वायु प्रदुषण विश्लेषण गर्ने संस्था आइक्यूएको नक्सामा सोमबार पृथ्वीको धेरै भाग रातो देखिएको छ। रातो भागभित्र काठमाडौंसमेत पर्दछ । नक्सामा रातो रङले अस्वस्थकर वायुको संकेत गर्छ। केही दिनयता नेपालसहित एसियाली देशहरुमा प्रदूषण विकराल देखिन्छ। वातावरणविद्हरुका अनुसार पहिलोपटक नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बलसम्मै पुगेको छ। आईक्यूएअरको तथ्यांकले ५ दिनयता नेपालसहित एसियाली मुलुकमा तुँवालोको अवस्था विकराल बन्दै गएको देखाएको छ। नेपालमा भने पूर्वी भागमा, तराई, पहाड र हिमालसम्मै तुँवालोले सीमा नाघेको छ। म्यानम्यारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दकुश हिमालय क्षेत्रमा प्रदुषण बढी देखिन्छ।…
पुरा पढौ