समाज

‘कुनमिङ सहरले पठाएको स्वास्थ्य सामाग्री पोखरा आईपुग्यो’

पोखरा महानगरपालिकालाई चीनको भगिनी सहर कुनमिङले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कुनमिङ सहरबाट आएको स्वास्थ्य सामाग्री आइतबार पोखरा महानगरलाई हस्तान्तरण गरिएको छ ।पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतलाई संयूक्त रुपमा नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले हस्तान्तरण गर्नुभयो । कुनमिनले २० हजार सर्जिकल मास्र्क, दुई हजार पीस केएन९५ मास्र्क, ७ सय ५० पीस पिपिई ग्राउण्ड र चार सय थर्ममिटर सहयोग गरेको पालिखेले बताउनुभयो । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कोरोना भाइरससंगको… पुरा पढौ

पर्यटन ब्यबसायीलाई पलायन हुन नदिन राहत कार्यक्रम ल्याउँछौं ः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन व्यवसायीलाई पलायन हुनबाट रोक्न विशेष कार्यक्रम ल्याउने आश्वासन दिएका छन् । रेवान पोखराको अधिवेसनको उद्घाटन शत्रमा बोल्दै उनले विश्वब्यापी नोभल कोरोना भाइरस (कोभिड–१९)का कारण थला परेको पर्यटन ब्यबसायलाई उकास्न विशेष कार्यक्रम ल्याउनका लागि आफूले पहल गरिरहेको बताएका हुन् । उनले कोरोनाले पर्यटन क्षेत्रमा ठूलो असर पारेको बताए । कोरोनाले अर्थतन्त्रमा क्षेति पु¥याएपनि अब त्योसँग सधै डराएर बस्न नहुने बताउँदै भने,‘कोरोनासंग डराएर लकडाउन गरेर अब बस्नु हुँदैन ।कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले… पुरा पढौ

बराल बने रेवान पोखराको अध्यक्ष

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराको अध्यक्षमा लक्ष्मण बराल चयन भएका छन् । रेबानको पोखरामा भएको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनले बराललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा नरेशबहादुर भट्टराई, द्वितीय उपाध्यक्षमा विश्वराज पौडेल, महासचिवमा विकास भट्टराई, सचिवमा भिष्म पौडेल, कोषाध्यक्षमा लोक गुरुङ र सह–कोषाध्यक्षमा रोशनजङ्ग कार्कीलाई चयन गरेको छ । सदस्यमा दोर्जे लामा, योगेश भट्टराई, वैभव पौडेल, वीरेन शेरचन, वसन्त गौतम र राजेन्द्र ढकाल निर्वाचित भएका छन् । भीमसेन भुजेलले अध्यक्षतामा भएको… पुरा पढौ

पोखराको पहिचान थप्दै पोखरा अन्र्तराष्ट्रिय विमानस्थल

नेपाललाई चिनाउन सगरमाथाको देश र बुद्धको जन्मभूमि भनेझैं पोखरालाई चिनाउन फेवाताल र माछापुच्छ«ेको नाम लिने गर्दछौं । तर अबको केहि समयदेखि पोखराको पहिचानमा पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलपनि थपिने भएको छ । नेपालकै गौरवको आयोजना मध्येको एक पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल पोखराको पहिचान बन्ने पक्का छ । यो पोखराको गौरवको रुपमासमेत रहनेछ । यसअघी त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलबाट मात्रै वैदेशिक फ्लाईट हुन्थ्यो, तर अबको केहि महिना भित्रै पोखराबाटै अन्र्तराष्ट्रिय फ्लाईट हुने भएको छ । त्यतिमात्र होईन विदेशबाट पर्यटक वा आफन्त आउनु परेपनि… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान पौने १० बजे अद्यावधिक गरेको विवरण अनुसार प्रदेशमा हालसम्म ५ हजार ६ सय ८५ कोरोना संक्रमितको संख्या उल्लेख छ। स्वास्थ्य निर्देशनालयले जनाए अनुसार प्रदेशको नवलपरासी सुस्ता पूर्व जिल्लामा एकैपटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तिमध्ये गैँडाकोट नगरपालिकामा ३ र देवचुली पालिकाको २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। गैडाकोट नगरपालिकाका ४० वर्षीय २७ वर्षीय र ४२ वर्षीय पुरुषहरुमा कोेरोना संक्रमण पुष्टि… पुरा पढौ

कास्की काँग्रेसद्वारा दशैं, दिपावली, छठ, नेपाल सम्वत, ल्होछार र इदको शुभकामना

नेपाली काँग्रेस कास्कीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत्, ल्होछार र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ ।कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त गरेका हुन् ।कोरोनाका कारण यसपटक विगतमा जस्तो चाडपर्व मनाउन सहज अवस्था नरहेपनि आवश्यक सावधानी र सतर्कता अपनाउदै चाडपर्व मनाउन आग्रह गरिएको छ ।विज्ञप्तिमा नेपाली जनताको आर्थिक अवस्था दयनीय भइरहेको अवस्थामा जनप्रतिनिधिलाई भत्ता सुविधा दिनु निन्दनीय भएको भन्दै आलोचना गरिएको छ।कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न असफल सरकारले… पुरा पढौ

किसानले उत्पादन गरेको बस्तुको बजार सुनिश्चित सरकारले गर्नुपर्छ : सभापति कोइराला

गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति सांसद दीपक कोइरालाले किसानले उत्पादन गरेको कृषि उत्पादनको बजार सुनिश्चितता सरकारले गर्नुपर्ने बताएका छन्। पोखरा–३१, मोहोरीयास्थित आमा मिलन बचत तथा ऋण सहकारी संस्थाको चक्रदेवी सेवा केन्द्रको शुभारम्भ गर्दै सभापति कोइरालाले प्रदेश सरकारले ‘एक सहकारी, एक उत्पादन’ अनिवार्य गरेकोले बजारको सुनिश्चत गर्नुपर्ने प्रष्ट पारे। उनले आमा मिलन बचत तथा ऋण सहकारी संस्था र चक्रदेवी दुग्ध उत्पादक सहकारी मर्ज गरेर राम्रो कामको सुरुआत गरेको बताए। सरकारले कृषि उपजको न्युनतम मुल्य तोक्नुपर्ने र बजार ब्यवस्थापनमा सहयोग… पुरा पढौ

पोखरेली संस्कृतिकर्मी तथा भैरव नाचका अग्रज कलाकार बड्गामीको निधन

पोखराका अग्रज संस्कृतीकर्मी एवं पोखराको बाह्र भैरव नाचका अग्रज तथा बयोबृद्ध कलाकार पूर्णकुमार बड्गामीको निधन भएको छ । उनको आज कार्तिक १ गते शनिबार पूर्वाह्न ९ बजे ८५ वर्षको उमेरमा निधन भएको उनका भाञ्जा सुनिल उलकले जानकारी दिए । केवल ११ वर्षको उमेरमा बि. सं. २००३ सालको भैरवनाचमा पहिलो पटक कवंचाको रुपमा सहभागी भएका कलाकार बड्गामी भैरव नाचमा नाट्यकारको रुपमा प्रवेश गरेका थिए । नाट्यकारको रुपमा प्रवेश गरेको १२ वर्षपछि २०१५ सालमा भएको बाह्र भैरव नाचमा माहेश्वरी (गंगाजू)को रुपमा नाचमा… पुरा पढौ

पोखराबाट एभरेस्ट मिडिया प्रालिको औपचारिक शुभारम्भ

संचारको दुनियामा पोखराबाट एक नयाँ मिडिया संचालनमा आएको छ। एभरेस्ट मिडिया प्रा.लि.ले शनिबारदेखि एभरेस्ट आवाज नामको न्युज पोर्टल संचालनमा ल्याएको हो। अनुभवी संचारकर्मी, युवा तथा महिला उद्यमीहरुको लगानी र सहकार्यमा मिडिया प्रा.लि. संचालनमा आएको हो। प्रा.लि.की अध्यक्ष कर्माकुमारी गुरुङले एक कार्यक्रमबीच न्युज पोर्टलको शुभारम्भ गरेकी हुन्।गुरुङले कार्यक्रममा बोल्दै पोखराबाट थप मिडिया संचालनमा ल्याउन पाएकोमा खुशी व्यक्त गरिन्। उनले मिडियामार्फत समाजलाई धेरै कुरा दिन सकिने बताइन्। मिडिया हाउसबाट कमाईको आशा कम गर्न उनको आग्रह थियो। मिडियामा आर्थिक उपार्जन भन्दापनि सामाजिक उत्तरदायित्व… पुरा पढौ

‘देशको वित्तीय अवस्था, झन्झन् खराब हुने आशंका’

बिश्वव्यापी महामारी (कोभिड–१९) को संक्रमणको समय लम्बिदै जाँदा विश्वको अर्थतन्त्र नकारात्मक गतितर्फ फैलिरहेको अवस्थामा नेपालको अर्थतन्त्र कस्तो अवस्थामा रहला ? चिन्ताको विषय रहेको छ । निर्वाहमूखी र आयातमा आधारित अर्थतन्त्र भएका कारण नेपालको अर्थतन्त्रमा भनिएजस्तो र अन्य मूलुकको जस्तो नकरात्मक असर नपर्ने आंकलन गर्न सकिन्छ । तथापी अल्पकालमा यस्तो परिदृश्य देखिएतापनि पूँजीगत खर्चमा आएको कमी र स्थिर भनिएको सरकारमा पनि देखिएको अस्थिर कार्य ब्यबस्थाले गर्दा दीर्घकालमा (कोभिड–१९)को प्रभाव परिकल्पना गरिए भन्दा खराब अबस्था आउन सक्ने देखिन्छ । आर्थिक वर्ष २०७७÷७८… पुरा पढौ