समाज

चापाकोटको पर्यटन विकासमा, स्वतन्त्र पत्रकार संघको चासो

पोखरा महानगरपालिका वडा नं.२३ चापाकोटले घरबास कार्यक्रमलाई स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य लिएको छ । पोखरा –२३ को आयोजना तथा स्वतन्त्र पत्रकार संघ नेपालसँगको सहकार्यमा चापाकोटमा आयोजित पर्यापर्यटनको सम्भावना र प्रवर्द्धनका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताले पोखराको धरोहरका रुपमा रहेको फेवातालको मुहान यसै क्षेत्रमा पर्ने उल्लेख गर्दै वडाभित्रकाप्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिएका हुन् । वडाध्यक्ष रामकाजी गुरुङले यस आर्थिक बर्षका लागि विभिन्न योजना अघि बढाइएको जानकारी दिँदै घरबास कार्यक्रमलाई प्राथामिकतामा राखिएको बताए । उनले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने… पुरा पढौ

पोखरामा खोलाघर खाली गर्ने अभियान स्थगीत भएकोमा वातावरण संरक्षणका लागि महाअभियानको ध्यानाकर्षण (विज्ञप्तिसहित)

वातावरण संरक्षणका लागि महाअभियानले फिर्केखोला करिडोर निर्माण अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेको छ। अभियानले आज पोखरामा पत्रकार सम्मेलन गर्दै फिर्केखोलाको संरक्षण, सौन्दर्यकरण तथा व्यवस्थित उपयोगका लागि संचालन गरिएको खोलाघर खाली गर्ने अभियानले पूर्णता नपाउँदै स्थगन भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महा अभियानका संयोजक रामबहादुर पौडेलले पोखरा महानगरपालिकाका वडा नं। १८, २, ४, ५, ६, ७ र १७ हुँदै बग्ने फिर्केखोलाको संरक्षण, सौन्दर्यीकरण तथा व्यवस्थित उपयोगका लागि सञ्चालन गरिएको अभियान अपेक्षित रूपमा सफल हुन नसकेको बताए । उनले करिब… पुरा पढौ

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

लमजुङको रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, लमजुङले मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक भानु घाँसी संवाद पार्कमा रहेको सालिक तोडफोड गरी क्षति पु¥याएको आरोपमा २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका–७ तनहुँ घर भई हाल लमजुङमा बस्दै आएका २४ वर्षीय… पुरा पढौ

गण्डकी प्रदेशको गाँजा विधेयक प्रदेश प्रमुखद्वारा फिर्ता

साउन ९ गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शनिबार सो विधेयक पुनर्बिचार गर्न भन्दै प्रदेश सभामा फिर्ता पठाएका हुन् । गण्डकी प्रदेशमा प्रमाणीकरणका लागि प्रदेश प्रमुखकोमा पठाइएको विधेयक फिर्ता भएको सम्भवत पहिलो घटना हो । गण्डकी प्रदेश सभाले गत असार २६ गते औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो । सर्वसम्मत पारित सो विधेयक प्रमाणीकरणका लागि असार ३० गते प्रदेश प्रमुखको… पुरा पढौ

टप्सको प्राचार्यमा अधिकारी, पोखराकै अब्बल विद्यालय बनाउने बाचा

पोखरा । पोखराका वरिष्ठ शिक्षाविद् तथा रसायनशास्त्रका अध्यापक डा. झपिन्द्र अधिकारी टप्स माध्यमिक विद्यालयको प्राचार्यमा नियुक्त भएका छन्। गण्डकी बोर्डिङ स्कुलमा २२ वर्ष प्रशासनिक तथा शैक्षिक नेतृत्व सम्हालेका अधिकारीले अब टप्सलाई पोखराकै अब्बल विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।रसायनशास्त्रमा विद्यावारिधि (PhD) गरेका डा. अधिकारी लामो समयदेखि विद्यालय शिक्षा, शैक्षिक नेतृत्व र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिमा सक्रिय छन्। उनी गण्डकी बोर्डिङ स्कुलमा २२ वर्ष प्रशासनिक तथा शैक्षिक नेतृत्व सम्हाल्दै गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाका लागि परिचित छन्।पदभार ग्रहणपछि अधिकारीले विद्यालयलाई उत्कृष्ट नतिजा… पुरा पढौ

अनलाईन स्क्याम गरी पोखरामा करिब १० लाख रुपैयाँ ठगी

पोखराको प्रस्याङमा रहेको ओएसिस टुरिजम इन्टरनेशनलले बिभिन्न प्रलोभनमा पारेर ३० जनालाई ठगी गरेको खुलासा भएको छ । सो संस्थाले एसिया र युरोपका देशहरुमा घुम्न लैजाने भनी स्क्याम गरी ३० जना व्यक्तिबाट करिब १० लाख रुपैयाँ ठगी गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार दिउँसो सो संस्थामा छापा समेत मारेको थियो । सो क्रममा बिभिन्न देश घुमाउने लोभ देखाई ३० जना व्यक्तिबाट ९ लाख ६५ हजार रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वीरेन्द्र कुमार पासवानले… पुरा पढौ

नेपालगञ्जमा पुर्वराजा वीरेन्द्रसहित ६ जनाको शालिक अनावरण

नेपालगञ्जमा जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका ऐतिहासिक शालिकको अनावरण गरिएको छ । गत भदौं २३ र २४ को आन्दोलनका क्रममा तोडफोड भएका स्व पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शालिकसँगै स्व गणेशमान सिंह, बिपी कोइराला, नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, तत्कालीन राजा वीरेन्द्र शाह तथा सहिद सेतु विकका शालिक पुनर्निर्माण पछि अनावरण गरिएको हो ।पुर्वराजा वीरेन्द्रको शालिक भने २० वर्षपछि पुनः स्थापना गरिएको छ । दोस्रो जनआन्दोलनको बेला धम्बोजी चोकमा रहेको शालिक आन्दोलनकारीले हटाएका थिए । नेपालगञ्ज उपमहानगरपालिकामा शनिबार एकैदिन छ वटा शालिक… पुरा पढौ

लायन्स क्लब अफ लेखनाथको पदस्थापना सम्पन्न

लायन्स क्लब अफ लेखनाथले आफ्नो २८औँ सदस्यता प्रवेश तथा पदस्थापना समारोह सम्पन्न गरेको छ। कार्यक्रममा नयाँ सदस्यहरूको स्वागत गर्नुका साथै वर्ष २०२६÷०२७ का लागि निर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापनासमेत गरिएको थियो। वर्ष २०२५÷०२६ का अध्यक्ष लायन्स बोधराज लामिछानेले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न सामाजिक, शैक्षिक, स्वास्थ्य तथा मानवीय सेवासम्बन्धी गतिविधिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। उनले नवनिर्वाचित अध्यक्ष डम्वरु बल्लभ चापागाईंलाई अध्यक्षीय पद, जिम्मेवारी तथा क्लबको नेतृत्व औपचारिक रूपमा हस्तान्तरण गरेका थिए। समारोहका प्रमुख अतिथि लायन्स इन्टरनेशनलका… पुरा पढौ

हरिशयनी एकादशीः नारायण मन्दिरमा भक्तजनको घुइँचो

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ । भगवान् विष्णुलाई पूजा आराधनासहित दर्शन गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो बढेको हो । आजका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वास छ । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज र हरि बोधिनी एकादशीमा एकैदिन पूजा… पुरा पढौ

पोखरामा विदेश घुम्न लैजाने बहानामा ठगी गर्ने ओएसिस कम्पनीमा प्रहरीको छापा, दुई जना पक्राउ

सन्देश श्रेष्ठपोखरा, साउन ८ विदेश घुम्न लैजाने भन्दै ठगी गर्ने पोखरा–५ पस्र्याङस्थित ओएसिस कम्पनीमा प्रहरीले छापा मारेको छ । सस्तो रकममा दुबई, सिंगापुर, मलेसिया, थाईल्याण्डलगायतका देश घुम्न लैजाने भन्दै रकम ठगी गर्ने ओएसिस कम्पनीमा कास्की प्रहरीले शुक्रबार छापा हानेको हो । वडा प्रहरी कार्यालय वैदामका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईको नेतृत्वमा गएको प्रहरी टोलीले छापा हान्ने क्रममा ओएसिस कम्पनीका २ सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन । छापा हान्ने क्रममा ओएसिस कम्पनीले प्रयोग गर्नेगरेको कम्प्युटरलगायतका सामग्रीसमेत… पुरा पढौ