम्बोधन गर्दै उनले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताए । “घोषणा भइसकेको निर्वाचन नै अहिलेको सहज विकल्प हो । जनता निर्वाचनका लागि तयार भइरहेका छन्”संयोजक दाहालले भने, “निर्वाचन बिथोल्ने वा निर्वाचनको प्रक्रियामा अघि बढ्ने जनता र राजनीतिक दलको चाहनालाई कसैले भ्रमित… पुरा पढौ

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल,आमनिर्वाचन सफल पार्नुपर्नेमा जोड

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट सिफारिस हुने समानुपातिक उम्मेदवारसँग छलफल गरेको छ । रास्वपाले आज देशभरका सातै प्रदेशमा पार्टीका तर्फबाट आगामी निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार बन्न इच्छुक व्यक्तिसँग छलफल गरेको हो । रास्वपाले सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ, गण्डकी प्रदेशको पोखरा, वाग्मती प्रदेशको काठमाडौँ, मधेस प्रदेशको जनकपुर र कोशी प्रदेशको इटहरीमा उम्मेदवारसँग छलफल गरेको हो । रास्वपाका नेता एवं उम्मेदवार छनोट समितिका संयोजक विराजभक्त श्रेष्ठले आगामी निर्वाचनका लागि रास्वपाबाट योग्य… पुरा पढौ