राजनीति

गण्डकीमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई २ अर्ब ८ करोड बजेट

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई २ अर्ब ८ करोड ६७ लाख ५० हजार रुपैयाँको विनियोजन गरेको छ । प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङ कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि सो बजेट विनियोजन गरेको बताएका हुन् । उनले कृषि क्षेत्रको व्यवसायीकरणसँगै उत्पादन र उत्पादकत्व बृद्धि केन्द्रीत बजेट विनियोजन गरेको बताए । पुरा पढौ

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटी अध्यक्षमा भण्डारी, जनार्दन समूह प्यानल नै पराजित

पोखरा, असार १ नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीमा जनार्दन समूहलाई पराजित गर्दै प्रचण्ड पक्ष प्यानल नै बिजयी भएको छ । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको तेस्रो अधिवेशन अन्तर्गत आईतबार भएको निर्वाचनमा संस्थापन पक्ष प्यानल नै बिजयी भएको हो । केन्द्रमा संस्थापन पक्ष र जनार्दन पक्ष भएपनि कास्कीमा भने संस्थापन पक्षका राजकाजी गुरुङ र रामजीप्रसाद बरालको संयुक्त समूह र जनार्दन पक्षका दीपक कोईराला समूह बीच जुंगाको लडाईंको रुपमा रहेको थियो । जसमा गुरुङ र बरालको संयुक्त समूहले बाजी मार्दै… पुरा पढौ

नेकपा माओवादी केन्द्र पोखरा अध्यक्षमा भण्डारी

पोखरा, असार १ नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटी अध्यक्षमा हरिप्रसाद भण्डारी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अधिवेशन अन्तर्गत आईतबार भएको निर्वाचनमा जनकराज पराजुलीलाई १६ मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । महानगर कमिटीमा रहेका ८६ सदस्य नै मतदाता रहेकोमा निर्वाचित अध्यक्ष भण्डारी ५१ मत प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिष्पर्धी जनकराज पराजुलीले ३५ मत प्राप्त गरे । पुरा पढौ

गण्डकीमा पत्रकारिता सुदृढीकरणका लागि सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा ।गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पत्रकारिताको मर्यादा, स्वतन्त्र प्रेसको सम्मान र मिडिया क्षेत्रको सुदृढीकरणलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको बताएका छन् ।नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको मल्टिमिडिया रिपोर्टिङ तालिमका सहभागी पत्रकारहरूलाई शुभकामना व्यक्त गर्दै मन्त्रीले समय सान्दर्भिक र अत्यन्तै आवश्यक यो तालिम आयोजना गरेकोमा महासंघप्रति धन्यवाद व्यक्त गरे“गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयलाई थप सुदृढ गर्दै अब प्रेस दर्ता, नवीकरण तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण प्रक्रिया अनलाइन प्रणालीमार्फत सहज र पारदर्शी… पुरा पढौ

ब्यारेक ब्रेकर राजु क्षेत्री र किरण थापासहित १४ जना माओवादीमा फर्किए

पोखरा, जेठ २७ कास्कीका जनयुद्दकालीन माओवादी नेताहरु माओवादीमा फर्किएका छन् । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अधिवेशनको उद्घाटन शत्रमा जनयुद्दकालीन माओवादी नेताहरु किरण थापा, राजु क्षेत्रीसहित १४ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जनयुद्दकालीन माओवादी नेताहरु पार्टी विभाजनपछि बाबुराम भट्टराईको साथ लागेका थिए । तर वर्तमान परिप्रेक्षमा प्रतिक्रान्तिको खतरा बढ्न थालेकाले माओवादी आन्दोलनलाई साथ दिन आफूहरु माओवादी पार्टीमा फर्किएको उनीहरुले बताएका छन् । थापा नयाशक्तिका सचिवालय सदस्य थिए भने क्षेत्री कास्की जिल्ला अध्यक्ष थिए । क्षेत्री जनयुद्द… पुरा पढौ

बाटुलेचौरमा श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन

पोखरा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारको औचित्य झनै बढ्दै गएको बताएका छन् । प्रदेश सरकारको औचित्य माथि प्रश्न उठिरहेको बेला मन्त्री थापाले विकास निर्माण र जनताका प्रतक्ष सरोकारका विषयलाई सम्बोधन गर्न पनि प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको दाबी गर्दै यसको औचित्य झनै बढेको दाबी गरे । प्रदेश खारेजीको माग गर्नेलाई आफुहरुले कामबाटै जवाफ दिएको र सो माग औचित्यहिन रहेको तर्क उनको थियो । पोखराको बाटुलेचौर स्थित बडहरवोटमा निर्माण भएको श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा… पुरा पढौ

एमालेले लेखा समिति नछाडेपछि माओवादीले सामाजिक विकास तथा कृषि समितिमै चित्त बुझायो, दमयन्ती बनिन् सभापती

पोखरा, जेठ २३ नेकपा माओवादी केन्द्रकी दमयन्ती रुचाल गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिको सभापति बनेकी छन् । यसअघिका सभापती फणिन्द्र देवकोटा मन्त्री नियुक्त भएपछि नेतृत्वविहीन् बनेको सभापतीमा विहीबार उम्मेदवारी दर्ता र शुक्रबार निर्वाचन कार्यतालिका थियो । तर समयसीमा भित्र माओवादीकी रुचालको मात्रै उम्मेदवारी परेपछि उनी सभापतीमा निर्विरोध निर्वाचित भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ । माओवादीले प्रमुख प्रतिपक्षी दलको हैसियतमा लेखा समिति सभापती मागेपनि सत्तारुढ दल एमाले लेखा समिति सभापती छाड्न सहमत नभएपछि अलमलको स्थिति बनेको… पुरा पढौ

पोखरामा जेठ २७ गतेदेखि ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता हुने

पोखरा, जेठ २१ पोखरामा जेठ अन्तिम सातादेखि ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल स्पोर्टस एकेडेमीको आयोजनामा यहि जेठ २७ गतेदेखि ३१ गतेसम्म ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा ६ टिम सहभागि हुने आयोजक नेपाल स्पोर्टस एकेडेमीका अध्यक्ष दीपक कोईरालाले जानकारी दिए । प्रतियोगितामा नेपाल आर्मीको त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, गण्डकी प्रदेश टिम, न्यू डायमण्ड… पुरा पढौ

गण्डकीमा राईड सेयरिङ सम्बन्धमा गण्डकी सरकारको अडान : नियमावली खारेज हुँदैन, तर संसोधन हुनसक्छ

पोखरा, जेठ १८ गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली खारेज नहुने स्पष्ट पारेको छ । गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीसँग वार्ता गर्न बनाएको वार्ता समिति संयोजक तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव ई.कमलकुमार अधिकारीले आईतबार पत्रकार सम्मेलन गरेर राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली खारेज नहुने स्पष्ट पारेका हुन् । सरकारले राईड सेयरिङ सम्बन्धि नियमावली राजपत्रमा प्रकाशित गरी कार्यान्वलयनमा ल्याएपछि सो निमायवली खारेजीको माग गर्दै नेपाल यातायात व्यवसायी… पुरा पढौ

फेवाताल सिमाङ्कनका लागि भौतिक पोल गाड्न शुरु, नाराबाजीसहित स्थानियको विरोध

पोखरा, जेठ १७ पोखराको फेवातालको सिमाङ्कनका लागि शनिबारदेखि भौतिक (फिजिकल) पोल गाड्न शुरु भएको छ । सर्वोच्च अदालतले फेवातालको मापदण्ड कायम गर्न भनेर परमादेश दिएको झण्डै दुई वर्षपछि फेवाताल सिमाङ्कनका लागि भौतिक पोल गाड्न शुरु भएको हो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले गठन गरेको प्राविधिक उप–समितिले यसअघि ताल घर र ६५ मिटर भित्रको मापदण्ड यकीन गरेको थियो । सोहि सिमाङ्कनको आधारमा ताल घरमा १ हजार ५५ वटा डिजिटल पोलहरु गाडिएको थियो । सोहि डिजिटल पोलहरु गाडिएको स्थानमा उत्तिनै… पुरा पढौ