देश

बजारमा सिटामोलको माग उच्च

काठमाडौँ । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खानमन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका… पुरा पढौ

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

देउखुरी । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन् । सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । उनले सरकारी वकिल कार्यालयको दोस्रो तल्लाबाट हामफालेर बन्दी भागेको जानकारी दिए । शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको उनले बताए ।रासस पुरा पढौ

हितैसी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

हितैसी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ। सहकारीको १०औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको हो। साधारण सभाले नियमित रुपमा कारोबार गर्ने सेयर सदस्यहरुलाई बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाका अध्यक्ष शेर बहादुर कार्किको सभापतित्व एवं कास्की बचत संघका अध्यक्ष भेषराज बरालको प्रमुख आतिथ्यमा भएको साधारण सभाले बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले स्थपनाकालदेखि नै संस्थामा आवद्ध सदस्यहरुको विकास, प्रवद्र्धन र… पुरा पढौ

महानगरपालिकाद्वारा पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना हटाउन सुरु गरेको हो । वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर निर्माण गरिएका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे पनि व्यापारीले नहटाएका कारण महानगरको टोलीले हटाउन सुरु गरेको हो । पटक–पटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरूपमा उत्रिएर संरचना हटाउन थालिएको अध्यक्ष सङ्गतले… पुरा पढौ

काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँ । राजधानी काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए । उनका अनुसार काठमाडौँमा विगत तीन घण्टामा ४६ मिलीमिटर वर्षा मापन गरिएको छ । बारामा सबैभन्दा बढी एक सय १२ मिलीमिटर वर्षा भएको छ । उपत्यकामा खण्डितरूपमा कतिपय स्थानमा भारी वर्षा पनि भएको छ । सिंहदरबार, माइतीघर, पुतलीसडक, रत्नपार्क, त्रिपुरेश्वरलगायत क्षेत्रमा बढी वर्षा भएको जनाइएको छ । देशभरको वर्षा र तापक्रमको विवरण महाशाखाले… पुरा पढौ

राष्ट्रपतिबाट शोक पुस्तिकामा हस्ताक्षर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन । राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिन ।रासस पुरा पढौ

बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दु:ख व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई माया गर्ने व्यक्तित्व गुमाएको उल्लेख गरेका छन् । सन् १९६१ र सन् १९८६ मा भएका उनका दुई राजकीय भ्रमणलाई स्मरण गर्दै देउवाले एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको उल्लेख गरेका हुन् । एलिजाबेथ द्वितीयाले आफूलाई काम, सम्मान र सेवाले परिचित गराएको देउवाको भनाई छ । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुई पोस्ट गर्दै श्रद्धान्जली र समवेदना व्यक्त गरेका हुन्… पुरा पढौ

१०९ औँ बीपी जयन्ती मनाइँदै

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज (शुक्रबार) देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुन:स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा… पुरा पढौ

साफ यु–१७: आज नेपाल–भारत भिड्दै

श्रीलंकामा जारी साफ यु–१७ च्याम्पियनसीप फुटबलमा नेपालले आज (शुक्रबार) भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । आज नेपाल भारतलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने योजनामा रहने छ । तर, भारतलाई हराउन नेपाललाई सहज भने छैन । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ । समूह ’बी’ मा रहेको नेपाल र भारत यसअघि नै सेमिफाइनल पुगिसकेको छ । ३ अंक… पुरा पढौ

साफ यु–१७: नेपाल सेमिफाइनलमा

साफ १७ वर्षमुनिको च्याम्पियनसीप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । श्रीलंकामा गएराति भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको हो । कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका उनेश बुढाथोकी र सिमान्त थापाले १/१ गोल गरे । भुटानका जेत्सुन दोर्जीले १ गोल फर्काए । खेलको १३औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। सिमान्तले खेलको ५७ औँ मिनेटमा गोल थपे । खेलको ६८ औँ मिनेटमा भुटानका दोर्जीले १ गोल फर्काए पनि त्यसपछि गोल थप्न… पुरा पढौ