तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम यही असार ६ गते, शनिबार गोर्खा जिल्लाको हरमटारीमा सम्पन्न गरियो ।
तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाको समन्वय र व्यवस्थापनमा सम्पन्न यस कार्यक्रममा ३० जना गोर्खा जिल्लाका विभिन्न ग्रामीण भेगका सार्वजनिक विद्यालयका तमु विद्यार्थीहरुलाई जनही वार्षिक रु ८,०००/- को दरले छात्रवृत्ति रकम वितरण गरेको छ । यो रकम विद्यार्थीहरुले कक्षा ९ देखि १२ सम्म निरन्तर चार वर्षसम्म प्राप्त गर्नेछन् । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, शिक्षक, अभिभावकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको यस कार्यक्रममा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद, गोरखा जिल्ला कार्यसमितिका अध्यक्ष रामबहादुर तमु, विद्यार्थी एलिना तमु, कार्यक्रम संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुले आफ्ना भनाइ राख्नुभएको थियो भने संस्थाका सदस्य लोकबहादुर तमुले मोटिभेसनल स्पिच दिनुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा सात जनाको समूह गोर्खा पुगी आयोजना गरिएको यस तेस्रो चरणको कार्यक्रमको अध्यक्षता अध्यक्ष तमुले गर्नुभएको थियो र कार्यक्रम सन्चालन सचिव कन्चन तमुले गरेको थियो ।

संस्थाका अध्यक्ष तमुकै नेतृत्वमा संस्थाबाट चार जनाको समूह गत जेठ ३१ गते, शनिबार लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर स्थित गुरुङ सङ्ग्राहलयमा गइ पोखरामा उपस्थित हुन कठिनाइ भएका यस जिल्लाका १६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरियो । तमु प्ये ल्हु संघ केन्द्रिय क्ल्हेप्री समितिका अध्यक्ष सन्तोष तमुको समन्वय र सहयोगमा सम्पन्न उक्त कार्यक्रममा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद लमजुङका अध्यक्ष जीवराज घले, तमु प्ये ल्हु संघ लमजुङका अध्यक्ष क्या. मिनबहादुर तमु लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पूर्व जनप्रतिनिधि, पत्रकार, अभिभावकहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम कार्यक्रम संयोजक श्रीजङ तमुले सन्चालन गर्नुभएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






