राजनीति

सत्ताच्यूत पछि पहिलो पटक प्रकट भए ओली

काठमाडौं, असोज ७ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार प्रकट भएका छन् । जेनजी आन्दोलनका कारण सत्ताच्यूत भएपछि ओली पहिलो पटक आज प्रकट भएका हुन् । सत्ताच्यूत भएसँगै उनलाई सुरक्षाका लागि नेपाली सेनाले ब्यारेकमा लगेर राखेको थियो । आन्दोलन शान्त भएको दश दिनपछि भक्तपुरको गुन्डुस्थित निवासमा डेरा सरेका उनी आज नेता कार्यकर्तासहित सार्वजनिक भएको भिडियो नेकपा एमालेका स्थायी कमिटी सदस्य महेश बस्नेतले सामाजिक सञ्जाल फेसवुकमा अपलोड गरेका छन् । ओलीलाई भेट्न आज उनको नयाँ निवासमा नेता कार्यकर्ता भेटघाटका लागि… पुरा पढौ

नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् । सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय… पुरा पढौ

जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन गण्डकी सरकारमो आग्रह

सन्देश श्रेष्ठपोखरा, असोज ४ गण्डकी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको छानविन गर्न संघ सरकारसँग आग्रह गरेको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्री परिषद बैठकले आन्दोलनका क्रममा सार्वजनिक तथा नीजि भवन, राजनीतिक दलहरुको कार्यालयमा भएको तोडफोड र आगजनीको निन्दा गर्दै त्यसको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले जानकारी दिए । उनले भने,‘जेनजी आन्दोलनका नाममा जे जति तोडफोड र आगजनी भए, त्यसको छानविन गरिनुपर्छ… पुरा पढौ

कार्यक्रम, सेमिनार, भ्रमण र तालिमको खर्च पुर्ननिर्माणमा लगाउने गण्डकी सरकारको निर्णय

सन्देश श्रेष्ठपोखरा, असोज ४ गण्डकी प्रदेश सरकारले आफू र आफू मातहतका कार्यालयहरुले गर्ने तालुख कार्यक्रम, सेमिनार, भ्रमण र तालिम खर्च पुर्ननिर्माणमा लगाउने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार बसेको बैठकले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये तालुक कार्यक्रम, सेमिनार, भ्रमण र तालिम स्थगित गरेर सो बापतको खर्च पुर्ननिर्माण र मर्मतसम्भारमा लगाउने निर्णय गरेको हो । कार्यक्रम गर्नै पर्ने भए होटल तथा रिसोर्टमा नभई मन्त्रालयकै हलमा गर्न निर्देशन दिइएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका… पुरा पढौ

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौं, भदौ ३ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटको वरिपरि रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गरेका छन् । संविधान दिवसको अवसरमा आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई रणनीतिक रूपमा असफल बनाउने प्रयास भइरहेको संकेत गर्दै गम्भीर चुनौतीहरूसँग जुध्न अहिलेको आवश्यकता राष्ट्रिय एकता रहेको बताएका छन्। बैठकमा अध्यक्ष प्रचण्डले संघिय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणमा जनयुद्धको भूमिकालाई उल्लेख गर्दै… पुरा पढौ

जेनजीका अजेण्डा हामी सबैको साझा लक्ष्य हो : मुख्यमन्त्री पाण्डे

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजीका अजेण्डा सम्पूर्ण नेपालीको लक्ष्य भएको बताएका छन् । संविधान दिवस–२०८२ को अवसरमा गण्डकी प्रदेश सरकारले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जेनजी पुस्ताको भदौ २३ र २४ गते भएको आन्दोलनले उनीहरुको आकांक्षा र परिवर्तनको चाहनालाई प्रष्ट पारेको र उनीहरुले उठाएको भ्रष्टाचारविरोधी अजेण्डा सम्पूर्ण नेपालीको साझा लक्ष्य र सामुहिक जिम्मेवारी भएको बताएका हुन् । उनले भने,‘जेनजी पुस्ताले उठाएका विषयहरू सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति यी हाम्रो साझा लक्ष्य हुन्… पुरा पढौ

बरपिपल रिसोर्टका संचालक गुरुङको प्रतिबद्दता : “हाम्रो यात्रा जारी छ, खरानी र धुलो टक्टकाउदै, सतिसाल झैं ठडिदै …. ।”

पोखरा । गत भाद्र २३ र २४ गते आयोजित जेन–जी (जेनेरेशन जेड) आन्दोलनको क्रममा आपराधिक मनोवृत्ति बोकेको समूहले बरपिपल रिसोर्टसहित सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेको घटनाप्रति रिसोर्ट परिवारले गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ। रिसोर्टका अध्यक्ष तथा प्रबन्ध निर्देशक जितु गुरुङले बुधबार आफ्नो फेसबुकमा “प्रतिबद्दता शिर्षकमा लामो भाबुक तर उत्प्रेरणामूलक स्टाटस राख्दै भने, “हामी लडेका थियौं, हिम्मत गरेर फेरि उठेका छौं। उनीहरुले रिसोर्टका भौतिक संरचना ढालेका हुन् हाम्रा सपना र उत्साह हैनन् । त्यसैले हाम्रो यात्रा जारी… पुरा पढौ

जेनजी आन्दोलन : गण्डकी प्रदेश मातहतका दुई दर्जन कार्यालय जले

सन्देश श्रेष्ठपोखरा, असोज १ जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश सरकार मातहतका दुई दर्जन भवनमा क्षेती पुगेको छ । भ्रष्टाचारबिरुद्द भएको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश सरकार मातहत रहेका दुई दर्जन बढी कार्यालयका भवनहरुमा तोडफोड तथा आगजनीबाट क्षेती पुगेको गण्डकी प्रदेश सरकारले प्रारम्भिक तथ्याङ्क निकालेको हो । त्यसमध्ये ११ वटा भवनमा आगजनीहुँदा पूर्ण रुपमा क्षेती पुगेको छ भने बाँकी ११ वटामा तोडफोड र सामान्य आगजनी भएकाले आंशिक क्षेती पुगेको प्रारम्भिक निश्कर्ष निकालेको प्रदेश सरकारले जारी गरेको सूचनामा उल्लेख छ । गण्डकी… पुरा पढौ

क्षेतीको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले भने : आन्दोलनलाई भड्काएर ध्वंश गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ

सन्देश श्रेष्ठपोखरा, भदौ ३१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारी कार्यालयमा पुगेको क्षेतीको निरीक्षण गरेका छन् । मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सरकारी कार्यालयहरुमा भएको तोडफोड तथा आगजनीको मंगलबार निरीक्षण गरेका हुन् । जेनजी आन्दोलनका बेला मुख्यमन्त्री पाण्डे युएईमा थिए । कास्की समाज यूएईको कार्यक्रममा सहभागी हुन युएई गएका उनी सोमबार मात्र पोखरा फर्किएका हुन् । जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश तनावग्रस्त भइरहँदा मुख्यमन्त्री पाण्डे भने विदेश सयरमा मस्त भएपछि उनको आलोचना भएको थियो । स्वदेश… पुरा पढौ

पोखराको पृथ्वीचोकमा शालिक राजनीति : कहिले लखन थापाको त कहिले पृथ्वीनारायणको शालिक

सन्देश श्रेष्ठपोखरा, भदौ ३१ पोखराको पृथ्वीचोक शालिक राजनीतिको थलो बनेको छ । यस चोकमा हरेक राजनीतिक उथलपुथलमा शालिक फाल्ने र राख्नेको होड चल्ने गर्छ । सदाझैं यस वर्ष पनि यसले निरन्तरता पायो । पोखरा महानगरपालिकाले पोखरा–१८ ज्ञारजातीमा सहिद तथा विभूती पार्क बनाएर सहिद तथा विभूतीहरुको शालिक राख्दै आए पनि पृथ्वीचोकमा हुने शालिक राजनीति भने निरन्तर कायम छ । विगतदेखि नै शालिक राजनीतिको केन्द्र बनेको पृथ्वीचोकमा रहेको लखन थापाको शालिक यस वर्ष पनि जेनजी आन्दोलनको मौका पारेर ढलाइएको थियो । भ्रष्टाचारबिरुद्द… पुरा पढौ