देश

चौथो विश्व नेवाः दिवस, विविध कार्यक्रमसहित नेवार समुदायले देश, विदेशमा दिवस मनाउँदै

आज मार्च महिनाको अन्तिम शनिबार अर्थात चौथो विश्व नेवाः दिवस। हरेक वर्षको मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवाः दिवस’का रूपमा मनाइन्छ। यो दिवस सन् २०१८ बाट मनाउन शुरु गरिएको हो । काठमाडौं उपत्यका मूलथलो भएको नेवार समुदाय एउटा मूलबासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि छ। त्यतिमात्र हैन, नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा नै प्रचलित छन्। नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च… पुरा पढौ

कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचारको क्रममा निधन

काठमाण्डौं । कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ । मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार जोशीको उपचारका क्रममा शुक्रबार उपचारका क्रममा निधन भएको हो । फागुन १३ गते राति जोशीलाई मस्तिष्कघात भएपछि विर अस्पताल हुँदै नर्भिक अस्पस्ताल लगिएको थियो । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका जोशी एक महिनादेखि मस्तिष्कघातको उपचारत अवस्थामा अस्पतालमै थिए । उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे । पुरा पढौ

सृजना कप भलिबलको फाइनल भोलि

तेश्रो सृजना कप सामुदायीक मावि छात्र\छात्रा भलिवल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र कालिका मावि भिड्ने भएका छन् । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा भइरहेको तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता अन्तर्गत छात्रातर्फको उपाधिका लागि शान्ता मावि र अमरसिंह मावि प्रतिष्पर्धामा उत्रिने छन् । विहीबार भएको खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेका उनीहरु शुक्रबार उपाधिका लागि भिड्नेछन् । यसअघी चैत १४ गते शनिबार फाइनल खेल हुने भनिएपनि कोरोना संक्रमण बढेपछि… पुरा पढौ

देशकै सर्वोत्कृष्ट नगरपालिका, वालिङ

स्मार्ट सिटीका रुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका देशकै सर्वोत्कृष्ट भई पुरस्कृत भएको छ। शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा वालिङ नगरपालिका देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो। नेपाल नगरपालिका संघको २८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणलाई सर्वोत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गरेका हुन्। सर्वोत्कृष्ट नगरपालिका घोषणा भएसँगै प्रमुख खाँणले आगामी दिनमा काम गर्नका लागि थप ऊर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिए। ‘वालिङ नगरपालिका… पुरा पढौ

सृजना कप छात्र\छात्रा भलिबल प्रतियोगिता शुरु

तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता बुधबारदेखि पोखरामा शुरु भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यहि चैत १४ गतेसम्म हुने प्रतियोगिताको बुधबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेका हुन् । प्रतियोगिताको पहिलो दिन छात्रतर्फका १२ खेल सम्पन्न भए । पहिलो दिनको खेलमा जित हात पार्दै मेश्रम वराह मावि घान्द्रुक, भद्रकाली मावि, शान्ता मावि, महेन्द्र मावि, कालिका मावि (बी), अमरसिंह मावि, जनप्रिय मावि र वराही… पुरा पढौ

खेलाडीको सारथी बन्दै राखेप सदस्य गुरुङ

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेशकुमार गुरुङले भलिबल खेलाडी विवेक सुनारको विद्यालयमा लाग्ने सबै शुल्क तिरिदिने भएका छन् । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा विहीबारदेखि शुरु भएको तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगितामा खेल्न आएका शान्ता मावि भकुण्डेका भलिबल खेलाडी सुनारको खेल देखेर प्रभावित भएका गुरुङले सुनारको ३ वर्षसम्मको विद्यालय शुल्क तिरिदिने घोषणा गरेका हुन् । सुनार शान्ता मावि भकुण्डेमा कक्षा ११ मा अध्ययनरत छन् । सामुदायिक विद्यालय भएकाले मासिक… पुरा पढौ

गण्डकी प्रदेशका लोकसेवा पदाधिकारीले लिए शपथ

पोखरा । गण्डकी प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा आयोगका नवनियुक्त अध्यक्ष विष्णुप्रसाद नेपाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोखरेलले शपथ गराएका हुन् । आफ्नो शपथलगत्तै अध्यक्ष नेपालले सदस्य कल्पना लम्साललाई पद तथा गोपनीयताको शपथ गराए । गण्डकी सरकारले यही चैत ७ गते आयोगका पदाधिकारीमा उनीहरुलाई नियुक्त गरेको थियो । गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा कास्कीमा… पुरा पढौ

सृजना कप छात्र÷छात्रा भलिबल प्रतियोगिता भोलिदेखि

पोखरामा भोलिदेखि तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता शुरु हुँदैछ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यहि चैत १४ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकहरुले जनाएका छन् । प्रतियोगिताको भोलि दिउँसो १ बजे गण्डकी प्रदेशका आर्थिका मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्ने आयोजक मध्येका एक सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए । प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ ११ टिमले सहभागिता जनाउँदैछन् । उद्घाटनका दिन भोलि बुधबार… पुरा पढौ

शव व्यवस्थापन गरेर बचत भएको रकम परिवारलाई हस्तान्तरण

साइप्रसमा मृत्यू भएका पोखराका एक व्यक्तिको शव व्यवस्थापन गरेर बचत भएको रकम परिवारलाई हस्तान्तरण गरिएको छ । साइप्रसमा मृत्यू भएका पोखराका रोशन अधिकारीको शव व्यवस्थापनका लागि साइप्रसमा रहेका नेपालीहरुले संकलन गरेको रकमबाट शव व्यवस्थापन गरेपछि बचत भएको रकम उनको परिवारलाई हस्तान्तरण गरिएको हो । होनररी कन्सुलेट अफ नेपाल निकासियाको सहकार्यमा गैर आवासीय नेपाली संघ साइप्रसले अधिकारीको शव व्यवस्थापनका लागि सहयोग अपिल गर्दा ३ लाख ५१ हजार २ सय १० रुपैयाँ संकलन भएको थियो । संकलित रकम मध्ये २ लाख ४१… पुरा पढौ

बङ्गलादेशका राष्ट्रपिताको स्मृति सङ्ग्रहालयमा राष्ट्रपति भण्डारी

काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी  राष्ट्रपति विद्यादेवी भण्डारीले आज त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानका स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन गरेकी छन् । बङ्गलादेश स्वतन्त्रता आन्दोलनका अग्रणी बङ्बन्धुलाई हत्या गरिएको घरसमेतलाई सङ्ग्रहालय बनाइएको छ । बङ्गलादेशका पहिलो राष्ट्रपति र पछि सन् १९७१ मा प्रधानमन्त्री भएका मुजिबरको १९७५ अगष्ट १५ मा हत्या गरिएको थियो । राष्ट्रपति भण्डारीले त्यहाँस्थित बङ्गबन्धुका शालिकमा श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै सङ्ग्रहालयद्वारा निर्मित भिडियो वृत्तचित्र अवलोकन गरेकी थिइन्। उनले  संग्राहलयको आगन्तुक पुस्तिकामा… पुरा पढौ