देश

पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ ९एनटिभिए० गण्डकी प्रदेशले पोखरा– ढोरपाटन पर्यटन प्रवद्र्धन कार्यक्रम प्रारम्भ गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका प्रारम्भ भएको कार्यक्रममा सङ्घ आवद्ध सदस्यसँगै पोखरामा क्रियाशील विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मीसहित ४५ जना सहभागी छन् । सङ्घका प्रथम उपाध्यक्ष रवीप्रसाद आचार्यका अनुसार नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बागलुङमा कास्कीको घान्द्रुक, बागलुुङ, म्याग्दी र पर्वतका यातायातसम्बद्ध व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण तालिम दिइने छ । ढोरपाटनमा त्यहाँका पर्यटन व्यवसायीसँग पनि छलफल गरिने छ । रासस पुरा पढौ

एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमबार देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन २०७४ को दफा ४१ को व्यवस्था कार्यान्वयन गर्न भनेको हो । यसअघि पटक–पटक निर्देशन गर्दा पनि अटेरी भएको भन्दै विभागले ऐनको व्यवस्था अविलम्ब कार्यान्वयन गर्न भनेको हो । “केही व्यक्तिहरु दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भइरहेकाले निर्देशनका बाबजुत यसरी हालसम्म पनि दोहोरो सञ्चालकमा बहाल रहनुभएका सञ्चालक सदस्यलाई यथाशीघ्र उक्त… पुरा पढौ

भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल आवश्यक ः मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलुकद मन्त्री विन्दु कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल हुन आवश्यक भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना र सुशासनका लागि नागरिक समाजको समन्वयमा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उनले प्रदेश सरकारको ऐन–कानूनलाई नागरिकमैत्री बनाउनु आजको आवश्यकता भएको र प्रदेश सरकार लागिरहेको उल्लेख गरे । “सार्वजनिक पद धारण गर्ने व्यक्तिबाटै इमानदार पहल भएको खण्डमा मात्र भ्रष्टाचार नियन्त्रण सम्भव छ । राजनीतिक नेतृत्वदेखि प्रशासनिक तहसम्म… पुरा पढौ

पोखराका पत्रकारसँग बिमा प्राधिकरणको अन्तरक्रिया,आर्थिक दायित्वबाट सुरक्षित रहन बिमाको आवश्यकता

नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशले कास्कीका पत्रकारसँग बिमा सम्वन्धि छलफल तथा अन्तरक्रिया गरेको छ । बिमाको आवश्यकता र महत्वलाई विशेष प्राथमिकतामा राखेर प्राधिकरणले मंगलबार नेपाल पत्रकार महासंघ कास्कीका प्रत्रकारसँग छलफल तथा अन्तरक्रिया गरेको हो । बिमाको विषयमा जानकारी सहितको प्रस्तुती रहेको अन्तरक्रियामा बिमासँग सम्वन्धित बिमित कम्पनिका प्रतिनिधिहरु र कास्कीमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको उपस्थिति रहेको थियो । अन्तरक्रियामा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भु प्रसाद मिश्रले बिमा र गण्डकी प्रदेशको अवस्थाका विषयमा प्रस्तुती राखेका थिए । आर्थिक दायित्वबाट सुरक्षित… पुरा पढौ

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनका लागि तीव्र गतिमा काम गर्ने सरकार भएको बताएकी छन् । भ्रष्टाचारविरुद्धको २२औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सुशासनको माग राखेर भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार भएकाले आफूहरुले नियमित कार्यसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको बताएकी हुन् । “जेनजीका माग र अपेक्षा बमोजिमका आशातित उपलब्धि हासिल हुन समय लाग्न सक्छ तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने… पुरा पढौ

एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले प्रतिनिधिहरुको विवरण अध्यावधिक गरिरहेको जनाइएको छ । विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन् । मनोनितसहित प्रतिनिधिको सङ्ख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिए । बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य सहभागी हुने… पुरा पढौ

म्याग्दीको रत्नेचौरमा ‘एक घर, एक धारा’ योजना सम्पन्न

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा कालीगण्डकी नदीको पानी तानेर ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना सम्पन्न भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजनाबाट २४९ घरपरिवार लाभान्वित भएका छन् । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले योजनाको संरचना निर्माण सकिएपछि यसै हप्तादेखि परीक्षणका लागि पानी वितरण थालिएको जानकारी दिए । “विद्युतीय उपकरणको सहायताले कालीगण्डकीको पानीलाई तीन चरणमा ४५० मिटरमाथि रहेको सालघारीको ट्याङ्कीमा तानेर मुख्य र शाखा लाइनमार्फत घरघरमा वितरण थालेका छौँ”, उनले… पुरा पढौ

पोखरामा हिमालय क्रिकेट एकेडेमी कप यु १६ अन्तर बिद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता हुने

पोखरा । पोखरामा हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामि मंसिरको २५ देखि पुषको ६ गते सम्म पोखरा क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगितामा कास्कीका १२ वटा विद्यालयको सहभागीता रहने प्रतियोगिता संयोजक बिरेन्द्र पुनले जानकारी दिए । पुनका अनुसार प्रतियोगितामा ग्लोबल कलेजियट स्कुल, रत्नज्योति सेकेण्डरी स्कुल, कुमुदिनी होम्स, प्रतिभा सेकेण्डरी स्कुल,… पुरा पढौ

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टिबारे पनि छलफल गरिने महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने तथा महामन्त्री डा धवलशम्शेर जबराले पार्टीको… पुरा पढौ

कांग्रेस कास्की–२ मा प्रत्यक्ष र समानुपातिकमा गरी १८ जनाको आवेदन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न चाहनेको लर्को नै लागेको छ । केन्द्रको परिपत्रअनुसार कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार छनोट प्रक्रिया सुरु गर्दा प्रत्यक्षतर्फ मात्रै १३ जनाले मनोनयन पेस गरेका छन् भने समानुपातिकतर्फ ५ जनाको आवेदन परेको क्षेत्रीय सभापति केशर निर्दोषीले जानकारी दिए । कास्की–२ मा प्रत्यक्ष तर्फ मनोनयन दर्ता गर्नेमा बिरेन्द्र नारायण विजुक्छे, देवराज गुरुङ,क्रृषिराम काफ्ले, माधवप्रसाद बास्तोला मधु,शिरोज विजय कोईराला,शिरषकुमार बास्तोला,माईकल कर्माचार्य,निर्दोषविक्रम पौडेल,किरण केसी,गुरुप्रसाद बराल,लक्ष्मी कार्की,राजेन्द्र… पुरा पढौ