देश

अन्नपूर्ण आमा समुहद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

पोखरा मंसिर २२ । पोखरा महानगरपालिका वडा नं –६ बैदाम शान्तिपथ भतमारामा स्थित अन्नपूर्ण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको छ । अन्नपूर्ण आमा समुह पोखरा वडा नं –६ बैदाम को सहयोगमा न्यानो कपडा प्रदान गरिएको हो ।आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयका ५४ जना विद्यार्थीहरूलाई एक विद्यार्थी एक स्विटर, पेन्टी र जुत्तामोजा गरि करिब ५० हजार रुपैयाँ बराबरको सामाग्रीहरू उपहारस्वरूप प्रदान गरिएको समुहकी अध्यक्ष रेनु लामिछानेले जानकारी दिइन ।पोखरा महानगर… पुरा पढौ

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

“भर् जन्म घाँस तिर मन् दिई धन कमायो ।नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो । म भानुभक्त धनी भैकन किन यस्तो ।।” नेपाली साहित्य क्षेत्रमा आदिकवि भानुभक्तले घाँसीबाट पाएको प्रेरणालाई लिपिबद्ध गरी लेखेको कविताको यो पङ्क्ति आज पनि उत्तिकै चासो र चर्चामा छ । तनहुँको चुँदी रम्घामा जन्मेर नेपाली भाषा र साहित्यका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका भानुभक्तले नेपाली साहित्यको प्रारम्भिक चरणमा कविता र काव्यका माध्यमबाट नेपाली साहित्याकाशमा ठूलो गुन लगाएका छन् ।… पुरा पढौ

प्रतिनिधिसभा पुनर्स्थापनाको मागले कांग्रेसमा किचलो

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएपछि नेपाली कांग्रेसभित्र विवाद देखिएको छ । कांग्रेसका नेताहरूले केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कुनै संस्थागत निर्णय नगरेको बताउँदै, सांसदहरूले सर्वोच्चमा पेस गरेको रिट व्यक्तिगत भएको स्पष्ट पारेका छन् । नेपाली कांग्रेसका ८ जना निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट पेस गरेका थिए । पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पुनर्स्थापनाका लागि पार्टीले रिट दायर गर्ने निर्णय नगरेको र रिट दायर गर्ने सांसदहरूको निर्णय व्यक्तिगत भएको बताए ।उनले… पुरा पढौ

पोखरा १९ मा स्वास्थ्य स्वयंसेविका सम्मानित

सामुदायिक स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिने २ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । तल्लाकोट स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र पोखरा १९ पुरञ्चौरले भगवती आचार्य र देबु कुमारी भट्टराईलाई सम्मान गरेको हो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ को अवसरमा आयोजना गरिएको कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले महिला स्वास्थ्य स्वयं सेविका आचार्य र भट्टराईलाई सम्मान गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले स्वस्थ समाज र समुदाय निर्माणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपुर्ण रहेको बताए ।… पुरा पढौ

गभर्नर पौडेलको घरमा आगजनी गर्ने मध्ये केहीको पहिचान

प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने केही व्यक्तिको पहिचान भएको जनाएको छ । प्रदर्शनकारीले उनको घर आगजनी तथा लुटपाट गरेका थिए ।सो कार्यमा संलग्नको भिडियो फुटेज फेला पारे पछि प्रहरीले अहिले आगजनीमा संलग्न समूहको नै खोजी गर्न थालेको छ ।फुटेजमा देखिएका केही युवाको पहिचान भएको र बाँकीको खोजिकार्य भईरहेको ललितपुर प्रहरीले जनाएको छ ।गएको भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुरको सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी गरिएको थियो । सोही समूहले तत्कालीन अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष… पुरा पढौ

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ । जिल्लामा पहिचान र नियमित औषधि सेवन गर्ने २१५ सङ्क्रमितमध्ये १९ बालबालिका रहेको पाइएको छ । करिब १५ वर्षदेखि एचआइभी सङ्क्रमित भई औषधि सेवन गर्दै आएकी बागलुङ नगरपालिका निवासी एक महिला समाजले सङ्क्रमितलाई हेर्ने दृष्टीकोण अझै परिवर्तन हुन नसकेको बताईन् । उनले आफूले खुलेर हिँड्न चाहे पनि समाजले आफ्नो परिवारलाई हेलाको भावले हेर्ने गरेकाले आफू जस्ता सङ्क्रमित खुल्न डराएको बताईन् । “आफू पो सङ्क्रमित भइयो, परिवार सबै राम्रो छ, छोरीले उच्च शिक्षा… पुरा पढौ

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाण्डौंमा हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । एमाले मुख्यालय च्यासलमा बसेको महाधिवेशन तयारीका लागि गठन भएको व्यवस्थापन समितिको सचिवालय बैठकले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ।महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफलसहित समीक्षा गरेको एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार सबै उपसमितिहरूले गरिरहेका काम र रिपोर्ट पेस गरिएको बैठकमा महाधिवेशन तयारीको काम अन्तिम चरणमा पुगेको निष्कर्ष… पुरा पढौ

पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

नागढुङ्गा–मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द हुने भएको छ । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा यातायात आवतजावत बन्द गर्न लागिएको हो । सडक आयोजनाले निकालेको सूचना अनुसार नागढुङ्गाबाट पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म आवागमन बन्द हुनेछ । यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन र यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न सडक आयोजनाले आग्रह… पुरा पढौ

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्राअवधि छोटिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर ९बेनी–जोमसोम–कोरला¬० सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । करिव १३ किलोमिटर दुरीको सडकमध्ये करिब दुई किलोमिटर बाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको सडक योजना कार्यालयले जनाएको छ । यातायात व्यवसायी रेशबहादुर विश्वकर्माले मालढुङ्गा–बेनी सडकमा यात्रा गर्दा यसअघि एक घण्टाको यात्राअवधि स्तरोन्नतिपछि २०… पुरा पढौ

तमु धिं नेपालले पाेखराकाे टुँडिखेलमा ३ दिने तमु ल्होछार महोत्सव आयोजना गर्ने

पोखरा, २१ म्ंसिर ।तमु धिं नेपालले राष्ट्रिय पर्व तमु ल्होछार त ल्हो घोडा वर्ग आगमनको अवसरमा पहिलो पटक पोखराको पुरानो टुँडिखेलमा यस वर्षबाट ल्होछारलाई महोत्सवको रुपमा मनाउने जानकारी गराएको छ ।यसवर्ष सप्री ल्हो सर्प वर्गकोे बिदाई र त ल्हो घोडाा वर्गको आगमन हुँदैछ । तमुहरुले पुस १५ गते ल्होछारलाई धुमधामकासाथ गाउँघरमा मनाउने चलनलाई निरन्तरता दिदैं आएका छन् ।तमुु समुदायको राजधानी पोखरामा यसवर्ष देखि पुस १४, १५ र १६ गते विभिन्न कार्यक्रमका साथ टुँडिखेलमा महोत्सवको रुपमा मनाउन लागेको तमु धिं नेपालका… पुरा पढौ