राजनीति

एमाले अध्यक्षमा तेहेरिए ओली : पोखरेललाई दोब्बर मतले पछि पार्दै अध्यक्षमा ओली बिजयी

सन्देश श्रेष्ठपोखरा, पुस ३ नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेहेरिएका छन् । यसअघि दुई पटक अध्यक्ष भइसकेका ओली तेस्रो कार्यकालका लागि ११ औं महाधिवेशनबाट चयन भएका हुन् । विहीबार दिउँसो सम्पन्न मतगणनामा ओली प्रतिष्पर्धी ईश्वर पोखरेललाई दोब्बर मतले पछि पार्दै बिजयी भए । अध्यक्षमा बिजयी ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरे । कुल २ हजार २ सय २७ मत खसेकोमा पराजित पोखरेलले ५ सय ६४ मत प्राप्त गरेको जनाइएको छ । बिजेताको घोषणा भने केहि समयपछि… पुरा पढौ

एमाले महाधिवेशनः मतगणना जारी ओली ३३३, पोखरेल ११०

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना जारी रहेको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा १०ः०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनले मतगणना सुरु भएको तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने बताए । निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, हालसम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा अरुण नेपाल ८९,गुरु प्रसाद बराल २४२,गोकर्ण राज विष्ट २५६,टकं… पुरा पढौ

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएकी छन् । आज ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको अवस्थामा आगामी फागुन २१ गते निर्धारित समयभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ अहोरात्र खटेर तयारीका काम अगाडि बढिरहेका बताईन् । “निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ । त्यसैले उक्त निर्वाचनलाई… पुरा पढौ

एमाले महाधिवेशनः मतदान सुरु

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका छन् । सुरुमा मतदान गरेका ओली र पोखरेललाई ४० मिनेट समय लागेको थियो । अहिले एक पटकमा ५० जना भित्र पठाइएको छ ।भित्र छिरेपछि सुरुमा प्रतिनिधि कार्ड स्क्यान गरिन्छ । निश्चित ठाउँमा पुगेपछि प्वाल पारिन्छ । त्यसपछि बुथ ‘मेसिन’मा प्रवेश हुन्छ ।भित्र फोन लिन दिइएको छैन ।… पुरा पढौ

सभापति देउवा र नेता कोइरालाबीच भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा शेखर कोइरालाले भेट गरेका छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर विनाका फाराम जिल्ला जिल्ला पठाएकाले यसले पार्टीभित्र जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवा सामु बताएका थिए । उनले नम्बर बिनाका फाराम तत्काल फिर्ता गरी नयाँ फाराम पठाउनसमेत सभापतिको ध्यानाकर्षण गराए । पार्टीभित्र कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी पार्टीको… पुरा पढौ

एमालेको नयाँ नेतृत्वका लागि आज मतदान, ११ केन्द्रीय सदस्य निर्विरोध,अनुशाासन आयोगमा कास्कीका पहारी

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ । उनका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो ।… पुरा पढौ

सभामुख पदमा कांग्रेस र एमालेको दाबी, बागमती प्रदेशसभा बैठक अनिश्चित

बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरेपछि बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । जेनजी प्रदर्सनका क्रममा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले गत असोज १ गते लिखित राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो । रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलले दाबी गरेपछि विगत चार महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन । तत्काल बैठक बस्ने कुनै सूचनासमेत नआएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताए । “हामीले बैठकको सबै… पुरा पढौ

गण्डकीको सुरक्षा गोष्ठीले फागुनमा हुने निर्वाचनका लागि के के औंल्यायो सुरक्षा चुनौति

सन्देश श्रेष्ठपोखरा, मंसिर २९ आगामी फागुन २१ गते हुने निर्वाचनमा फरार कैदी बन्दी र लुटिएका हतियार चुनौति बन्न सक्ने औंल्याइएको छ । पोखरामा सोमबार भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुले जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी बन्दी तथा लुटिएका हतियारहरु फागुनमा हुने चुनावका लागि चुनौति बन्नसक्ने औंल्याएका हुन् । गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको गोष्ठीमा सहभागी गण्डकीका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरीका… पुरा पढौ

एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता, रघु पन्त र अग्नि खरेलले दिए स्वतन्त्र उम्मेद्वारी

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष ओलीले अपराह्न ३ः३० बजे र वरिष्ठ उपाध्यक्ष पोखरेलले करिब ३ बजे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । महाधिवेशनमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ताको कार्य जारी छ ।पोखरेल समुहबाट उपाध्यक्ष पदमा… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन

गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ । यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्याकाल गत वैशाख १५ गते सकिएको थियो । कुलपतिसहित सबै प्राज्ञसभा सदस्यहरूको नियुक्तीका लागि गत वैशाख २७ गते गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले दरखास्त माग गरेकामा अहिलेसम्म नियुक्ती हुन नसकेको हो । प्रतिष्ठानका निवर्तमान सदस्यसचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानमा रहेका २४ वटै पद अहिले रिक्त रहेको बताए । “कुलपति, उपकुलपति, सदस्यसचिवसहित विभिन्न विभागका प्रमुख र सदस्यमा गरी ९५ जनाको… पुरा पढौ