समाज

बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना प्रहरी नियन्त्रणमा, ९२ लाख पनि बरामद

रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैङ्कको सेफ फोड्ने २९ जना पक्राउ परेका छन् । बाढीसँगै बगेर त्रिशूलीमा आएको सेफ फुटाउने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । निजहरूको साथबाट रु ९२ लाख ६८ हजार ५०५ समेत बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलैन्द्र थापाले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए । स्थानीयले उक्त सेफ तोडफोड गरी त्यसभित्र रहेको नगद आफूखुसी निकाली चोरी गरेको भन्ने प्रहरीले सूचना पाएको थियो । पुरा पढौ

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो । लेदोसहित सडकमा थुप्रिएका फोहर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ । उनले बाढीका कारण… पुरा पढौ

पोखरामा भलले बगाउँदा आमा-छोरीको मृत्यु

पोखरा — पोखरामा सडक नालीबाट आएको पानीको भलले बगाउँदा आमा–छोरीको मृत्यु भएको छ।मृत्यु हुनेमा पोखरा महानगरपालिका–३० ढुङ्गेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहाल रहेका छन्।जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) कास्कीका अनुसार २०८३ साल भदौ १२ गते दिउँसो करिब ४ बजे सुष्मा ग १३ प २८५९ नम्बरको स्कुटरमा बिरौटाबाट पृथ्वीचोकतर्फ आउँदै थिइन्।पोखरा महानगरपालिका–१७ हर्कमेयर चोकमा स्कुटर साइड लगाएर झरी हिँड्ने क्रममा सडक नालीबाट आएको पानीको भलले सुष्मा र उनकी छोरीलाई बगाएको थियो।घटनाको सूचना प्राप्त भएपछि… पुरा पढौ

बाढी पीडितको १०२ वटा शव पोखरामा, क्षमताभन्दा बढी आएपछि व्यवस्थापन गर्नै हम्मेहम्मे

सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको छ । क्षमताभन्दा बढी शव पोखरा पठाइएपछि शव व्यवस्थापन गर्न हम्मेहम्मे परेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृह ७२ जनासम्मको हो । तर भोटेकोशी बाढीका कारण मृत्यु भएका १०२ वटा शव पोखरा ल्याइएको छ । भदौ १० गते ९ वटा र भदौ ११ गते ९१ वटा गरेर कुल १०२ वटा शव पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद… पुरा पढौ

भोटेकोशी बाढी पीडितका लागि गण्डकी सरकारले ४ करोड सहयोग गर्ने

सन्देश श्रेष्ठपोखरा, भदौ १२ गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितको उद्धार, उपचार र राहतका लागि ४ करोड सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार एक अपील जारी गर्दै भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित विभिन्न जिल्लाका प्रभावित नागरिकको उद्धार, उपचार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सो रकम प्रदान गर्ने निर्णय भएको जनाएका हुन् । मुख्यमन्त्री पाण्डेको अपीलमा बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट धार्मिक तथा अन्य यात्रामा गएका नागरिकहरू अझै पनि… पुरा पढौ

पोखरामा व्यवसायीलाई धम्क्याउने २ जना पक्राउ

पोखराका पर्यटन व्यवसायीलाई धम्काएर रकम माग गर्ने २ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । विगत १ महिनादेखी पृथ्वीचोक, लेकसाईड लगायतका क्षेत्रमा व्यवसाय संचालन गर्दै आएका पर्यटन व्यवसायीलाई ह्वाट्स एप नम्बर मार्फत त्रसित गराई रकम माग गर्ने धनकुटा घर भई पोखराको लेकसाईडमा बस्दै आएका प्रेम थापा र सुनसरीको ईटहरी घर भई हाल लेकसाईड मै बस्ने पकंज खड्का शुक्रबार दिउँसो पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खट्टिएको संयुक्त प्रहरी… पुरा पढौ

भोटेकोशी बाढीमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज दिउँसो सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १२१ रहेका छन् । गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरण्ले जनाएको छ । प्राधिरकणको प्रवक्ता शान्ति महतले बाढीपछि ९७७ जना सम्पर्कविहीन रहेको… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि नेपाल जेसीजको १० लाख सहयोग

भोटेकोशी बाढीपीडितको सहयोगार्थ नेपाल जेसीजले १० लाख रुपैयाँ सहयोग गरेको छ । गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि जेसीजले “एक सदस्य, एक सय अभियान–२०२६” नै संचालन गरी संकलन गरेको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद् प्रभावित नागरिकको साथमा सर्दव उभिने प्रतिबद्धता व्यक्त गर्दै सो संस्थाले मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गरेको पनि स्पष्ट पारेको छ । कोषमा रकम जम्मा गरेपछि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले विपद्को यस कठिन… पुरा पढौ

भोटेकोशीमा पानीको सतह फेरि बढ्यो, सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा जलसतह पुनःबढेको छ । लेदोसहित पानीको सतह बढेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै भोटेकोशीमा फेरि बाढी आउनसक्ने जनाउँदै भोटेकोशी एवं त्रिशूलीमा उद्धार एवं राहतमा परिचालन भएकालाई सतर्कता अपनाउन आग्रह गरेको हो । प्राधिकरणका प्रवक्ता शान्ति महतले जोखिम क्षेत्रमा रहेका सबैलाई सर्तकता अपनाउन र तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेकी छन् ।त्रिशूली नदीतटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा जी एण्ड के एजुकेशन कन्सलटेन्टको १ लाख ११ हजार रुपैंया सहयोग

देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पोखराको चिप्लेढुंगामा रहेको जी एण्ड के एजुकेशन कन्सलटेन्टले आर्थिक सहयोग गरेको छ। कम्पनीले हालैको विनाशकारी भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित रसुवा र तल्लो तटीय क्षेत्रका समुदायका लागि रु. १ लाख ११ हजार १११ सहयोग गरेको संचालक राजन पन्थीले जानकारी गराएका छन् । उनका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपद्का कारण समस्यामा परेका परिवार तथा समुदायलाई सहयोग पु¥याउने उद्देश्यले तत्काल राहतस्वरूप उक्त… पुरा पढौ