देश

०७८ असार मसान्तसम्म कोषमा सूचीकृत हुन सामाजिक सुरक्षा कोषको आग्रह

सामाजिक सुरक्षा कोषले २०७८ असार मसान्तसम्म सरोकारवाला सबै निजी तथा संगठित संस्थाहरूलाई कोषमा सूचीकृत हुन आग्रह गरेको छ। कोषले शुक्रबार एक सूचना जारी गर्दै भनेको छ, ‘असार मसान्तसम्म सूचीकरण गरी समाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५ को दोस्रो संशोधनले दिएको सुविधा उपयोग गर्नुका साथै ऐनको दफा १९ र २० एवं संविधानको धारा ३४ को पूर्ण परिपालन गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।’ पुरा पढौ

पत्रकार महासंघ निर्वाचन: अझै १९ सय मत गन्न बाँकी

नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न निर्वाचनको अझै १९ सय मत गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार मत परिणाम भोलिसम्म आइसक्ने जनाइएको छ। थोरै मतदाता भएका शाखाको मत परिणाम आइसकेको र कतिपय शाखाबाट आउने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ। पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एसोसिएटमा मतदान भएको थियो। अधिकांश जिल्ला शाखाको मतपरिणम आइसकेको भएपनि केन्द्र र प्रतिष्ठान र यसोसिएटको मतगणना जारी छ । १३ हजारको… पुरा पढौ

यस वर्ष ३०३ जनाले नेपालका हिमाल चढ्दैछन्

यस वर्ष ३०३ जनाले नेपालका हिमालहरु चढ्दैछन् । उनीहरुले नेपालको हिमाल चढ्नलाई अनुमति लिएका छन्। यस ३०३ आरोही संख्याले सगरमाथासहित अन्य हिमाल चढ्न हालसम्म अनुमति लिएको हो। पर्यटन विभागले हालसम्म ३७ वटा समूहले आरोहणको अनुमति लिएको जनाएको हो। जसमध्ये १८ वटा समूह सर्वोच्च शिखर सगरमाथा चढ्नेछन्। यस वर्ष हिमाल आरोहणबाट नेपाललाई २३ करोड रुपैयाँ रोयल्टी संकलन हुने विभागले जनाएको छ। पुरा पढौ

१९ जनाविरुद्ध भष्ट्राचार मुद्दा

नेपाल अख्तियार दुरुपयोग अनुसन्धान विभागले १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विभागले गैरकानूनी रुपमा सवारी चालक अनुमतिपत्र परीक्षाको परिणाम फेरबदल गरेर भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध बिहीबार काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदी, तत्कालीन शाखा अधिकृतद्वय सीताराम खनाल र डेकराज पोखरेल र अन्य कर्मचारीहरूविरुद्ध मुद्दा दायर गरेको हो। यसैगरी, कर्मचारी शाखा अधिकृत ध्रुवराज देवकोटा, नायब सुब्बा ललितबहादुर वली, नायब सुब्बा केशवराज डाँगी, नायब सुब्बा हुतराज पौडेल, नायव सुब्बा सतानन्द… पुरा पढौ

फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय रोक्न सर्वोच्चको आदेश

पर्वत । पर्वतको फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय तत्कालका लागि रोक्का गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यसपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन गरिँदै आएको नगरपालिकाको केन्द्र परिवर्तन गर्ने नगर कार्यपालिकाले पुसमा निर्णय गरेको थियो । नगर कार्यपालिकाको बैठकले अहिले सञ्चालनमा रहेको नगरकार्यपालिकाको कार्यालय फलेवास–५ कै झकलकमा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त निर्णयलाई रोक्का गर्न आदेश दिएको हो ।… पुरा पढौ

आज पत्रकार महासंघको चुनाव, जिल्लाबाटै मतदान गर्न पाइने

आज चैत्र २५ गते (बुधबार), नेपाल पत्रकार महासंघको केन्द्रदेखि, प्रदेश र जिल्लाहरुमा पदाधिकारी तथा सदस्यहरुका लागि चुनाव हुँदैछ। महासंघको चुनावका लागि विभिन्न राजनीतिक दलनिकट पत्रकार संगठनहरु प्यानल बनाएर निर्वाचनमा होमिएका छन्। केन्द्रदेखि प्रदेश र जिल्ला शाखासम्म अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि निर्वाचनको तयारी तीव्र पारिएको छ। महासंघको केन्द्रीय निर्वाचनका लागि वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ। निर्वाचन मण्डलले सम्पूर्ण तयारी पूरा गरेको र मतपत्र प्रकाशन गरी प्रदेश तथा जिल्ला शाखामा पठाएको निर्वाचन मण्डलले जनाएको… पुरा पढौ

वायु प्रदूषण : बाहिर ननिस्कन विज्ञको सुझाव

काठमाडौँ। काठमाडौँ सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्। वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गरे । उनले वायु प्रदूषणका… पुरा पढौ

महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

काठमाण्डौं । नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ । महासङ्घका सचिव प्रकाश थापाका अनुसार प्रदेश नं १ मा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगु केन्द्रीय प्रतिनिधि तोकिएका छन् । यस्तै प्रदेश नं २ मा सचिव शितल महतोको… पुरा पढौ

नेपाल पत्रकार महासङ्घमा पोखरेल नेतृत्वको उम्मेदवार घोषणा

काठमाण्डौं । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले आज संयुक्तरूपमा उम्मेदवार घोषणासभाको आयोजना गरेका छन् । आज काठमाण्डौँ आयोजित कार्यक्रममा विपुल पोखरेल नेतृत्वको महासङ्घ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल घोषणा गरिएको हो । घोषित उम्मेदवारहरूमा अध्यक्षमा पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्ष महिलामा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी हुनुहुन्छ । यस्तै खुला सचिवमा गोविन्दप्रसाद चौलागाईँ, महिला सचिव सुजना अर्याल, आदिवासी जनजाती सचिव… पुरा पढौ

कसैले राजीनामा माग्दैमा दिन सकिँदैन : प्रधानमन्त्री

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे । समर्थन फिर्ता नगर्ने तर राजीनामा दिनदिनै माग्ने गरेको उनको भनाइ थियो । “दिनदिनै मेरो राजीनामा मागेका छन् । एक दिन होइन । दुई दिन होइन । एउटाले होइन, दुईटाले मागेका छन् मागेको माग्यै छन्”, उनले भने, “मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु । तैपनि… पुरा पढौ