समाज

रुपाकोट ज्योती सुनचाँदी पसलद्वारा प्रधानमन्त्री राहत कोषमा रु. ३ लाख ३ हजार सहयोग

पोखरा, १४ भदौ २०८३। पोखरास्थित रुपाकोट ज्योती सुनचाँदी पसलले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा रु. ३ लाख ३ हजार सहयोग गरेको छ। रुपाकोट ज्योती सुनचाँदी पसलका प्रोप्राइटर दशरथ सुनारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको जानकारी दिनुभयो। हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न जिल्लामा भएका विपद्बाट ठूलो जनधनको क्षति भएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनाका… पुरा पढौ

भोटेकोशी बाढीबाट मृत्यु भई पोखरा ल्याइएका ८७ वटा शवको पोष्टमार्टम

सन्देश श्रेष्ठपोखरा, भदौ १४ रसुवा बाढीका कारण मृत्यु भई पोखरा ल्याइएका शवमध्य ८७ वटा शवको पोष्टमार्टम गरिएको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु भएका रसुवासहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका १०२ वटा शवमध्य ८७ वटा शवको पोष्टमार्टम सकिएको कास्की प्रशासनले जनाएको छ । बाँकी १५ वटा शवको पोष्टमार्टम सोमबार गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । पोष्टमार्टम गरिएका ८७ वटा शवमध्य १५ वटा शव आफन्तलाई बुझाइसकिएको प्रशासनले जनाएको छ । आफन्तले शव… पुरा पढौ

प्रेस क्लब गण्डकीको अध्यक्षमा दोहोरिए एकराज, सचिवमा प्रकाश

पोखरा । प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज गिरी सर्वसम्मत चयन भएका छन् । क्लबको शनिबार पोखरामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले आगामी तीन वर्षको लागि गिरीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा प्रकाशचन्द्र अधिकारी, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ ९रोजी० र सहसचिवमा बालकुमारी पौडेल ९तारा०लाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा संजय थापा र बसन्त गिरी चयन भ्एका छन् ।यसअघि साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधबप्रसाद बरालले गरेका थिए । उद्घाटन… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि नेलम्बो नेपालले दियो ५ लाख ५५ हजार

सन्देश श्रेष्ठपोखरा, भदौ १४ नेलम्बो नेपालले भोटेकोशी बाढी पीडितको उद्धार तथा राहतको साढे ५ लाखभन्दा बढी सहयोग गरेको छ । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपुरलगायतका जिल्लाका नागरिकको उद्धार तथा राहतका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो । दुःखमा नेलम्बो नेपाल साथमा रहेको सन्देश दिदै उनीहरुको पीडामा मल्हमपट्ट लगाउन आर्थिक सहयोग गरिएको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले बताए । सामाजिक सेवामा अहोरात्र खटिदै… पुरा पढौ

रेवान पोखराको निःशुल्क स्वास्थ्य शिविर पोखरा-२३ ठूलाखेतमा, ७ सय ५० जना लाभान्वित

भदौ १४,पोखरा रेवान पोखराले हरेक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर यसपटक पोखरा–२३ ठूलाखेतस्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा सम्पन्न भएको छ । नेपाली सेना पश्चिम पृतना हेडक्वाटर पोखरा तथा सैनिक अस्पताल पोखराको प्राविधिक सहयोगमा आइतबार सम्पन्न उक्त स्वास्थ्य शिविरमा ७ सय ५० जनाले स्वास्थ्य लाभ गरेका छन् । शिविरमा प्रसुती तथा स्त्री रोगि, फिजिसियन, अर्थोपेडिक, छाला रोग, नाक, कान, घाँटी, प्रयोगशाला, ई.सि.जी., भिडियो एक्स–रे लगायतका सेवाहरु प्रदान गरिएको थियो । शिविर सफल पार्न पोखरा महानगरपालिका… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठानको साधारणसभा सम्पन्न

रानीपौवामा अवस्थित शैक्षिक क्षेत्रमा कार्य गर्दै आइरहेको सामाजिक संस्था तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २४ औं बार्षिक साधारणसभा यही भदौ १४ गते, आइतबार पोखरामा सम्पन्न भएको छ । संस्थाका संस्थापक सदस्य एवम् सल्लाहकार, विभिन्न संङ्घ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका अग्रज व्यक्तित्व डमर तमुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तमुले संस्थालाई यहाँसम्म ल्याइपुर्याएका पूर्व अध्यक्षहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थालाई आवस्यक परेको जुनसुकै बेला सहयोग गर्न आफू सधैं तम्तयार रहेको कुरा व्यक्त गरे । कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष हुम… पुरा पढौ

दीपशिखाको निबन्ध प्रतियोगितामा त्रिभुवन शान्तिका टङ्कप्रसाद प्रथम

हरेक वर्ष भदौ १५ मा मनाइने पुस्तकालय दिवसको अवसर पारेर पोखरा २९ मा अवस्थित दीपशिखा सामुदायिक पुस्तकालयले आइतवार निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । पुस्तकालयको महत्व शीर्षकमा मा.वि (९—१२) स्तरीय प्रतियोगितामा लेखनाथ क्षेत्रका १२ विभिन्न विद्यालयका २३ जना विद्यार्थीले प्रतिस्पर्धी गरेका थिए । प्रतियोगितामा त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालयका टङ्कप्रसाद शर्माले प्रथम, लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलकी अर्माली पौडेलले द्धितीय र नेपाल आदर्श आवासीय मा वि पोखरा २९की एञ्जल यादवले तृतीय स्थान हाँसिल गरे । यसै गरी शिसुवाचोकमा रहेको… पुरा पढौ

तीज मनाउन दिदी बहिनी समुहले छुट्याएको रकम, बाढी प्रभावितलाई सहयोग

बुद्ध विशालबजारमा व्यवसाय गर्ने महिला व्यवसायीहरुको दिदीबहिनी समूहले तीज पर्वका लागि छुट्याएको रकम रसुवा, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई सहयोग गरेका छन् । दिदीबहिनी समूहले देश नै शोकमा परेको अवस्थालाई मध्यनजर गरी यो वर्ष तीज कार्यक्रमको आयोजना नगर्ने र सो कार्यक्रमको लागि छुट्याएको र५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् । रसुवा, भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवालगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा उद्धार, राहत र पुनःस्थापनाको आवश्यकता बढिरहेको अवस्थामा पर्व मनाउने… पुरा पढौ

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ । बाढीले लगातार तीन घण्टा हानेपछि बिहान पुल ढलाएर बगाएको स्थानीय विनोद नहर्कीले जानकारी दिए। पुल लगेपछि गण्डकी गाउँपालिका ७ र ८ का बासिन्दा त्रिशूली तरेर राजमार्गतर्फ जान समस्या भएको छ । “घ्याल्चोकका करिब ४०० घरधुरी किसानले तरकारी र दूध बोकेर चरौँदीको कृषि सहकारीमा लैजाने मुख्य बाटो हो”, उनले भने, “अब यहाँका किसानले तरकारी र दूध बेच्न नपाउने भए ।” यसअघि गत भदौ १०… पुरा पढौ

युकेका पुर्व काउन्सिलर ज्ञानप्रसाद गुरुङलाई तमु धिं नेपालको स्वागत

कास्की जिल्ला अन्नपूर्ण गाउंपालिका घान्द्रुक गाउँ भइ युके स्विन्डन निवासी पुर्व काउन्सिलर ज्ञानप्रसाद गुरुङलाई पोखरामा तमु धिं नेपालले स्वागत एवम भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।युकेबाट छोटो समयका लागि नेपाल आउनु भएका समाजसेवी एवम सामाजिक अभियन्ता गुरुङलाई एक कार्यक्रम आयोजना गरि तमु धिं नेपाल केन्द्रिय समिती, तमु धिं नेपाल कास्की जिल्ला समिती, तमु धिं नेपाल केन्द्रिय आमा समिती, केन्द्रिय युवा समिति, तमु बिध्यार्थी समिती कास्की र कोने घोताने तमु समाज कास्कीले स्वागत एवम भेटघाट कार्यक्रम गरेको हो।गुरुङलाई तमु धिं नेपालका केन्द्रिय… पुरा पढौ