जिल्ला समन्वय समिति कास्कीले यातायात क्षेत्रका समस्या र सरोकारका बिषयमा चासो देखाएको छ ।
यातायात क्षेत्रमा देखिएका समस्या र तिनीहरुको समाधान गर्ने बिषयमा शुक्रबार सरोकारवालाहरूसंग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, कास्कीका प्रमुख लिलाधर पौडेलले यातायात क्षेत्रमा देखिएका समस्या र तिनीहरुको समाधान गर्ने तथा सेवाग्राहीका गुनासा समाधान गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । उनले यातायात व्यबस्थित हुन चालक, र सह चालक व्यवस्थापन ,सडक पार्किङ ,सडक दुर्घटना र सबारी प्रदुषण व्यबस्थापनमा जोड दिए । अपाङ्ग र प्रविधिमैत्री यातायातमा प्राथामिकता दिदैं उनले सडकमा दुर्घटना न्यूनीकरण गरेर यात्र।मैत्री यातायात क्षेत्र निर्माणका लागि सबैको सामुहिक प्रयासमा जोड दिए । रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक र यात्रा सुरक्षित बनाउनेतर्फ आफ्नो नीति तथा कार्याक्रम कार्यान्वयन भैरहेको जानकारी दिदै देखिएका कमजोरी तत्काल सुधार्न प्रयत्न भएको उल्लेख गरे ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिब नवराज शर्माले स्थानिय यातायात ब्यबस्थापनका लागि स्थानिय तहका सरकार सहित व्यबस्थापन हेर्ने सरकारी संस्थालाई बढी भन्दा बढी जिम्मेवार बनाउने प्रयास भईरहेको बताए । कार्यक्रममा सहभागीबाट समयमा सवारी अनुमति नबिकरण नहुनु , सवारी चाप बढी हुँदा व्यबस्थापनमा असहज भएको ,सवारीहरूको तिब्रगति र ओभरटेक ,बस स्टप व्यबस्थित हुन नसकेको , घुम्तीमा लेन्सको व्यबस्थापन ,लेन अनुसासनका लागि कार्य गर्न , मालबाहक सबारीको पार्किङ व्यबस्थापन लगायतका सुझाव प्राप्त भएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए । नागरिक समाजका अगुवा राम बहादुर पौडेलले सडक ब्यबस्थित बनाउन चालकहरू पहिले अनुशासित हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा यातायात व्यबस्थापनका समस्या ,चुनौती र समाधानका प्रयासका सन्दर्भमा यातायात व्यबस्था कार्यालय गण्डकीका प्रमुख ढाकाराम शर्माले अवधारणा प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कालिका बहुमुखी क्याम्पसमा अन्तर संकाय छात्र तथा छात्रा फइभ ए साइड फुटबल…







