राजनीति

नेपाली कांग्रेसको संस्थापन समूहको भेला जारी

नेपाली कांग्रेसको संस्थापन समूहको भेला काठमाण्डौंमा जारी छ। काठमाडौँको नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा जारी संस्थापन समूहका केन्द्रीय समितिको भेलामा कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले महाधिबेशनका विषयमा छलफल गरिरहेका छन् ।उक्त समूहले पार्टीको १५औं महाधिवेशनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ। भेलामा पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, शङ्कर भण्डारी, मीन विश्वकर्मासहितका केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू छन् । केन्द्रीय सदस्य भण्डारीले केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेका बेलामा… पुरा पढौ

गोपाल किराँतीको मोर्चा पनि एकतामा समावेश

गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा पनि माओवादी-समाजवादी एकतामा समावेश भएको छ । सहमति पत्रमा सोमबार नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष किराँतीले हस्ताक्षर गरेका छन्। नेपाली राजनीतिक परिस्थितिलाई स्थायित्व र सही दिशातर्फ लैजानका लागि उनीहरूबिच समाजवादी ध्रुवीकरण र वैचारिक रूपान्तरणमार्फत नयाँ एकता अभियान सुरु गर्ने सहमति भएको हो।सहमति पत्रमा भनिएको छ, ‘जनयुद्वका बेला भन्ने गरिएको हरेक प्रतिकुलतालाई अनुकुलतामा बदल्ने नीति अन्तर्गत देशका क्रान्तिकारीहरुवीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन आउँछ।’ पत्रमा हालको राजनीतिक अवस्थालाई… पुरा पढौ

राष्ट्रपति पौडेल कतार प्रस्थान, कतारका राजासँग भेटवार्ता हुने

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले बिदाई गरे । सो अवसरमा सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक निकायका प्रतिनिधिलगायत… पुरा पढौ

कांग्रेस बैठक फेरि स्थगित,साझा एजेन्डामा सहमति खोजिदैं

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । पार्टीको १५औँ महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गर्ने बारेमा संस्थापन र संस्थापनइतर पक्षबीच सहमति हुन नसक्दा बैठक स्थगित भएको हो । यसअघि पनि शुक्रबारको बैठक यसरी नै स्थगित गरिएको… पुरा पढौ

माओवादी केन्द्रको सचिवालय बैठकमा जनार्दन अनुपस्थित

एकिकृत समाजबादीसँग पार्टी एकताको विपक्षमा रहेकामाओवादी केन्द्रका नेता जनार्दन शर्मा आज बसेको सचिवालय बैठकमा अनुपस्थित भएका छन् । शनिबार बसेको बैठकमा शर्माले समाजवादीसँगको एकता रोक्नुपर्ने लिखित प्रस्ताव पेस गरेर बैठकबाट बाहिरिएका थिए । सचिवालय बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शर्मा बैठकमा नबसी बाहिरिएपछि अराजकताको संज्ञा दिएका थिए ।प्रवक्ता अग्निप्रसाद सापकोका अनुसार शर्मा आजको बैठकमा उपस्थित नै भएनन्।बैठकमा आन्तरिक संगठनात्मक विषयमा छलफल गरेको छ । सचिवालय बैठकमा केन्द्रीय समितिको बैठक मंगलबार बस्ने निर्णय भएको पार्टी प्रवक्ता सापकोटाले बताए । “संयुक्त भेला,… पुरा पढौ

लोकतान्त्रिक जेनजी फोरम गठन

लोकतन्त्रप्रति आस्था राख्ने जेनजीहरुले लोकतान्त्रिक जेन्जी फोरम गठन गरेका छन् । आइतबार लोकतान्त्रिक विचारमा आस्था राख्ने युवाहरूको भेलाले सुरेन्द्र भण्डारीको संयोजकत्वमा फोरम गठन भएको हो। फोरमका सदस्यमा पोखराका लक्ष्मीप्रसाद पौडेल सहित पुजन चाम्लिङ राई इलाम, रिशा थापा ललितपुर, सरोज विष्ट ,अछाम, विशाल शाही हुम्ला, कुम्भराज सहकारी देउवा कालिकोट, जनक साउद दैलेख, महेन्द्र कुँवर, रमेश न्यौपाने दैलेख, सुनिता मल्ल मुगु, सतेन्द्र यादव, विनोद उपाध्याय धादिङ, निरञ्जन रोहिता धनुषा, रहेका छन्। राष्ट्रियता, लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, समावेशी, सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता,… पुरा पढौ

एमालेले गर्यो पोखरामा मोटरसाइकल र्‍याली

नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा मोटरसाइकल र्‍याली निकालेको छ । पोखरा सभागृहचोकबाट सुरु र्‍याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सिर्जनाचोक, लेकसाइड हुँदै सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।पार्टीले यो र्‍यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ ।कोण सभामा बोल्दै एमाले नेता महेश बस्नेतले अध्यक्ष केपी ओलीलाई पुन अध्यक्ष बनाउने दाबी गरेका छन् । नेकपा एमालेको ११औं महाधिवेशनमा मंसिर २७ देखि २९ सम्म पोखरामा हुँदैछ । बस्नेतले नेतृत्व लिन चाहने नेतालाई होल्ड गर्न आग्रह गरे ।… पुरा पढौ

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन देशभक्त शक्तिहरूबीच एकता हुनुपर्ने संयोजक प्रचण्डको जोड

नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन निरन्तर प्रयास जारी रहेको बताउँदै देशभक्त शक्तिहरूका बीच एकता हुनुपर्नेमा जोड दिएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित सहिद प्रतिष्ठान नेपालको साधारण सभामा उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको बताए । सहिद परिवार र बेपत्ता योद्धाका आफन्तहरूको भावनालाई सम्मान गर्दै चाँडोभन्दा चाँडो शान्ति प्रक्रियासम्बन्धी सबै… पुरा पढौ

जेनजी आन्दोलनले संविधानलाई झन् बलियो बनाउँछ ः रक्षा बम

नेपाल जेन–जी फ्रन्टका संयोजक रक्षा बमले जेनजी आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गरिने बताएकी छन् । बिभिन्न समुहका राजनीतिक एजेण्डालाई संस्थागत गरी एकताबद्ध हुनका लागि फ्रन्ट गठन भएको उनले स्पष्ट पारिन् ।काठमाण्डौंमा एक संचार माध्यमसँगको कुराकानीमा संयोजक बमले संविधानलाई कमजोर पार्न नभई झन् बलियो बनाउन जेनजी आन्दोलन भएको बताउँदै,आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदलाई न्याय दिने कुरा मुख्य प्राथमिकतामा रहने दाबी गरिन् । फ्रन्टको मुख्य काम आगामी फागुन २१ को निर्वाचनलाई निष्पक्ष बनाउने मै केन्द्रित रहने भन्दै, निर्वाचनमा सहभागिताका बिषयमा भने… पुरा पढौ

एमालेमा छ लाख ६० हजार सदस्यबाट प्रतिनिधि चयन हुने

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि छ लाख ६० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि चयन हुनेछन् । एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने ती सङ्गठित सदस्यले २०८२ चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसकेको बताए। उनले भने,“हामीले सबै सङ्गठित सदस्यको प्रमाणीकरण गर्ने काम अन्तिम चरणमा पु¥याएका छौँ । करिब छ लाख ६० हजार सङ्गठित सदस्यबाट नै प्रतिनिधि छनोट हुनेछन् ।” भोलि बस्ने सचिवालय बैठकले सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने विभाग प्रमुख अधिकारीले जानकारी दिए । अध्यक्ष… पुरा पढौ