राजनीति

मुख्यमन्त्री गुरुङद्वारा मन्त्रिमण्डल विस्तार, दीपक मनाङ्गे बने युवा तथा खेलकुद मन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन् । बिहीबार मुख्यमन्त्री गुरुङले राजीव गुरुङ (दीपक मनाङ्गे)लाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गरेका हुन् । मनाङबाट स्वतन्त्र चुनाव जितेता मनाङेको शपथ आजनै हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिए । मनाङ्गे थपिएसंगै गण्डकी प्रदेशसभामा मन्त्रिहरुको संख्या ८ पुगेको छ । मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर राजिव गुरुङलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गरेका हुन् । पुरा पढौ

संसदीय काम स्वभाविक प्रकारले सञ्चालन गर्न जनमोर्चाको आग्रह

राष्ट्रिय जनमोर्चाले संसद्को कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्स्तावमा मतदानका बेला आफ्ना पार्टीका सांसद खिमविक्रम शाहीको भएको अनुपस्थिति रहस्यमय भएको जनाउँदै सो पार्टीले त्यसप्रति आश्चर्य र दुःख व्यक्त गरेको छ । सो पार्टीका प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा शाहीको पीसीआर रिपोर्ट नेगेटिभ आएकामा त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा भए पनि पार्टीलाई त्यसबारे… पुरा पढौ

बेपत्ता सांसद शाहीको कोरोना रिपोर्ट दुई थरी कसरी ?

अविस्वास प्रस्ताव निर्णयार्थ पेस हुने बेला एक्कासी गायब भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही चरक अस्पतालको आईसियूमा भेटिएका छन् । शाही अनुपस्थित भएपछि उनकै पार्टी जनमोर्चाले खोजी गरिदिन माग गर्दै संसद सचिवालय निवेदन दिएको थियो । निवेदनमा सांसद शाही नभेटिएसम्म संसद बैठक स्थगित गर्न माग गरिएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरे । संसद बैठक चलिरहँदा शाही गायब भएपछि अनेकथरी आशंका भए । कसैले उनलाई सत्तापक्षले अपहरण गरेको आशंका गरे भने कसैले प्रलोभनमा परेर… पुरा पढौ

सांसद नै गायब भएपछि अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक गायब भएपछि पूर्व निर्धारित कार्यतालिका अनुसार बुधबार अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन । विहानसम्म सम्पर्कमा रहेका सांसद शाही बैठक शुरु हुनुभन्दा केहिबेर पहिलेदेखि सम्पर्कविहीन् भएपछि उनको खोजीका लागि संसद बैठक नै स्थगित गरिएको हो । कार्यसूची अनुसार बुधबार दिउँसो १ बजे बस्ने बैठकमा अविश्वास प्रस्तावमाथि छलफल गर्ने र त्यसमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिने कार्यसूची तय थियो । कार्यसूची अनुसार बैठक चलिरहँदा जनमोर्चाका सांसद शाही र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ… पुरा पढौ

मुख्यमन्त्री गुरुङको सरकार जोगिने संकेत, सांसद मनाङे र जनमोर्चाका सांसद शाही गायब

पोखरा । गण्डकी प्रदेशसभाको जारी वैठकमा दुई सांसद अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा सांसद दिपक मनाङे र जनमोर्चाका सांसद खिमविक्रम शाही रहेका छन् । मतदानका बेलासम्म उनीहरु उपस्थित नभए पृथ्वीसुब्बा गुरुङको सरकार जोगिने संकेत देखिएको छ । मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुँदैछ । मतदानका लागि केही समयमात्रै बाँकी रहँदा मनाङे र शाहीले फोन पनि स्वीचअफ गरेर बेपत्ता भएपछि कांग्रेस र माओवादीका सांसदहरु सशंकित बनेका छन् । कांग्रेस र माओवादीलगायतका दलहरुले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्तावका दर्ता गराएका थिए… पुरा पढौ

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा छलफल जारी, आजै मतदान हुने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आज मतदान हुने भएको छ । सोमबारबाट सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनको आज जारी बैठकमा सांसदहरुले अविश्वास प्रस्तावको पक्ष र विपक्षमा आ–आफ्ना धारणा राखिरहेका छन् । सांसदहरुले धारणा राखिसकेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिने कार्यसूची रहेको छ । मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि मतदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ । गण्डकी प्रदेशमा जम्मा ६० जना सांसद रहेका छन् । जसमध्ये एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र… पुरा पढौ

आज काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) बस्दै छ। बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो। यसअघि वैशाख १३ गते बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरुको कोरोनाको पीसीआर परीक्षणका कारण स्थगित भएको थियो। पीसीआर परीक्षण गर्दा केही सदस्यलाई कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो। आज बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। काँग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका निर्धारण गरेको छ। पुरा पढौ

सत्तापक्षले नै संसद अबरुद्ध गरेपछि सांसद कोइरालाले भने : ‘कठैबरा हाम्रो लोकतन्त्र’

कार्य व्यवस्था परामर्श समितिले गरेको निर्णय विपरित संसद अबरुद्ध गरेकोप्रति सांसद दीपक कोइरालाले आपत्ति जनाएका छन् । नेकपा माओवादीका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य कोइरालाले मन्त्री र दलका प्रतिनिधिको सहभागितामा कार्यव्यवस्था परामर्श समिति बैठकमा सर्वसम्मत कार्यसूची बनेपनि एमालेले कोभिडको बहानामा संसद अबरुद्ध गरेको भन्दै आपत्ति जनाएका हुन् । सत्तापक्षले त्योपनि कार्यव्यवस्था परामर्श समिति बैठकले सर्वसम्मत बनाएको कार्यसूची अनुसार बैठक चल्न नदिनू अचम्म भएको उनको टिप्पणी छ । उनले भनेका छन्,‘संसद सञ्चालन गर्न सजिलो होस् भनेर सभामुखको अध्यक्षतामा एउटा कार्य व्यवस्था… पुरा पढौ

सत्तापक्षकै अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठकका शुरुमा नै नेकपा(एमाले)का सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा सभासद्को पिसिआर परीक्षण नभई बैठक सञ्चालन गर्न नहुने माग गर्नुभएको थियो । अवरोधपछि २० मिनेटका लागि स्थगित प्रदेशसभाको बैैठक अझै सञ्चालन हुन सकेको छैन । बैठक सञ्चालन सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको छलफल चलिरहेको छ । कास्कीमा बुधबारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आइतबार मात्रै अविश्वासको प्रस्ताब… पुरा पढौ

मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव टेबुल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव टेबुल भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा अविश्वास प्रस्ताव टेबुल गरेका हुन् । गत वैशाख २ गते मुख्यमन्त्री गुरूङविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका २८ प्रदेश सभा सदस्यहरुले हस्ताक्षर गरेका छन् । आफुविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले गत वैशाख १ गते राति १२ बजेदेखि संसद अधिवेशन… पुरा पढौ