Uncategorized

पोखरा महानगरको नीति तथा कार्यक्रम : पृथ्वीचोकमा आधुनिक बसपार्क निर्माणदेखि फिर्के खोलामा करिडोरसम्म

पोखरा, असार ४ पोखरा महानगरपालिकाले पोखरा बसपार्क निर्माण र फिर्केखोलामा करिडोर निर्माणलाई प्राथमिकता दिएर आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा महानगरपालिकाको विहीबार भएको १९ औं नगरसभामा महानगर प्रमुख धनराज आचार्यले बसपार्क र फिर्के करिडोर निर्माणसँगै पर्यटनलाई अर्थतन्त्रको आधार बनाउने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । पोखरा पृथ्वीचोकमा बसपार्क निर्माणका लागि घर, टहरा हटाउने अभियान चलाईरहेको महानगरले सो अभियानलाई सार्थकता दिनेगरी नीति तथा कार्यक्रम ल्याएको हो । मेयर आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ,‘नगर विकास कोष… पुरा पढौ

पोखरा रंगशालामा यामाहाको ब्लु फेष्ट शुरु, नागरिकताकै भरमा बाईक/स्कुटर खरिद गर्न पाईने

पोखरा, असार ३ पोखरामा यामाहाको ब्लु फेष्ट शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक विक्रेता भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले पोखरा रंगशालामा आजदेखि यामाहाको ब्लु फेष्ट शुरु गरेको हो । असार १० गतेसम्म हुने ब्लु फेष्टमा ग्राहकले कुनैपनि पुरानो बाईक तथा स्कुटर साटफेर गरेर नया बाईक खरिद गर्न सक्ने जनाइएको छ । यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर ब्लु फेष्टमार्फत एक्सचेञ्ज अफर राखिएको भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.का महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । मेघा एक्सचेञ्ज अफरमा… पुरा पढौ

पोखराको म्याजेस्टिक लेक फ्रन्ट होटललाई ‘अति उत्तम’ खाद्य स्तरीकरण प्रमाणपत्र प्रदान

पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले पोखरा–६, लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्सलाई खाद्य स्तरीकरण प्रमाण–पत्र प्रदान गरेको छ। उक्त होटलले प्रमाणपत्रको 'अति उत्तम' श्रेणी प्राप्त गरेको हो, जसले खाद्य स्वच्छता, सेवा गुणस्तर, भण्डारण व्यवस्था तथा समग्र सञ्चालन मापदण्डहरू उत्कृष्ट रहेको पुष्टि गर्छ। कार्यालयका अनुसार नियमित गहन निरीक्षणपछि यो श्रेणी निर्धारण गरिएको हो। यो प्रमाण–पत्र होटलको खाद्य सुरक्षा, स्वच्छता र व्यवस्थापनको उच्च मापदण्डको औपचारिक मान्यता हो। 'अति उत्तम' श्रेणी प्राप्त हुनुले खाद्य स्वच्छताको ग्यारेन्टी गरेको र… पुरा पढौ

राउण्ड फेवा : भ्यू फेवालाई पूर्णता दिईने

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले पर्यटनलाई विशेष प्राथमिकता दिएर बजेट ल्याएको छ । उद्योग तथा पर्यटनका लागि २ करोड बजेट विनियोजन गरेको गण्डकीले राउण्ड फेवा ः भ्यू फेवा कार्यक्रमलाई निरन्तरता दिएको छ । जस अन्तर्गत क्लोज सर्किटका लागि बजेट विनियोजन गरेको आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले सोमबार ल्याएको बजेटमा उल्लेख छ । पुरा पढौ

गण्डकीको बजेट : कृषि र पर्यटन केन्द्रीत, पूर्वाधार निर्माणमा प्राथमिकता

सन्देश श्रेष्ठपोखरा, असार १ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि करीब ३३ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब १ करोड ९९ लाख १ हजार बढी हो । चालु आर्थिक वर्षमा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन भइरहेको छ… पुरा पढौ

गण्डकी प्रदेशको बजेट : रिटर्न टु भिलेज अभियानका लागि ४ करोड

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले व्यवसायीक कृषिमा आकर्षित गर्नका लागि रिटर्न टु भिलेज अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८३÷८४को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले कृषिलाई व्यवसायीक कृषितर्फ आकर्षित गर्न सो अभियान सञ्चालन गरिने बताए । जसका लागि ४ करोड विनियोजन गरिएको उनले जानकारी दिए । मन्त्री शेरचनका अनुसार विनियोजित बजेट कृषिमा युवालाई आकर्षित गर्न, उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न ऋण, ब्याज अनुदान, न्यूनतम समर्थन मुल्य कार्यान्वयन र व्यवसाय प्रवद्र्धनका लागि खर्चिनेछ… पुरा पढौ

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा अन्तर सहकारी नीति संवाद गोष्ठी सम्पन्न, “सहकारीको भावी गन्तव्य : चुनौती र सम्भाव्यता” विषयमा अर्थपूर्ण बहस

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा “सहकारीको भावी गन्तव्य : चुनौती र सम्भाव्यता” विषयक अन्तर सहकारी नीति संवाद गोष्ठी शुक्रबार पोखरामा सम्पन्न भएको छ ।पोखरा रोयल सहकारीले २५ बर्ष प्रबेशका सन्दर्भमा “२५ बर्ष, २५ कार्यक्रम” अन्तरगत “२५ करोड माथिका २५ ठूला र ब्यबश्थित सहकारीका अध्यक्ष र ब्यबश्थापकको सहभागितामा सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती, सुशासन, वित्तीय अनुशासन, बचतकर्ताको सुरक्षा तथा भावी रणनीतिका विषयमा केन्द्रित रहि नीति सम्बाद गरेको मुख्य प्रबन्धक मिलन ढकालले जानकारी दिनुभयो । एभरेष्ट… पुरा पढौ

पोखरा २० द्वारा अपाङ्गता भएका व्यक्तिलाई स्टेशनरी र कपडा वितरण

पोखरा महानगरपालिका वडा नं. २० ले स्टेशनरी सामाग्रीसहित न्यानो कपडा वितरण गरेको छ । विकास नेपाल नामक सामाजिक संस्थासँगको सहकार्यमा वडाभित्र अपाङ्गता भएका ५ जना विद्यार्थीलाई स्टेशनरी र २३ जना अपाग व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष गंगाबहादुर खत्रीले ति सामाग्री वितरण गरेका हुन् । वितरण पछि आयोजित कार्यक्रममा वडाध्यक्ष खत्रीले यस्ता कार्यक्रमलाई वडाले बार्षिक क्यालेण्डरमा समावेश गरेको जानकारी दिदैं, अपाङ्गता भएका व्यक्तिलाई राहत मिल्ने बताए । उनले नागरिकका समस्याप्रति स्थानीय सरकार जानकार रहेको… पुरा पढौ

पोखरामा निर्वाचन समीक्षा कार्यशाला : आगामी निर्वाचन थप प्रभावकारी बनाउन सुझाव

निर्वाचन व्यवस्थापनलाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन सबै पक्षको साझा भूमिका आवश्यक रहेकोमा जोड दिइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ सम्बन्धी निर्वाचन समीक्षा कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले सम्पन्न निर्वाचनको समीक्षा आगामी निर्वाचनलाई थप प्रभावकारी बनाउन उपयोगी हुने बताउनुभयो । निर्वाचन आयोग नेपालको आयोजना तथा यूएनडिपीको सहयोगमा पोखरामा बुधबारदेखि कार्यशाला सुरु भएको हो । उनले भदौ २३ र २४ गतेको राजनीतिक घटनापछि प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा भएको उल्लेख गर्दै आयोगको पहलमा सरकार र राजनीतिक दलबीच संवाद… पुरा पढौ

फिर्केमा निरन्तर डोजर : विहीबार थप २३ वटा संरचना भत्काइयो

पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका अवैध संरचनामध्ये बिहीबार थप २३ वटा संरचना हटाइएको छ । पोखरा महानगरपालिकाले फिर्केखोला खोलाघरमा बनेका अवैध संरचना हटाउने अभियान अन्तर्गत आईतबारदेखि डोजर लगाएर भत्काउन शुरु गरेकोमा पाँचौं दिन विहीबार सम्म आईपुग्दा १२८ अवैध संरचना भत्काउन सफल भएको हो । महानगरले हालसम्म फिर्केखोला खोलाघर मिचेर बनाइएका १६० संरचनामध्ये अब ३२ वटा संरचना भत्काउन बाँकी छ। पहिलो दिन २० वटा संरचना भत्काएकोमा सोमबार ३१, मंगलबार ३१ वटा, बुधबार २३ वटा र विहीबार थप २३ वटा संरचना डोजर… पुरा पढौ