देश

रामेछाप बस दुर्घटना अपडेटः १२ जनाको मृत्यु

रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिए । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो । रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । बस… पुरा पढौ

गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

गण्डकी प्रदेशमा यस वर्ष २१ हजार १३४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । पोखरास्थित प्रादेशिक जनस्वास्थ्य केन्द्रका अनुसार सबैभन्दा धेरै कास्कीमा पाँच हजार ६४९, नवलपुरमा तीन हजार ५८५ र तनहुँमा दुई हजार ६२५ जना किशोरीलाई उक्त खोप प्रदान गरिने भएको हो । यस्तै बागलुङमा दुई हजार ३०२, गोरखामा एक हजार ८८०, स्याङ्जामा एक हजार ७८९, लमजुङमा एक हजार २५८, पर्वतमा ९५०, म्याग्दीमा ९२६, मुस्ताङमा १४७ र मनाङमा २६ जनालाई ‘एचपिभी’ खोप लगाइने प्रादेशिक जनस्वास्थ्य केन्द्रका खोप… पुरा पढौ

रामेछापमा बस दुर्घटना अपडेटः नौ जनाको मृत्यु

रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो । रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिएको छ । रासस पुरा पढौ

अमलाविसौंनीमा स्कुटर दुर्घटना, एक युवाको मृत्यु

पोखराको लामाचौरस्थित अमलाविसौंनीमा भएको स्कुटर दुर्घटनामा परी एक जना युवाको मृत्यु भएको छ । पोखरा १९ घार्मीबाट लामाचौर तर्फ आईरहेको ग १० प २५२१ नम्वरको स्कुटर ब्रेक फेल भई दुर्घटनामा पर्दा पोखरा १६ अम्विका थरका १८ बर्षिय आर्यन गुरुङको ज्यान गएको हो । स्कुटरमा सवार अन्य २ जना मध्ये सोही वडाका चरण गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको र अर्का अन्नपुर्ण ४ सल्यानका विज्ञान केसीलाई सामान्य चोट लागेको वडा प्रहरी कार्यालय बगरले जानकारी दिएको छ । ३ जना एउटै स्कुटरमा… पुरा पढौ

एमाले उमेद्वार आचार्य,जन्मथलो भरतपोखरीमा आर्शीवाद थाप्दैं

नेकपा एमाले कास्की २ का उमेद्वार रश्मि आचार्यले चुनावी प्रचार अभियानलाई तिब्रता दिएका छन् । उमेद्वारी दर्ता लगत्तै चुनावी प्रचारमा होमिएका आचार्यले मंगलबार जन्मथलो पोखरा ३३ भरत पोखरीका स्थानिय बासिन्दासँग आर्शीवाद सहित सुझाव संकलन गरेका छन् ।त्यस क्रममा स्थानीयले आफ्नै टोलमा देखिने र संसदमा जनताका कुरा राखेर परिणाम निकाल्न सक्षम उम्मेदवार आचार्य नै भएको प्रतिक्रिया दिएका छन।उनीहरुले उम्मेदवार आचार्यलाई ठाउँ बुझेको ,जनताको सारथी भएको र समस्यालाई समाधान सहित उजागर गर्न सक्षम आफ्नो रोजाइको उम्मेदवार आचार्य भएको भन्दै निर्धक्क हुन आश्वस्त… पुरा पढौ

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छन् । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतमा सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन सुझाव दिईन् । प्रधानमन्त्री कार्कीले भन्,ि “यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा… पुरा पढौ

नेपालमा भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय सुधार देखिएन

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल ९टिआई०ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अङ्क प्राप्त गरेको छ । गत वर्ष जस्तै अङ्क कायम रहँदा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार देखिन नसकेको सङ्केत सूचकाङ्कले दिएको छ ।विश्वका १८० देश समेटिएको सूचकाङ्कमा नेपाल १०० मध्ये ३४ अङ्कसहित मध्यमभन्दा कमजोर अवस्थामै रहेको छ । सूचकाङ्कअनुसार शून्य अङ्क अत्यधिक भ्रष्ट र १०० अङ्क अत्यन्त पारदर्शी मुलुकलाई जनाउँछ । टिआई नेपालले सार्वजनिक गरेको विवरणअनुसार नेपालका लागि सूचकाङ्क निर्धारण गर्दा विश्व बैङ्क, विश्व… पुरा पढौ

एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग०, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी,… पुरा पढौ

एमाले उमेद्वार रश्मि आचार्यको योजना,‘लिङ्क पोखरा’को परिकल्पना

नेकपा एमाले क्षेत्र नं. २ का उमेद्वार रश्मि आचार्यले पोखराको शहरी र ग्रामीण क्षेत्रबीच सन्तुलित विकास गर्न ‘लिङ्क पोखरा’ को परिकल्पना गरिएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं। ७ मा निर्वाचन सम्पर्क कार्यालयको स्थापना पछि आयोजित कार्यक्रममा उनले ‘लिङ्क पोखरा’ एक दीर्घकालीन मास्टर प्लान हुने र यसले ग्रामीण र शहरी क्षेत्रबीच स्थानीयवासी तथा पर्यटकको आवत–जावत बढाउँदै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने स्पष्ट पारे । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा पर्यटकको बसाइ अवधि लम्ब्याउने लक्ष्य रहेको बताउँदै उमेद्वार आचार्यले पर्यटनको… पुरा पढौ

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम ए अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिविच भेटवार्ता भएको हो ।भेटघाटमा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवद्र्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने… पुरा पढौ