देश

चैत्र कृष्ण औंसीको दिन आज, अर्थात घोडेजात्रा

आज चैत्र कृष्ण औंसीको दिन अर्थात घोडेजात्रा। आजको दिनलाई इन्द्र सकुनी उत्तरभाद्रपदा तथा घोडेजात्राको दिनपनि भनिन्छ। प्रत्येक वर्षको जस्तै आज (आइतबार) घोडेजात्राको अवसरमा काठमाण्डौं उपत्यकामा घोडे जात्रा मनाइँदैछ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ। परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ । घोडेजात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिसाच चर्तुदर्शीका रुपमा समेत लिइन्छ। त्यस्तै, प्रत्येक वर्षको चैत्र शुक्ल… पुरा पढौ

प्रहरीका ३ सय ३६ इन्स्पेक्टरको सरुवा ( को–कहाँ ? सूचीसहित)

नेपाल प्रहरीका ३ सय ३६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रवार साँझ इन्स्पेक्टरहरूको सरुवा गरेको हो। १ वर्षमा नियमित सरुवा गर्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले पछिल्लो चार महिनादेखि सरुवा गर्न सकेको थिएन । शुक्रबार सरुवा भएका प्रहरी निरीक्षकहरू ०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा रहेका थिए। ( को–कहाँ ? सूचीसहित) Nepal-Police-Inspector-Posting-4Download पुरा पढौ

बराललाई नेपाल सरकारको प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा सम्मान

डिभिजन वन कार्यालय कास्कीका प्रमूख केदार बराललाई नेपाल सरकार प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा सम्मानित भएका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति विद्या भण्डारीले बराललाई सम्मान गरेकी हुन्। समारोहमा बरालसँगै बरालसहित ४ सय ५० जनालाई राष्ट्रपति भण्डारीले सम्मान गरेकी हुन्। नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ। विभूषित हुनेहरुको सूची गृहमन्त्रालयको वेबसाइटमा समावेश गरिएको छ।गत वर्ष विभूषण समितको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट २, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट… पुरा पढौ

०७८ असार मसान्तसम्म कोषमा सूचीकृत हुन सामाजिक सुरक्षा कोषको आग्रह

सामाजिक सुरक्षा कोषले २०७८ असार मसान्तसम्म सरोकारवाला सबै निजी तथा संगठित संस्थाहरूलाई कोषमा सूचीकृत हुन आग्रह गरेको छ। कोषले शुक्रबार एक सूचना जारी गर्दै भनेको छ, ‘असार मसान्तसम्म सूचीकरण गरी समाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५ को दोस्रो संशोधनले दिएको सुविधा उपयोग गर्नुका साथै ऐनको दफा १९ र २० एवं संविधानको धारा ३४ को पूर्ण परिपालन गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।’ पुरा पढौ

पत्रकार महासंघ निर्वाचन: अझै १९ सय मत गन्न बाँकी

नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न निर्वाचनको अझै १९ सय मत गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार मत परिणाम भोलिसम्म आइसक्ने जनाइएको छ। थोरै मतदाता भएका शाखाको मत परिणाम आइसकेको र कतिपय शाखाबाट आउने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ। पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एसोसिएटमा मतदान भएको थियो। अधिकांश जिल्ला शाखाको मतपरिणम आइसकेको भएपनि केन्द्र र प्रतिष्ठान र यसोसिएटको मतगणना जारी छ । १३ हजारको… पुरा पढौ

यस वर्ष ३०३ जनाले नेपालका हिमाल चढ्दैछन्

यस वर्ष ३०३ जनाले नेपालका हिमालहरु चढ्दैछन् । उनीहरुले नेपालको हिमाल चढ्नलाई अनुमति लिएका छन्। यस ३०३ आरोही संख्याले सगरमाथासहित अन्य हिमाल चढ्न हालसम्म अनुमति लिएको हो। पर्यटन विभागले हालसम्म ३७ वटा समूहले आरोहणको अनुमति लिएको जनाएको हो। जसमध्ये १८ वटा समूह सर्वोच्च शिखर सगरमाथा चढ्नेछन्। यस वर्ष हिमाल आरोहणबाट नेपाललाई २३ करोड रुपैयाँ रोयल्टी संकलन हुने विभागले जनाएको छ। पुरा पढौ

१९ जनाविरुद्ध भष्ट्राचार मुद्दा

नेपाल अख्तियार दुरुपयोग अनुसन्धान विभागले १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विभागले गैरकानूनी रुपमा सवारी चालक अनुमतिपत्र परीक्षाको परिणाम फेरबदल गरेर भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध बिहीबार काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदी, तत्कालीन शाखा अधिकृतद्वय सीताराम खनाल र डेकराज पोखरेल र अन्य कर्मचारीहरूविरुद्ध मुद्दा दायर गरेको हो। यसैगरी, कर्मचारी शाखा अधिकृत ध्रुवराज देवकोटा, नायब सुब्बा ललितबहादुर वली, नायब सुब्बा केशवराज डाँगी, नायब सुब्बा हुतराज पौडेल, नायव सुब्बा सतानन्द… पुरा पढौ

फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय रोक्न सर्वोच्चको आदेश

पर्वत । पर्वतको फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय तत्कालका लागि रोक्का गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यसपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन गरिँदै आएको नगरपालिकाको केन्द्र परिवर्तन गर्ने नगर कार्यपालिकाले पुसमा निर्णय गरेको थियो । नगर कार्यपालिकाको बैठकले अहिले सञ्चालनमा रहेको नगरकार्यपालिकाको कार्यालय फलेवास–५ कै झकलकमा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त निर्णयलाई रोक्का गर्न आदेश दिएको हो ।… पुरा पढौ

आज पत्रकार महासंघको चुनाव, जिल्लाबाटै मतदान गर्न पाइने

आज चैत्र २५ गते (बुधबार), नेपाल पत्रकार महासंघको केन्द्रदेखि, प्रदेश र जिल्लाहरुमा पदाधिकारी तथा सदस्यहरुका लागि चुनाव हुँदैछ। महासंघको चुनावका लागि विभिन्न राजनीतिक दलनिकट पत्रकार संगठनहरु प्यानल बनाएर निर्वाचनमा होमिएका छन्। केन्द्रदेखि प्रदेश र जिल्ला शाखासम्म अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि निर्वाचनको तयारी तीव्र पारिएको छ। महासंघको केन्द्रीय निर्वाचनका लागि वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ। निर्वाचन मण्डलले सम्पूर्ण तयारी पूरा गरेको र मतपत्र प्रकाशन गरी प्रदेश तथा जिल्ला शाखामा पठाएको निर्वाचन मण्डलले जनाएको… पुरा पढौ

वायु प्रदूषण : बाहिर ननिस्कन विज्ञको सुझाव

काठमाडौँ। काठमाडौँ सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्। वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गरे । उनले वायु प्रदूषणका… पुरा पढौ