समाज

लमजुङमा पहिरोमा परी एकै परिवारका दुईजनाको मृत्यु

लमजुङमा पहिरोमा परी एकै परिवारका दुईजनाको मृत्यु भएको छ । जिल्लाको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा आज विहान आएको पहिरोमा घर पुरिंदा ५९ वर्षीय टिकबहादुर विक र उनकी छोरी विनिता विकको मृत्यु भएको हो ।घरमाथि रहेको नगरकुलो भत्केपछि पहिरोले कच्ची घर पुरेको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएका छन् । घाइतेलाई उद्धार गरी थप उपचारका लागि अस्पताल पठाइएको छ ।उनीहरु स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएका… पुरा पढौ

देशभरका अस्पतालमा ओपीडी सेवा बन्द, सर्वसाधारण उपचारबाट वञ्चित

नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प भएका छन् । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा। प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा संघको आह्वानमा सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो ।ओपीडी सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट बन्चित भएका छन् । स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकट नपाएर अलपत्र परेका छन् । अधिकांश अस्पतालका ओपीडी टिकट लिने ठाउँमा सेवा बन्दको सूचना टाँसिएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक… पुरा पढौ

पोखरामा अमेरिकी नागरिकको मृत्यु

पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको हो । स्थानीयवासीको सहयोगमा लडेकोस्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्‍याइएकामा केहीबेरपछि नै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने उनको भनाइ छ । मृतक अमेरिकी… पुरा पढौ

खाना पकाउने ग्यासको अस्थायी अभाव,जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्र घटेको छैन । विगतका तुलनामा १०० बुलेट हाराहारी दैनिक ग्यास आपूति भइरहेको छ । उनले भने, “पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यो, सोही परिमाणमा अहिले पनि आपूति भइरहेको छ ।”… पुरा पढौ

दूध उत्पादक किसानलाई गण्डकीमा पाँच करोड ५८ लाख अनुदान

आर्थिक वर्ष २०८२÷८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन् । गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । मापदण्डअनुसार छनोट भएका दुग्ध सहकारीमार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले जानकारी दिईन् ।उनले दैनिक २०० लिटर र वार्षिक २०० दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरुपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको बताईन्… पुरा पढौ

सुनसरीमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु, ५ स्थानमा कर्फ्यु आदेश जारी

प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले आज बिहान ७ः०० बजेदेखि विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । कार्यालयले चार किल्ला तोकी उक्त सीमानाभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । उक्त आदेश उल्लङ्घन भएमा रु एक… पुरा पढौ

पहिरोमा परी बेनीमा एक वृद्धको मृत्यु, एकजनाको उद्धार

पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ । गएराति गएको पहिराले घर पुरिँदा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । यसैगरी, धवलागिरि गाउँपालिका–७ धारापानीको हाडेभिरमा पहिरोमा पुरिएकी ६३ वर्षीया धनकुमारी थापाको सकुशल उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय, दरबाङबाट गएको प्रहरी टोली र स्थानीवासी मिलेर थापालाई उद्धार गरेका हुन् । गएरातिको वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सडक अवरुद्ध भएको प्रहरीले… पुरा पढौ

रारा पोखरा स्पोर्ट्स अवार्डमा ७ लाख ७१ हजार रुपैयाँ बचत

पोखरा, १० साउन ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।मञ्चले आईतबार एक अवार्डको आयव्यय सार्वजनिक तथा समिक्षात्मक छलफल कार्यक्रम आयोजना गरी उक्त रकम बचत गरेका जानकारी दिएको हो । अवार्ड कार्यक्रमका लागि कुल ३४ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ आम्दानी भएको थियो भने २७ लाख ४ हजार ५ सय २० रुपैयाँ खर्च भएपछि उक्त रकम बचत भएको हो ।गत… पुरा पढौ

गण्डकीमा एमाले-नेकपालाई सरकार बदल्नै सकस

सन्देश श्रेष्ठपोखरा, साउन १० केन्द्रमा प्रदेश सरकार बदल्नेगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीबीच सहमती भएको छ । सहमती अनुसार ७ प्रदेशमध्य ५ प्रदेशमा सरकार बदल्ने प्रयास हुनेछ । बाँकी गण्डकी प्रदेश र बागमती प्रदेशबारे सहमती पत्र मौन छ । सरकार बदल्न सक्ने स्थिति भएर पनि नेकपा–एमालेबीच भएको सहमतीमा गण्डकी प्रदेश नछिराइएको होइन । बरु सरकार बदल्ने हैसियत नै नभएकाले सहमतीमा गण्डकी प्रदेश प्रवेश नगराइएको हो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा राजिव गुरुङ (दीपक… पुरा पढौ

फिर्केमा डोजर : कोतरेर छाडिएको संरचना अझै हटेनन्, नागरिक समाज पोखराले औंल्यायो नहटाउनुको कारण

सन्देश श्रेष्ठपोखरा, साउन १० पोखराको फिर्केखोलामा जेठ दोस्रो साता डोजर चल्यो । पोखरा महानगरपालिकाले फिर्केखोला करिडोर निर्माण गर्ने र त्यसका लागि फिर्केखोलाको खोलाघर मिचेर बनाइएका अवैध संरचना भत्काउने भन्दै जेठ १० गतेदेखि एक हप्तासम्म डोजर चलाइयो । डोजर चलाउने अभियानको शुभारम्भ गर्दै पोखराका मेयर धनराज आचार्यले फिर्के करिडोरमा पर्ने फिर्केखोला खोलाघर मिचेर बनाइएका संरचना भत्काएर मात्रै विश्राम लिने गर्जन गरे । तर डोजर चलाउने शुभारम्भ गरेर मेयर आचार्य विदेश हानिए । यता अवैध संरचना पूरै खाली गर्न चलाइएको डोजर भने… पुरा पढौ