राजनीति

जेनजी आन्दोलनमा चोरी, लुटपाट वा हराएका जिन्सी सामान फिर्ता गर्न गण्डकी प्रदेश सरकारको आग्रह

सन्देश श्रेष्ठपोखरा, भदौ ३० गण्डकी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा चोरी, लुटपाट वा हराएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको छ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार एक विज्ञप्ती निकालेर जेनजी आन्दोलनका क्रममा यहि भदौ २४ गते भएको तोडफोड तथा आगजनीका क्रममा हराएका, चोरी वा लुटपाट भएका सामानहरु फिर्ता गर्न आग्रह गरेको हो । गण्डकी सरकारका उप–सचिव प्रविण ढकालले जारी गरेको सूचनामा आन्दोलनका क्रममा गण्डकी सरकार अन्तर्गतका विभिन्न मन्त्रालय, आयोग, निकाय, कार्यालय र निवासमा भएको तोडफोड तथा आगजनी… पुरा पढौ

तोडफोड र आगजनीमा संलग्न कास्कीका दुई वडा सभापतीमाथि रास्वपाले गर्यो कारवाही

सन्देश श्रेष्ठपोखरा, भदौ ३० जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न कास्कीका दुई वडा सभापतीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारवाही गरेको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको पुष्टि भएपछि रास्वपा गण्डकी प्रदेशले कास्कीको पोखरा र मादीका एक/एक वडा सभापतीलाई निलम्वन गरेको हो । रास्वपा पोखरा महानगर–१० का सभापती चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेल जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न भएका थिए । रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले गरेको छानविनमा यी दुई… पुरा पढौ

पोखरा महानगरले असोज १ गतेदेखि सेवा थाल्ने

सन्देश श्रेष्ठ पोखरा, भदौ २९ पोखरा महानगरपालिकाले असोज १ गतेदेखि पुनः सेवा थाल्ने भएको छ । पोखरा महानगरपालिकाको हालै बसेको भर्चुअल कार्यपालिका बैठकले जेनजी आन्दोलनका कारण कार्यालयमा पुगेको क्षेतीका कारण स्थगित सेवा असोज १ गतेदेखि दिने निर्णय गरेको हो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते पोखरा महानगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी भएको थियो । जसका कारण महानगरको कार्यालयमा पूर्ण रुपमा क्षेती पुगेको छ । महानगरको ५२ औं कार्यपालिका बैठकले क्षेती नपुगेका कार्यालयहरुबाट सेवा दिने निर्णय गरेको पोखरा महानगरपालिकाका प्रवक्ता… पुरा पढौ

नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा

पोखरा, भदौ २९ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की नेतृ सुमना श्रेष्ठले पार्टी छाडेकी छन् । पूर्व शिक्षा मन्त्रीसमेत रहेकी रास्वपा नेतृ श्रेष्ठले रास्वपा छाडेको घोषणा गरेकी हुन् । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला शिक्षामन्त्री बनेकी थिईन् । सुपनाले पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुःख दिईने गरेको गम्भीर आरोप लगाएकी छन् । पार्टीका नेतालाई देशभन्दा माथि पार्टी र पार्टी भन्दा माथि नेतालाई राखेको आरोप लगाउँदै उनले भनेकी छन्,‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि… पुरा पढौ

जेन-जि आन्दोलन पबित्र थियो, तर घुसपैठीले जलाईदिए : महानगर प्रमुख आचार्य

पोखरा, भदौ २८ । हालै सम्पन्न जेन-जि आन्दोलनका क्रममा पोखरा महानगर प्रमुख धनराज आचार्यको निजी निवासमा भएको आगजनी र तोडफोड आन्दोलनमा घुसपैठ गरेका असामाजिक समूहहरूले स्वार्थसिद्धिका लागि गरेको आचार्यले बताएका छन्। सामाजिक सञ्उजाल फेसबुकमा एक स्नटाटस लेख्दै महानगर प्रमुख आचार्यले सो निवास करिब २० वर्षअघि निर्माण गरिएको बताए । “म महानगर प्रमुख बनेदेखि कुनै आर्थिक लाभ लिएको छैन। मेरो मासिक सुविधा समेत विद्यार्थी शिक्षादान र सामाजिक क्षेत्रमा खर्च गर्दै आएको कुरा जगजाहेर छ,” आचार्यले भने। उनले आन्दोलनमा दिवंगत भएका युवाप्रति… पुरा पढौ

सुरक्षा दिएर व्यवसायीक वातावरण निर्माण गर्न पोखरेली व्यावसायिक संघ/संस्थाको अनुरोध

पोखरा, २७ भदौ । पोखरा उद्योग वाणिज्य संघ तथा सोसँग आवद्ध बस्तुगत संघ/संस्थाहरुले वर्तमानमा देखिएको गतिरोध अत्यको पहलको लागि सरोकारवाला संस्थाहरुको ध्यानाकर्षण गराएका छन् । ती व्यावसायिक संघ/संस्थाहरुले देशले थप अराजकता र हिंसा थेग्न नसक्ने तथ्यको मनन गर्दै देशलाई कानूनी शासनको बाटोमा डोहो¥याउन माग पनि गरेका छन् ।ती संघ/संस्थाको तर्फबाट शुक्रबार जारी संयुक्त अपिलमा संवैधानिक संस्थाहरुबाट गतिरोध अन्त्यको लागि भएको पहलको प्रशंसा गर्दै सहमतिको मार्गमा प्रवेश गर्न ढिला नगर्न र स्थायी शान्तिका निम्ति सवै पक्षबाट सामूहिक प्रतिवद्धताका निम्ति अनुरोध पनि… पुरा पढौ

पोखरामा साँझ ७ बजेबाट कर्फ्यू

पोखरामा साँझ ७ बजेदेखि कर्फ्यू लागेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आज अपराह्न एक सूचना जारी गर्दै साँझ ७ बजेदेखि कर्फ्यू लागु हुने जनाएको थियो । साँझ ७ बजेबाट शुरु भएको कर्फ्यू भोलि विहान ५ बजेसम्म जारी रहने कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको सूचनामा उल्लेख छ । कर्फ्यू पोखराका ३३ वटै वडामा लागु हुने सूचनामा जनाइएको छ । पोखरामा दिउँसो भने निशेधाज्ञा लगाइएको थियो । यद्वपी खाद्यान्न पसलहरु भने सञ्चालन गर्न अनुमति दिइएको थियो । जेनजी… पुरा पढौ

जेनजीलाई व्यारेक ब्रेकर राजुको आग्रह : संविधान भित्रै बसेर सरकार बनाऔं

सन्देश श्रेष्ठपोखरा, भदौ २७ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जनयुद्दका ब्यारेक ब्रेकर राजु क्षेत्रीले संविधान भित्रबाटै सरकार बनाउन जेनजीलाई आग्रह गरेका छन् । सामाजक सञ्जालमा आज एक भिडियो सन्देश अपलोड गर्दै उनले भनेका छन्,‘यो संविधानमा टेकेर, संविधान भित्रैबाट नया सरकार बनाऔं र त्यो सरकार तपाईंहरुको नेतृत्वमा बनोस् ।’ उनले अहिले बन्ने अन्तरिम सरकारले चुनाव गराउनुपर्ने बताए । त्यो चुनावमा जेनजी पुस्ताको दुईतिहाई आओस् भन्दै उनले भनेका छन्,‘र त्यसले संविधान आफू अनुकुल बनाओस् । अनि त्यसमार्फत हाम्रो देश, समाज र… पुरा पढौ

संविधान रक्षाका लागि एकजुट हुन कास्की कांग्रेको अपिल

पोखरा, भदौ २७ नेपाली काँग्रेस कास्कीले संविधानको रक्षार्थ एकजुट हुन कार्यकर्ता तथा शुभचिन्तकहरुलाई अपिल गरेको छ । भ्रष्टाचारबिरुद्द जेनजीले थालेको आन्दोलनले सफलता पाएर सरकार निर्माणमा जुटेको छ । नेपाली सेनाको अगुवाईमा जेनजीसँग भईरहेको वार्तामा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमती नजिक पुगेको छ । तर राजनीतिक दलहरुले भने संविधान बाहिर गएर सरकार गठन नगर्न चेतावनी दिदै आएका छन् । यहि सेरोफेरोमा छलफल चलिरहेका बेला बसेको कास्की कांग्रेस बैठकले संविधान रक्षाका लागि एकजुट हुन अपिल गर्ने निर्णय गरेको कास्की कांग्रेसका प्रवक्ता नवीन… पुरा पढौ

लोकतन्त्र, संविधान र विधिको शासन नजलोस् : पहारी

सन्देश श्रेष्ठपोखरा, भदौ २६ नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य राजिव पहारीले लोकतन्त्र, संविधान र विधिको शासन जलाउन नहुने बताएका छन् । उनले पीडाको बिच मेरो अपिल छ भन्दै उनले लेखका छन्,‘लोकतन्त्र, संविधान र विधिको शासन नजलोस् । उनले आफ्नो घर जलाएकोमा आक्रोस पनि व्यक्त गरेका छन् । जेनजी आन्दोलनका क्रममा उनको पोखरा–६ बैदाम, लेकसाईडस्थित पैत्रिक घर जलेको थियो । यसप्रति आक्रोस व्यक्त गर्दे उनले भनेका छन्,‘मेरो घर जलाएर कसैको उपलब्धी हासिल भयो भन्ने भ्रममा नपरुन्… पुरा पढौ