पोखरा, बैशाख १३ रुपा गाउँपालिकाको अध्यक्षमा ३ पार्टीका १ महिलासहित ३ जनाले उम्मेदवारी दिएका छन् । रुपामा एमालेका नवराज ओझा, कांग्रेसकी गीमाया गुरुङ र राष्ट्रिय जनमोचाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । रुपाको उपाध्यक्षमा ५ पार्टीका २ महिलासहित ५ जनाले उम्मेदवारी दिएका छन् । रुपमा एमालेकी लालसुबा गुरुङ, कांग्रेसका नारायणकुमार श्रेष्ठ, माओवादी केन्द्रका नवराज बराल, नेकपा एसका कपिल पौडेल र राष्ट्रिय जनमोर्चाकी शान्तीदेवी बोहोराले उम्मेदवारी दर्ता गरेका छन् ।
पुरा पढौ