Uncategorized

आज गुरु पूर्णिमा

आज अषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा। आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा भाव प्रकट गरी गुरु पूर्णिमा मनाइन्छ। यस दिन गुरुका रूपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरु पूर्णिमा मनाउने गरिन्छ। आजको दिनलाई व्यास जयन्ती, कबीर जयन्ती पनि भनिन्छ। पूर्वीय दर्शन अर्थात हाम्रो सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम छ। ‘गु’ को अर्थ हो, ‘अन्धकार’ एवं ‘रु’ को अर्थ हो, ‘प्रकाश’। ‘गिरति अज्ञानं इति गुरूः’ अर्थात् अज्ञानलाई… पुरा पढौ

मूल्यवृद्धि ८.५६ प्रतिशत पुग्यो

चालु आर्थिक वर्षको ११ महिनामा समग्र मूल्यवृद्धि ८.५६ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.३७ प्रतिशतले वृद्धि भएको छ। यस्तै, जेठ मसान्तसम्मको ११ महिनाको वित्तीय विवरणअनुसार करिब ३० अर्ब विदेशी विनिमय सञ्चिति थपिएको छ। वैशाख मसान्तसम्म ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेकोमा जेठ मसान्तसम्म ११ खर्ब ७६ अर्ब पुगेको छ। त्यस्तै, नेपाल राष्ट्र बैंकले गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको… पुरा पढौ

हतियार किन्ने सरकारको निर्णयको विरोध

प्रतिपक्ष नेकपा एमालेले रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने सरकारको निर्णयको विरोध गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसद नवराज सिलवालले मुलुकको अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने निर्णय उचित नभएको बताए। उनले कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस गर्ने योजना अनुरुप नै हतियार किन्ने तयारी गरेको आरोप लगाए। हतियारको कमिसन ३०० प्रतिशतसम्म कोटा बढाएर खरिद गर्नु धोका भएको भन्दै उनले गठबन्धन सरकार हतियार किन्ने निर्णयबाट फिर्ता हुनुपर्ने तर्क राखे। सरकारले ११ सय… पुरा पढौ

उचित जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्। शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक–पटक सांसदहरुले आपत्ति जनाउँदै आएका छन्। सोमबारको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक विषयमा राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। रासस पुरा पढौ

समाजसेवी दाहालद्धारा जन्मोत्सवको खर्च कटाएर विपन्न विद्यार्थीलाई सहयोग

जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर तनहुँमा एक युवाले विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि सहयोग गरेका छन्। दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस संचालक समितिका सदस्य राजु दाहालले सोही क्याम्पसमा कक्षा १२ अध्ययरत २ छात्राको एक वर्षको लागि आवश्यक शैक्षिक शुल्क ३२ हजार रुपैयाँ सहयोग गरेका हुन्। लायन्स क्लब अफ तनहुँका अध्यक्ष समेत रहेका दाहालले क्याम्पसमा सोमबार एक कार्यक्रमकाबीच क्याम्पस छात्रवृत्ति कोषको संयोजक तथा क्याम्पस संचालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठलाई सो रकम प्रदान गरे। रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि क्याम्पस संचालक… पुरा पढौ

पोखरा महानगरको बजेट पारित

पोखरा महानगरपालिकाको बजेट पारित भएकोछ। आइतबार बसेको नगर सभाले आगामी आर्थिक वर्ष ०७९/८० को ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट सर्वसम्मत पारित गरेको हो। यसैगरी नगरसभाले न्यायिक समिति, लेखा समिति र विद्यायन समिति गठन गरेको छ। न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेको समिति गठन भएको हो। लेखासमितिको संयोजकमा झपटबहादुर रानाभाट चयन भएका छन्। समिति सदस्यमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापा चयन भएका छन्। लेखासमितिमा… पुरा पढौ

विराटनगरमा हर्षोल्लासका साथ मनाइयो बकरिद

इस्लाम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो चाड बकरिद(ईद उल अजहा) आज यहाँ हर्षोल्लासका साथ मनाइएको छ । यसै उपलक्ष्यमा आज बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज(प्रार्थना) गरिएको छ ।इस्लाम धर्मावलम्बीको महान चाड बकर ईद रमजान पर्वको ७०औँ दिनमा मनाउने धार्मिक परम्परा छ । इस्लाम पात्रो हिजरी सम्वत्अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौँ दिनमा यो पर्व मनाइन्छ । ईदलाई आत्मशुद्धिको पर्वसमेत भनिन्छ । यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बी बिहानै नुहाएर शरीरलाई शुद्ध बनाइ नयाँ बस्त्रधारण गर्छन् । त्यसपछि मस्जिद वा इदगाहामा… पुरा पढौ

मातापिताको नाममा विनियोजित बजेट फिर्ता गर्ने शिक्षामन्त्री श्रेष्ठको घोषणा

गण्डकी प्रदेश शिक्षामन्त्री मेखलाल श्रेष्ठले आफ्ना बुबा–आमाको ट्रष्टमा आएको विवादित बजेट फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत फिर्ता भएको बजेट असहाय, ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस भनि माग राखेका छन्। उनले आफ्नो बुबा–आमाको नाममा रहेको ट्रष्टको उद्देश्य अनुसार कार्य गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन्। उनले आफूलाई जनताको पक्षमा काम गर्ने काँग्रेसको सीपाहीका रुपमा उल्लेख गरेका छन्। समाजिक संजालमा एकाएक आएका टिप्पणीले आफूलाई गंभीर बनाएको भन्दै समाजका असहाय र ज्येष्ठ नागरिककको हितका लागि बजेट पारेको… पुरा पढौ

होटल संघद्वारा टुर प्याकेज तालिम

पोखरा। होटल संघ पोखरा नेपालको आयोजनामा हालै पोखरामा एक दिने टुर प्याकेज तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तालिममा पर्यटन क्षेत्र सम्बद्ध तीन दर्जन व्यवसायीको सहभागिता रहेको थियो । आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा टेवा पुगोस् भन्ने उद्धेश्यका साथ नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा कार्यक्रम आयोजना गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । सो अवसरमा बोल्दै सुवेदीले होटल संघले लामो समयदेखि आन्तरिक पर्यटन प्रबद्र्धनका लागि नेपालका विभिन्न भागमा कार्यक्रम गरी जाउँ है पोखरा अभियान र भारतमा पनि… पुरा पढौ

माओवादी केन्द्रमा पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारी टुंग्याउने जिम्मा स्थायी समितिलाई दिएको छ। बिहीबार सम्पन्न बैठकले एक साताभित्र पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई दिएको हो। बैठकले १२५ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति गठन गरेको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । बैठकले नयाँ केन्द्रीय समिति सदस्यको शपथ ग्रहण, नयाँ संरचनात्मक आधारमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेको छ। बैठकले स्थानीय निर्वाचनको समीक्षा तथा आगामी निर्वाचनसम्बन्धी कार्ययोजना निर्माण गरेको उनले बताए। बैठकले पार्टीलाई नयाँ उचाइमा एकताबद्ध… पुरा पढौ