देश

नेकपाको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको छः संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले राखेको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको बताएका छन् । नेकपा काठमाडौँ क्षेत्र नं ५ ले आज आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेपाली कम्युनिष्ट पार्टीको निर्माण भएको बताए । “नेपालभित्र रहेका सबै कम्युनिष्ट शक्ति अट्न सक्ने गरी नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका छौँ, यो पार्टीमा हाल साना र ठूला २६ पार्टी जोडिएका छन् भने हजारौँ कार्यकर्ताहरु जोडिएका छन्”, उनले भने ।पूर्वप्रधानमन्त्री समेत रहेका… पुरा पढौ

बाटुलेचौरमा कांग्रेसको सम्पर्क कार्यालय स्थापना, बद्लिएको कांग्रेसले देश बदल्छ:उमेद्वार बास्तोला

नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. २ कास्कीले पोखरा १६ बाटुलेचौरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी स्थापना गरिएको कार्यालयको क्षेत्र नं. २ का उमेद्वार माधवप्रसाद बास्तोला मधुले उद्घाटन गरे । उद्घाटन पछि आयोजित कार्यक्रममा उमेद्वार बास्तोललले राष्ट्र र लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्न सक्ने बताए । उनले विशेष महाधिवेशन पछि कांग्रेस बदलिएको बताउँदै, बदलिएको पार्टीले नै नवयुवालाई साथमा लिएर मुलुकलाई बदल्ने दावी गरे । पोखरा पर्यटनको प्रचुर क्षेत्र भएको बताउँदै बास्तोललले यस… पुरा पढौ

आहा ! रारा पोखरा गोल्ड कप मंगलबारदेखि, उद्घाटनमा आयोजक सहारा र गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ खेल्ने

सन्देश श्रेष्ठपोखरा, माघ २५ आहा ! रारा पोखरा गोल्डकप मंगलबारदेखि शुरु हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा फागुन ९ गतेसम्म हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि शुरु हुन लागेको हो । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं” भन्ने नारासहित सञ्चालन हुने २५ औं संस्करणको यस प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने आयोजक सहारा क्लव पोखराले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । ३ विदेशीसहित १२ सहभागी… पुरा पढौ

प्रतिभा माविले जित्यो प्रतिभा सुपर लिग क्रिकेटको उपाधि

सन्देश श्रेष्ठपोखरा, माघ २५ प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पीयन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो । पोखरा रंगशालामा आईतबार भएको फाइनल खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुललाई ५८ रनले पराजित गर्दै प्रतिभाले पोखरामा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको हो । आईतबारको खेलमा प्रतिभा माविले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रनको योगफल तयार… पुरा पढौ

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव समारोहको आज उद्घाटन गर्दै यस्तो बताउएका हुन् ।“देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक छ”, राष्ट्रपति पौडेलले भने, “राज्यले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतारेपछि नै राजनीतिक स्थायित्व सम्भव हुने हो भन्ने हामीले बिर्सन हुन्न ।” उनले नेपाल बहुजातीय, बहुभाषिक,… पुरा पढौ

लामाचौरमा सातौं संस्करणको शिव दर्शन यात्रा हुने

महाशिवरात्री पर्वको अवसरमा पोखराको लामाचौरमा शिव दर्शन यात्रा २०८२ हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा यही फागुन ३ गते हुने सातौं संस्करणको शिव दर्शन यात्रा कार्यक्रमको तयारी शुरु गरिएको समाजका अध्यक्ष ईन्जिनियर दिनेश भण्डारीले जानकारी दिए । समाजमा धार्मिक चेतनाको विकास र महाशिवरात्री पर्वको धार्मिक पक्षलाई संरक्षण गर्ने उद्धेश्यले विगत ७ बर्षदेखि निरन्तर कार्यक्रम गर्दै आईरहेको उनले बताए । गोस्तेघाटमा रहेको सर्वेश्वर शिवालयबाट शुरु हुने यात्रा त्यस क्षेत्रमा रहेका सुरथेश्वर, जलेश्वर, महेन्द्रेश्वर हुँदै कणेश्वर शिवालयमा पुगेर सम्पन्न… पुरा पढौ

प्रतिनिधिसभा निर्वाचनः आयोगले नौ प्रकारका सामग्री पठाउने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टीकर रहेका उनले उल्लेख गरे । यसैगरी जिल्लामा व्यवस्थापन… पुरा पढौ

पोखराको जेठो सामाजिक संस्था पोउवा संघ ७२ औं वर्षमा

पोखरा उद्योग वाणिज्य संघ ७२ औं वर्षमा प्रवेश गरेको छ । २००७ सालको क्रान्तिपछिको चेतनाको जगमा २०११ साल माघ २५ गते पोखराका उद्योगी÷व्यवसायीहरुले अमृतप्रसाद शेरचनको नेतृत्वमा पोखरा व्यापार संघको स्थापना गरेका थिए । संघको ७२ औं स्थापना दिवसको अवसरमा आइतबार सचिवालय गैह्रापाटनमा झण्डोत्तोलन गरिएको छ । सो कार्यक्रममा संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनसहित वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य र शुभेच्छुकहरुको सहभागिता रहेको संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।संघका उद्योग उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाका अनुसार संघले चुनावी आचार संहिताका कारण वार्षिकोत्सव केही कार्यक्रमलाई… पुरा पढौ

खोटाङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित करिव २ सय जना बिरामी, शिविरमार्फत उपचार सुरु

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित करिव २ सय जना बिरामी परेका छन् । यही माघ २१ गते दिप्लुङमा आयोजित विवाह समारोह पछि भोज खाएका सबै जना माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् ।सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ । विवाह भोज खाएकाहरूलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको स्थानीयवासी वीरबल किरातीले जानकारी दिए । बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी… पुरा पढौ

देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप अभियान देशभरि नै सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार आजदेखि फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको छ । अभियानकै क्रममा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पनि सोही अभियानअन्तर्गत खोप लगाउने र… पुरा पढौ