राजनीति

विवेकशील साझाको ‘तातो भात अभियान’माथि प्रशासनको अंकुश

कोरोना महामारीका बेला विवेकशील साझा पार्टीको पोखरा महानगर समितिले सुरु गरेको ’तातो भात अभियान’लाई प्रशासनले अंकुश लगाएको छ । कोभिडका विरामी तथा तिनका कुरुवाहरु खान नपाएर भोकभोकै मर्ने स्थिति देखेपछि विवेकशील साझा पार्टीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल’ का कोभिड बिरामी र कुरुवालाई निःशुल्क रुपमा तातो भात खुवाउँदै आएको थियो । गत आईतबारदेखि शुरु भएको सो अभियान शुक्रबारसम्म जारी रहेपनि शनिबारदेखि प्रशासनले खाना खुवाउन रोक लगाएको सो पार्टीले जनाएको छ । यसैबीच, स्वच्छ मनले भोका पेटहरूलाई निःशुल्क… पुरा पढौ

म्यानमारकी नेतृ आङ साङ सूचीको दल दर्ता खारेज गरिदैँ

म्यानमारकी लोकतन्त्रवादी नेतृ आङसाङ सुकीले नेतृत्व गरेको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) दललाई खारेज गर्ने भएको छ। म्यानमारको जुन्ता सरकारले गठन गरेको निर्वाचन आयोगले सुकीको (एनएलडी) दललाई खारेज गर्ने भएको हो। म्यानमार नाउ समाचार एजेन्सीका अनुसार गत नोभेम्बरमा सम्पन्न चुनावमा भएको धाँधलीमा जिम्मेवार रहेको भन्दै जुन्ताप्रति बफादार आयोगले उक्त निर्णय गरेको हो। एनएलडीबाहेकका थुप्रै राजनीतिक दलहरुले भाग लिएको एक कार्यक्रममा उक्त निर्णय भएको जनाइएको छ। एनएलडी दलको निर्वाचन घोषणापत्र झूठो भएको भन्दै दल दर्ता खारेज गर्नुपर्ने ठहर उक्त बैठकले गरेको… पुरा पढौ

मध्यरातमा संसद विघटन, मध्यरातमै मध्यावधि निर्वाचनको घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातपछाडि प्रतिनिधिसभा भंग गरेकी छन्। संसदमात्र भंग गरेकी छैनन् साथसाथै मध्यावधि चुनावको घोषणा समेत गरेकी छन्। मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा भंगका साथै मध्यावधि निर्वाचनको मिति सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको थियो। बैठकले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माण हुन नसकेको दाबी गर्दै सरकारले संसद भंग र मध्यावधि… पुरा पढौ

नागरिकलाई बचाउन पोखरा पर्यटन परिषदको अपिल

कोरोना महामारीको दोस्रो भेरियन्टका कारण जनजीवन निकै प्रभावित बनिरहेको जनाउँदै सरकारबाट यथाशिघ्र खोप व्यवस्थ गरेर नागरिक को जिऊ ज्यान बचाउन पोखरा पर्यटन परिषद्ले सरकारलाई ध्यानाकर्षण गराएको छ । परिषद् एक विज्ञप्ति जारी गर्दै अहिलेको अवस्थामा सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर कदम चाल्न आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ “दिनप्रतिदिन बढ्दो सङ्क्रमीतको संख्या र सङक्रमणका कारण मृत्यु हुनेको ग्राफ उकालो लागिरहेको छ । यस अघि दुई चरणसम्म कोभिडबिरुद्धको राष्ट्रिय खोप कार्यक्रमले सर्वसाधरणमा आत्मबल बढाएको थियो तर अहिले खोप आयात… पुरा पढौ

कांग्रेस अन्य दलसँग छलफल गरी अघि बढ्ने

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान बसेको पार्टी पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिबाट संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि गरिएको कदम सम्बन्धमा अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो । राष्ट्रपतिको पछिल्लो कदम संविधानको मूलमर्म विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए… पुरा पढौ

प्रधानमन्त्रीको दावी पेश गर्न आज साँझ ५ बजेसम्मको म्याद

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी हुन्। राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै आज जेठ ७ गते (शुक्रबार) साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ। उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका… पुरा पढौ

प्रतिनिधिसभाको नियमित अधिवेशन बोलाउने मन्त्रिपरिषद् निर्णय

काठमाण्डौं । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको नियमित अधिवेशन बोलाउन आह्वान गर्ने निर्णय गरेको छ । बैठकले जेठ ९ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा सात मन्त्रीहरु भने अनुपस्थित भएका थिए । सर्वोच्च अदालतले नियुक्ति बदर गरेका गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानपानी मन्त्री मणी थापा, शहरी विकासमन्त्री प्रभु साह, युवा थगा खेलकुद मन्त्री दावा… पुरा पढौ

राष्ट्रपतिद्वारा शपथ र कोभिड अध्यादेश जारी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । पुरा पढौ

माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठद्वारा गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

गोरखा । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । गोरखा अस्पतालमा पुगेर प्रवक्ता श्रेष्ठले आज एक हजार थान एन्टिजेन किटसहितका स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध गराएका हुन् । एन्टिजेन किटको अभावमा अस्पतालमा कोरोनाका शकांस्पद नागरिकहरूको तत्काल परीक्षण गर्न अभाव भएको जानकारी पाएपछि प्रवक्ता श्रेष्ठ किट बोकेर अस्पताल पुगेका हुन्। प्रवक्ता श्रेष्ठले स्वास्थ्य सामग्री अस्पतालका डा. अजयराज गौतमलाई हस्तान्तरण गरेका हुन् । अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, ४० लिटरका १० थान अक्सिजन सिलिण्डरलगायत सामग्रीसहित एन्टिजेन किट प्राप्त… पुरा पढौ

बादललाई १०७४ मतभारले हराउँदै देवकोटा बिजयी

राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा डा.खिमलाल देवकोटा बिजयी भएका छन् । निवर्तमान गृहमन्त्री एवम एमालेका आधिकारिक उमेदवार रामबहादुर थापा (बादल)लाई पराजित गर्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित देवकोटा नेकपा एमालेका माधवकुमार नेपाल पक्षीय हुन् । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको पनि समर्थन रहेको थियो । निर्वाचित देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । पराजित थापाले ४ हजार १४ मतभार प्राप्त गरे । पुरा पढौ