समाज

पोखरा उद्योग वाणिज्य संघको ३६ औं अधिवेशनको चुनावी रौनक बढ्दैं, नेतृत्वमा ४ जना आकांक्षी,शोभा गौतम नेतृत्वको प्यानल सार्वजनिक

पोखरा उद्योग वाणिज्य संघको यही भाद्र २० र २१ गते सम्पन्न हुने ७२ औं साधारण सभा तथा ३६ औं महाधिवेशनका लागि अध्यक्षका आकांक्षी शोभा गौतमको प्यानल घोषणा भएको छ । आज शुक्रबार बिहान पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि गौतमको प्यानल घोषणा गरिएको हो । गौतम हाल संघको महासचिबको जिम्मेवारीमा छिन। ‘समावेशी टिम, जुझारु नेतृत्व—सबल संघ, समृद्ध पोखरा’ नारा सहित गौतमले आंफ्नो प्यानल घोषणा गरेकी हुन।गौतमको प्यानलको वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा… पुरा पढौ

तमु धिं नेपालमा मेनकाजी गुरुङको ६३ औं जन्म जयन्ती

तमु धिं नेपालका तत्कालिन सहसचिव, हिमाली साँस्कृतिक परिवारका संस्थापक उपाध्यक्ष, तत्कालिन अध्यक्ष एवम वरिष्ठ नृत्य निर्देकश, सँस्कृतिकर्मी मेनकाजी गुरुङको ६३ औं जन्मजयन्ती तमु धिं नेपालमा मनाइएको छ। कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले स्वर्गीय गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै हिमाली साँस्कृतिक परिवारको स्थापनादेखि हालको अवस्थासम्म उनको योगदान साथै साँस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरे । स्वर्गीय गुरुङको योगदानले उनी भौतिक रुपमा हामी बिच नरहे पनि सबैको आत्मामा अमर रहेको बताए । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ स्वर्गीय गुरुङले सामाजिक… पुरा पढौ

चामे–बेँसीसहर सडक अवरुद्ध

हिमाली जिल्ला मनाङको लाइफलाइनको रुपमा रहेको चामे–बेंसीसहर सडक अवरुद्ध भएको छ । नासोँ गाउँपालिका–३ खोत्रो पाखामा सडक भासिएर उक्त सडक अवरुद्ध भएको हो । सडक भासिदा पूर्ण रुपमा चामे–बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए । “वर्षायाममा पहाडी क्षेत्र जोखिम हुनुका साथै भासिने र बाढीपहिराले अवरुद्ध हुने गरेको छ”, उनले भने, “भासिएको सडक खुलाउन उक्त क्षेत्रमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी पुगिसकेका छन् ।” मनाङको एक मात्र लाइफलाइन रहेको उक्त सडकमा यात्रा गर्नेहरुले कहिले लमजुङको पहिरो त कहिले… पुरा पढौ

तमु प्ये ल्हु संघ जिल्ला महिला समितिको चौथो अधिवेशन सम्पन्न,अध्यक्षमा खकी माया तमु निर्वाचित

तमु प्ये ल्हु संघ जिल्ला महिला कार्यसमिति कास्कीको दशौँ स्थापना दिवस, वार्षिक साधारणसभा तथा चौथो अधिवेशन एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ। अधिवेशनले खकी माया तमुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।नवनिर्वाचित समितिको उपाध्यक्षमा उमा तमु, सचिवमा पुष्प तमु, सहसचिवमा रत्न तमु, कोषाध्यक्षमा रामकुमारी तमु र सहकोषाध्यक्षमा रिश काशी तमु चयन हुनुभएको छ। सदस्यहरूमा उमा देवी तमु, डिल शोभा तमु, लिलु तमु, नुम माया तमु, कौमती तमु, टौसरी तमु, रामकुमारी तमु, नानी माया तमु, शान्ति तमु, संगीता… पुरा पढौ

सेती खोचमा अड्किएका परियारको उद्धार

पोखराको रामघाटस्थित सेती नदीको खोचमा अड्किएका एक युवाको उद्धार गरिएको छ । आज बिहान पोखरा ९ शान्तिवनस्थित सेती नदीको भिरबाट खसेका रुपन्देहीको बुटवल घर भई पृथ्वीचोक बस्दै आएका २८ बर्षिय अनिल परियार पोखरा ९ शान्तिवनस्थित सेती नदीको भिरबाट खसेर अड्किएका थिए । उनी अड्किएको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय कास्की र सि.आर.भी पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको कास्की प्रहरीका प्रवक्ता विरेन्द्रकुमार पासवानले जानकारी दिए । परियार बिहान करिब ६ बजेको समयमा त्यहाँ खसेको प्रहरीले जनाएको छ ।… पुरा पढौ

प्रधानमन्त्री शाह पोखरा हुँदै मुक्तिनाथ पुग्ने

प्रधानमन्त्री वालेन्द्र शाह पोखरा हुँदैं मुस्ताङ पुग्ने भएका छन् । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न उनी त्यहाँ जान लागेका हुन् । काठमाडौँबाट आज बिहान आफ्नो सरकारी गाडीमार्फत पोखरा आउँदै गरेका प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको स्रोतले बताएको छ ।उनी सडक मार्गबटै मुस्ताङ जाने कार्यक्रम छ। तर यस बिषयमा भने सुरक्षा निकाय बेखबर रहेको जनाईएको छ ।कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको पोखरा भ्रमणबारे कुनै जानकारी नभएको बताए। उनी बास बस्नका लागि पोखरा नजिकै रहेको माछापुच्छ्रे गाउँपालिका… पुरा पढौ

पोखरा रंगशालामा फ्लडलाईट हालिने

सन्देश श्रेष्ठपोखरा, भदौ ५ पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ । संघ सरकार र संघीय शहरी विकास तथा भवन निर्माण विभागले छुट्टाछुट्टै बजेट विनियोजन गरिदिएपछि पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु गरिएको हो । फ्लडलाईटका लागि हाल ८ करोड बजेट रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । उनका अनुसार संघ सरकारले फ्लडलाईटका लागि ५ करोड विनियोजन गरिदिएको छ भने संघीय सहरी विकास कार्यालयले ३ करोड बजेट विनियोजन गरेको छ । फ्लडलाईटका लागि करीब १६… पुरा पढौ

पोखरामा असोज ३ गते ‘राइट टु प्रोटिन रन’को पाचौं श्रृंखला हुने

सन्देश श्रेष्ठपोखरा, भदौ ५ हाफ म्याराथनको रुपमा आयोजना हुँदै आएको ‘राईट टु प्रोटिन रन’ यस पटक पोखरामा हुने भएको छ । चौथो श्रृंखलासम्म काठमाडौंमा भएको यस प्रतियोगिताको पाचौं श्रृंखला यहि असोज ३ गते पोखरामा हुने आयोजक नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन –एनएफआईए)ले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । यू.एस. सोयाबिन एक्सपोर्ट काउन्सिल (यूएसएसईसी) को मुख्य प्रायोजन तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ४ हजार खेलाडी दौडिने आयोजकको दाबी छ । प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र… पुरा पढौ

तनहुँको नारेश्वर तालमा पानी जम्मा हुन सुरु

तनहुँको व्यासस्थित नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो । करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त तालमा २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिन्छ । तालको बाँध तथा अन्य संरचना निर्माण पूरा भएसँगै पानी जम्मा गर्न सुरु गरिएको हो । ताल व्यास नगरपालिकाको गौरवको आयोजना हो । निर्माण उपभोक्ता समितिका अध्यक्ष विजय दरैले ताल आकर्षक देखिन थालेकाले यहाँ आन्तरिक पर्यटक घुम्न आउन थालेका छन् । यहाँ आउने पर्यटकले… पुरा पढौ

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ । लामखुट्टेको टोइकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ । लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापनिज इन्सेफलाइटिसजस्ता रोगहरू लाग्दछ । नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आवमा ती रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए… पुरा पढौ