समाज

के खोलामा नाला मिसाउनु पाप होइन ?

प्रिय स्वस्तिका,हार्दिक स्नेह एवम् आशिर्वाद ! मानव सभ्यताको यो अनन्त यात्रामा केही मान्यताहरु स्थापित भएका छन् । केहि पुराना मान्यताहरु बिस्थापित भएकापनि छन् । मान्यताहरु आवश्यकताले स्थापित हुन्छन् । अनि अनावश्यक्ताले बिस्थापित हुन्छन । तर मानव सभ्यताले थोत्रो पुरानो र अवैज्ञानिक भनेका मान्यताहरु समयको लामो अन्तराल पछि पुर्नस्थापित पनि भएका छन् । त्यसैले पुरानो जति सबै खत्तम अनि नयाँ जति सबै असल भन्ने हुँदैन । न नयाँ जति सबै खराब र पुरानो जति सबै असल भन्ने हुन्छ । मान्यता विज्ञान… पुरा पढौ

नेपालको ऐतिहाँसिक गुजरावाद

यो आलेख नेपालीहरूको सामाजिक मानसिकता माथिको सतही अवलोकन हो । र मलाई के लाग्छ भने आम मान्छेलाई सतही कुरा मन पर्छ । सतही कुरा सुस्पष्ट हुन्छ । सतही ज्ञान, सतही संघर्ष, सतही सम्पन्नता, सतही सम्बन्ध जिन्दगीको तलाउमा उत्रने कला हो, गहिराई त जिन्दगीलाई डुबाउने उपाय सिवाय केही होइन । म कहिलेकाहिँ यसो विचार गर्छु ः नेपालको राष्ट्रिय मनोविज्ञानको स्टिमुली तन्तु के होला ? म मनोविज्ञानकै विद्यार्थी त होइन तैपनि किन हो मलाई आफू सम्मिलित यो देशको मनोविज्ञान नै कुनै न… पुरा पढौ

एउटा चिठी लेख्न मन लाग्छ …..

स्वीडेनको सार्वजनिक वसमा यात्रा गरिरहेको एक अमेरिकीले सँगै सिटमा बसेको एक बृद्धसँग अमेरिकी लोकतन्त्रको वखान गरेछ, ‘अमेरिकामा भिखारीले समेत राष्ट्रपतिलाई भेट्न चाह्यो भने हप्ता, दश दिनमा भेट्ने अवसर पाउँछ।’ त्यो प्यार प्यार बोलिरहने मानिससँग दिक्क भएर सँगै बसेको बुढोले स्वादसँग जवाफ दिदैँ भनेछ, ‘हामी कहाँ त भिखारी र राजा सार्वजनिक बसमा कुम जोडेर सँगै यात्रा गर्दछन्।’ आखिर यस्तो कुरा बताउने मानिस नै स्वीडेनको राजा रहेछ । यो कुरा सुनेर त्यो वुढो स्वभाविक रुपमा अचम्मित बन्यो। भारतमा नेतालाई चिठी लेख्ने चलन… पुरा पढौ

पर्यटनमा महिला : कोभिड-१९ र चुनौति

पोखरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको शहर हो। अधिकांश सर्वसाधारण, कलाकार, नेता व्यापारी, कर्मचारी, विद्यार्थी, कवि, लेखक सबैको प्रमुख रोजाईको शहर पोखरा यतिबेला भने कोरोना कहरले सुस्ताएको छ। कोभिड–१९ को प्रभावले विश्वलाई पारेको प्रभावसँगै पोखराको पर्यटनले पनि गति लिन सकेको छैन। ‘पर्ख र हेर’को स्थितिमा रहेको पर्यटन क्षेत्रमा व्यवसायिक पाइलासँगै अघि बढ्दै गरेका पर्यटन व्यवसायी महिलालाई पनि उस्तै असर पारेको देखिन्छ। प्राकृतिक सुन्दरताले अवर्णित शहर पोखरामा दुई वर्षअघि मात्रै निकै उत्साहका साथ ऋणको भारीलाई पनि हलुँगो गरेर बोक्दै साढे पाँच… पुरा पढौ

कास्की प्रशासनले भन्यो : घरमै बसेर दशैं मनाउनु, मठ मन्दिर नधाउनु

जिल्ला प्रशासन कार्यालय कास्कीले आफू जहाँ बसेको छ त्यहिं बसेर दशैं मनाउन कास्केली जनतालाई अपिल गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले एक सूचना जारी गरी विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को जोखिम कायम रहेको र बडादशैंको समयमा भीडभाड र चहलपहल बढ्दा संक्रमणको जोखिम थप बढ्ने भन्दै घरमै बसेर दशैं मनाउन अपिल गरेका हुन् । प्रशासनले जारी गरेको सूचनामा दशैंको अवसरमा शक्ति पीठहरु नखोल्न, नखोलाउन आग्रह गरिएको छ । कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले… पुरा पढौ

बसेकै ठाउँमा दशैं मनाउन आग्रह

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले जो जहाँ बसेको छ त्यहिं बसेर दशैँ मनाउन आह्वान गरेको छ । घटस्थापनाको अवसरमा शनिबार विज्ञप्ती जारी गर्दै केन्द्रले नोभल कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायम रहेकाले त्यसबाट बच्ने उपायसहित जो जहाँ छ त्यहिं बसेर दशैं मनाउन आग्रह गरेको हो । साथै केन्द्रले पारिवारिक रुपमा घरमै बसेर टिका लगाउँदासमेत भौतिक दूरी कायम गरेर लगाउन आग्रह गरेको छ । केन्द्रले रुघाखोकी लागेकाहरुले टाढैबाट आशिर्वाद लिन आग्रह गर्दै परिवारका सदस्य तथा आफन्तसँग भेटघाट नगर्नसमेत आग्रह गरेको छ… पुरा पढौ

‘मदिराले महिला हिंसा र वलात्कार बढ्यो, अब मदिरा नियन्त्रण गर्ने कानून चाहिन्छ’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मदिरा नियन्त्रण गर्ने चाहना ब्यक्त गरेका छन् । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनको अन्तिम दिन संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले मदिराकै कारण महिला हिंसा, वलात्कार र हत्याजस्ता जघन्य अपराध बढेको भन्दै त्यस्ता आपराधिक कृयाकलाप रोक्नका लागिपनि मदिरा नियन्त्रण गर्नुपर्ने बताएका हुन् । देशमा गणतन्त्र आयो, संघीयता आयो, लोकतन्त्र, त्यसमापनि समावेशी लोकतन्त्र आयो,‘उनले भने,‘तर महिला हिंसा डरलाग्दो रुपमा बढ्दो छ, घर, परिवार र आफन्तबाटै त्यस्ता घट्नाहरु भइरहेका छन्, यसको मूख्य कारण मदिरा सेवन नै हो… पुरा पढौ

‘देशभरका कारागारहरुमा कोरोनाको जोखिम उच्च’

राष्ट्रिय मानव अधिकार आयोगले देशभरका कारागारहरुको अवस्था बुझ्न शुरु गरेको छ । सदस्य सुदीप पाठक तथा अर्का सदस्य यज्ञ अधिकारीको नेतत्वमा राष्ट्रिय मानव अधिकार आयोगको टोली विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) कारण कैदी बन्दीहरुको अवस्था बुझ्न देशभरका कारागारहरुको अनुगमनका लागि देश दौडाहामा छुट्टाछुट्टै निस्किएको हो । पूर्व ईलामबाट कारागारको अनुगमन गर्न शुरु गरेको राष्ट्रिय मानव अधिकार आयोगको पाठक नेतृत्वको टोली झापा, सुनसरी, सिराहा, जुम्ला, सुर्खेतहुँदै कास्की आइपुगेको हो । कोरोनाको प्रभाव कैदी बन्दीमा कस्तो छ भनेर बुझ्न… पुरा पढौ

पोखराका सबै वडामा पिच बाटो पुग्दै

देशकै ठूलो पोखरा महानगरपालिकाकाको एक मात्र पिच बाटो नपुगेको भर्जिन वडा पोखरा–२३ मा पिच बाटो बनाउन शुरु भएको छ । फेवातालको श्रोत क्षेत्रको रुपमा रहेको पोखरा–२३ को वामदीबाट मार्कीसम्मको कच्ची सडक पिच बाटो बनाउन शुरु भएको हो । योसँगै पोखराका ३३ वटै वडामा पिच बाटो बन्ने भएको छ । गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीको पहलमा गण्डकी प्रदेश सरकारको बजेट परेपछि पिच बाटो निर्माणको शिलान्यास गरिएको छ । कोरोनालाई कहरका कारण विकास निर्माण अबरुद्ध भएको भनिरहँदा पोखरा २३ मा भने… पुरा पढौ

रुपाले आफ्नै एम्वुलेन्स सञ्चालनमा ल्याउने

कास्कीको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । नेपालस्थित भारतीय दुतावासले रुपा गाउँपालिकालाई उपहार स्वरुप एम्वुलेन्स दिएपछि गाउँपालिकाले सो एम्वुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय दुतावासले रुपा गाउँपालिकालाई एम्वुलेन्स उपहार दिएको थियो । कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद खगराज अधिकारीको पहलमा भारतीय दुतावासबाट प्राप्त सो एम्वुलेन्सको चावी अधिकारी स्वयम्ले गाउँपालिका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरे । हस्तान्तरित एम्वुलेन्स १ हप्ताभित्र सञ्चालनमा आउने अध्यक्ष ओझाले बताए ।… पुरा पढौ