राजनीति

राष्ट्रपति र प्रधानमन्त्री पदको चरम दुरुपयोग गर्दै संविधान मास्न उद्दत – कास्की काँग्रेस

नेपाली काँग्रेस कास्कीले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, आलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम चालेकोप्रति निन्दा गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको बद्नियतपूर्ण ढंगले मिलेमतोमा षडयन्त्र भैरहेको भन्दै आपत्ति जनाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले पदको चरम दुरुपयोग गर्दै संविधान मास्न उद्त भएको उल्लेख छ । जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तीका रुपमा आफू अनुकुल प्रयोग गरेको भन्दै आपत्ति जनाइएको छ । दावी गर्न नमिल्ने माननीय केपी शर्मा ओलीलाई… पुरा पढौ

माओवादी केन्द्र कास्कीले कोभिड बिरुद्ध स्वयम् सेवा अभियान सञ्चालन गर्ने

नेकपा माओवादी केन्द्रले कास्कीमा नोभल कोरोना भाइरस (कोभिड–१९)बिरुद्ध स्वयम् सेवा अभियान सञ्चालन गर्ने भएको छ । नेकपा माओवादी केन्द्र कास्कीले कोभिड–१९ को लहरका कारण कोभिड संक्रमण बिस्तार भइरहेको र यसका कारण कयौंको ज्यान गइरहेको भन्दै नागरिकको जीवन बचाउनका लागि वडा स्तरसम्मै कोभिड–१९ बिरुद्ध स्वयम्सेवा अभियान सञ्चालन गर्ने जनाएको हो । नेकपा माओवादी केन्द्र कास्कीका सचिव बखानसिंह गुरुङले आज एक विज्ञप्ती जारी गर्दै नेकपा माओवादी केन्द्रका वडा एकाईहरुलाई वडा वडामा स्वयम् सेवा एकार्य गठन गरि स्वयम् सेवा अभियान सञ्चालन गर्न आह्वान… पुरा पढौ

संसद विघटन जनता र मुलुक प्रतिको गद्धारी हो : नागरिक समाज पोखरा

पोखरेली नागरिक अगुवाहरुले संसद पुर्नस्थापना गरि वैकल्पिक सरकारको खोजी गर्न माग गरेका छन् । पोखरेली नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ती निकाल्दै संसद विघटन जनमत र नेपालको संविधान विपरित भएकाले त्यसलाई खारेज गरी संसद पुर्नस्थाना गरि वैकल्पिक सरकारको खोजी गर्न माग गरेका हुन् । यसरी माग गर्नेहरुमा नागरिक समाज पोखराकी अध्यक्ष ईन्द्रकमल मानन्धर, बरिष्ठ अधिवक्ता तीलक पराजुली, नागरिक समाजका पूर्व अध्यक्ष रामबहादुर पौडेल, समाजका निवर्तमान अध्यक्ष विष्णुहरी अधिकारी र सशी तुलाचन रहेका छन् । नागरिक अगुवाहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी… पुरा पढौ

दीपक मनाङेद्वारा मन्त्री पदको सपथ ग्रहण

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले मन्त्री पदको सपथ लिएका छन् । पहिलो पटक मन्त्री बनेकै ११ दिनमा पदमुक्त भएका मनाङेले आज गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । यसअघि यसअघि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि पदमुक्त भएका मनाङेले यसअघिकै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी… पुरा पढौ

राष्ट्रपति कार्यालयबाहिर नेविसंघको प्रर्दशनमा

काठमाण्डौं । नेपाल विद्यार्थी संघ नेविसंघले गरेको विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संसद विघटनका विरुद्ध राष्ट्रपति निवास शीतलनिवास बाहिर गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रतिगामी कदम खारेज, संसद् विघटनको निर्णय फिर्ता, राष्ट्रपति एक दलबाट परिचालित हुन नहुने लगायतका नारा र प्ले कार्ड बोकेर शीतल निवासको गेट नजिकै प्रदर्शन गरेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पुरा पढौ

प्रतिनिधिसभा विघटन प्रतिगमन भएको कास्की नागरिक अगुवाहरुको ठहर

कास्कीका नागरिक अगुवाहरुले दोस्रो पटकको प्रतिनिधिसभा विघटन प्रतिगामी कदम भएको ठहर गरेका छन्। नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदम नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको उपलब्धीलाई समाप्त पार्ने नियत र कार्य रहेको प्रष्ट देखिएकोमा आपत्ति जनाएका छन्। वरिष्ठ अधिवक्ता तथा नागरिक अगुवा तिलक पराजुली, रामबहादुर पौडेल, इन्द्रकमल मानन्धर, शशि तुलाचन र विष्णुहरि अधिकारीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘जेठ ९ गते प्रतिनिधिसभा बैठक आब्हन भइसकेको अवस्थामा जेठ… पुरा पढौ

प्रतिनिधिसभा विघटनप्रति गण्डकी प्रदेश विपक्षी दलद्वारा भर्त्सना

असंवैधानिक ढंगबाट राष्ट्रपतीले प्रतिनिधिसभा विघटन गरेको भन्दै गण्डकी प्रदेशका ४ राजनीतिक पार्टीले भर्त्सना गरेको छन्। एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको भर्त्सना गरेको जनाएका छन्। विज्ञप्तिमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, जसपा संसदीय दलका नेता हरिशरण आचार्य र जनमोर्चा नेपालकीसचेतक पियारी थापाको हस्ताक्षर छ। कोरोना महामारीको समयमा एकताबद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट… पुरा पढौ

पार्टी सदस्यबाटै निलम्बनमा परे जनमोर्चाका कृष्ण थापा

राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापा पार्टीको साधारण सदस्यबाटै निलम्बनमा परेका छन्। काठमाण्डौंमा शनिबार बसेको केन्द्रीय कार्य समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेका थापालाई पार्टीको साधारण सदस्यबाटै निलम्बन गरेको जनाएको छ। उनलाई १ बर्षका लागि निलम्बन गरिएको महासचिव मनोज भट्टले जानकारी दिएका छन्। ‘अहिले साधारण सदस्यबाट समेत निलम्बन गरेपनि सांसद पद भने कायमै छ,’ महासचिव भट्टले जानकारी दिएका छन्, आगामी दिनमा पनि पार्टी निर्णय नमानेमा थप कारवाही हुनेछ।’ पार्टीको निर्देशन नमानेर गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता… पुरा पढौ

प्रतिगमनविरुद्ध पोखरामा नेपाली काँग्रेसको विरोध प्रदर्शन

गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटन र मध्यावधि चुनावको घोषणा गर्ने कदमलाई प्रतिगमन भन्दै कांग्रेसले विरोध प्रदर्शन गरेको हो। नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा ६ को वडा कमिटीको आयोजनामा पोखराको हल्लनचोकमा विरोध प्रदर्शन भएको हो। उक्त अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य लक्ष्मण पहारी (लक्की) ले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर प्रतिनिधिसभा विघटन र चुनाव घोषणाको असंवैधानिक र निरंकुश कदम चालेको आरोप लगाए। उनले सार्वभौम नेपाली जनताप्रति… पुरा पढौ

नेविसंघको मशाल जुलुशमा प्रहरी हस्तक्षेप

संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम बिरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पोखरामा निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको छ । संसद विघटन गर्ने कदम प्रतिगमन भाग २ भन्दै नेविसंघले न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय अगाडि क्षेत्रमा निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको हो । जुलुश निस्केको केहि बेरमै प्रहरीले हस्तक्षेप गरेको नेविसंघका नेता सरोज केसीले एभरेस्ट आवाजलाई जानकारी दिए । उनले भने,‘हामीले मशाल जुलुश निकालेलगत्तै प्रहरीले हस्तक्षेप ग¥यो, केहिलाई लाठीचार्जपनि गरेको छ ।’ यसैबीच, घटनाप्रति नेविसंघले खेद व्यक्त गरेको छ… पुरा पढौ