खेलकुद

अन्तर्राष्ट्रिय महिला फुटबलः नेपाल एक खेल अगावै फाइनलमा

फागुन ८ काठमाण्डौं । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा लेबनानलाई १–० गोलअन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमार पनि एक खेलअगावै फाइनलमा प्रवेश गरिसकेको छ । आजै भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलअन्तरले पराजत गरेको थियो । नेपालको जितमा सावित्रा भण्डारी नायक बनिन् । खेलको ४२औँ मिनेटमा सावित्राले प्रहार गरेको बल लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।… पुरा पढौ

जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१ फागुन ९ र १० हुने

पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराका साथ फागुन ९ र १० गते उक्त प्रतियोगिता हुने भएको हो । पोखरा रंगशाला स्थित मल्टिपल कर्भड हलमा सो प्रतिायोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ । यस प्रतियोगितामा देशैभरबाट विभिन्न तौल समुह अन्र्तगत महिला र पुरुष गरी १ सय ५ जना खेलाडीहरु सहभागि हुने भएको छ । विशेषगरी खेलाडीहरुको क्षमता अभिवृद्धि र प्रोत्साहान… पुरा पढौ

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालको जित

फागुन ५ काठमाण्डौं । अन्तरर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा घरेलु टोली नेपालले सुखद् सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमला चौधरीले गोल गरिन् । उनले खेलको ११औँ मिनेटमा गोल गरिन् । शुरुआतमै अग्रता लिएको नेपालले थुप्रै अवसर बनाए पनि गोलमा परिणत हुन सकेन । यो जितसँगै नेपालले तीन अङ्क जोडेको छ । अब नेपालले यही फागुन ८ गते लेबनानसँग खेल्नेछ । यसअघि, प्रतियोगिता अन्र्तगत आजै… पुरा पढौ

पोखरा म्याराथनकोमा केन्याली धावकको बर्चस्व, महिलातर्फ सन्तोषी च्याम्पीयन

पोखरा, फागुन ३ पोखरा अन्तर्राष्ट्रिय म्याराथन (४२.१९५ किमि)तर्फ केन्याली धावकहरुले बर्चस्व जमाएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा शनिबार सम्पन्न १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावक हाबी भएका हुन् । फूल म्याराथनमा केन्याली धावक विल्सन चेरियुयिट च्याम्पीयन बने । २ घन्टा १७ मिनेट २४ सेकेण्डमा दौड पुरा गरेका उनले यसअघि केन्याली धावक जुलियस मुरियाली वाहोमले राखेको रेकर्ड तोडे । वाहोमले १८ औं संस्करणमा २ घण्टा १९ मिनेट ३६ सेकेण्डको रेकर्ड राखेका थिए । यसपटकपनि सहभागि वाहोमले… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सलाई

पोखरा, फागुन ३ उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लवले आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरामा शनिबार भएको फाइनल खेलमा ब्ल्याक बुल्सले सर्बाधिक उपाधि बिजेता नेपाल प्रहरीको नेपाल पुलिस क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा पहिलो पटकको सहभागितामै उपाधि जितेर ब्ल्याक बुल्सले ईतिहास रच्न सफल भएको छ । बिजेता ब्ल्याक बुल्सले ट्रफीसहित नगद १२ लाख १ हजार जितेको छ । पराजित पुलिसले उपबिजेतामै चित्त बुझाउनुका साथै सातौं पटक उपाधि… पुरा पढौ

तेस्रो हिसान गण्डकी फुटसल फागुन ४ देखि

फागुन २ पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता फागुन ४ गते देखि शुरु हुने भएको छ । प्रतियोगिताको शुक्रबार खेलतालिका सार्वजनीक भएको छ । फागुन ४ देखि ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १३ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी दोस्रो… पुरा पढौ

पोखरा अन्र्तराष्ट्रिय म्याराथन भोलि, सम्पूर्ण तयारी पूरा

फागुन २ पोखरा । पोखरामा भोलि हुने पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली भूतपूर्व खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको लागि दौडौँ’ भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी भएको हो । प्रतियोगितामा २१ देशका ३ हजार १ सय ७५ जना धावकहरुले प्रतिष्पर्धामा सहभागिता जनाउने आयोजक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार म्याराथनमा धावक तथा रन फर फनमा दौडिनेसमेत गरेर कुल १० हजारले… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि पुलिस र ब्ल्याक बुल्स शनिबार भिड्दै, दुबैलाई ईतिहास रच्ने अवसर

पोखरा, फागुन २ पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त भोलि शनिबार आयोजना हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं श्रृङ्लाको उपाधि भिडन्तमा नेपाल प्रहरीको नेपाल पुलिस क्लव र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लव आमनेसामने हुँदैछन् । दुबै टिमका लागि यो ईतिहास रच्ने अवसर हुनेछ । नेपाल पुलिस क्लव आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्बाधिक ६ पटकको उपाधि बिजेता हो । पुलिससँगै मनाङ… पुरा पढौ

पोखरा अन्र्तराष्ट्रिय म्याराथन शनिबार, २१ देशका ३ हजार धावकसहित कुल १० हजारले दौडिने

पोखरा, फागुन १ पोखरामा फागुन ३ गते शनिबार पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुँदैछ । नेपाली भूतपूर्व खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको लागि दौडौँ’ भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी भएको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । प्रतियोगितामा २१ देशका ३ हजार १ सय ७५ जना धावकहरुले प्रतिष्पर्धामा सहभागिता जनाउने आयोजक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार म्याराथनमा धावक तथा रन फर फनमा… पुरा पढौ

उज्वेकिस्तानको ब्ल्याक बुल्सपनि आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

पोखरा, फागुन १ उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लव पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत विहीबार भएको दोश्रो सेमीफाइनल खेलमा ब्ल्याक बुल्स एफसी ५ पटकको उपाधि बिजेता थ्रीस्टार क्लवलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । अब उपाधिका लागि ब्ल्याक बुल्सले शनिबार नेपाल पुलिसको सामना गर्नेछ । सर्बाधिक ६ पटकको बिजेता पुलिस बुधबार भएको खेलमा चर्च ब्वाईज युनाइटेड क्लवलाई १–० गोल… पुरा पढौ