देश

बंगलादेशलाई हराउँदै भारत साफ यू–१९ को च्याम्पीयन

सन्देश श्रेष्ठपोखरा, माघ २४ बंगलादेशलाई हराउँदै भारत साफ यू–१९ फुटबल प्रतियोगिताको च्याम्पीयन बनेको छ । पोखरामा शनिबार भएको फाईनल खेलमा भारतले बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । भारतको यो तेस्रो उपाधि हो । यसअघि पहिलो प्रतियोगितामै उपाधि जितेको भारतले सन् २०२४ मा भने बंगलादेशसँग संयुक्त रुपमा दोस्रो पटक उपाधि चुमेको थियो । शनिबार भने फाइनल भिडन्तमा भारतले बंगलादेशसँग लिग चरणमा बेहोरेको हारकोसमेत बदला लिदै उपाधि रक्षा गर्यो । लिग चरणमा बंगलादेशले भारतलाई २–० ले पराजित गरेको… पुरा पढौ

सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथन : ह्वीलचेयर र दृष्टिविहीन् दौड सम्पन्न

सन्देश श्रेष्ठपोखरा, माघ २४ पोखरामा हुने सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथन अन्तर्गत शनिबार ह्वीलचेयर र दृष्टिविहीन् दौड सम्पन्न भएका छन् । शनिबार पोखरा रंगशालामा सम्पन्न दृष्टिविहीन दौड प्रतियोगितामा पुरुषतर्फ लमजुङका विसु तामाङ प्रथम, म्याग्दीका सोनम विक द्वितीय र स्याङ्जाका युवराज भण्डारी तृतीय भए । दृष्टिविहीन दौड प्रतियोगितामा महिलातर्फ स्याङ्जाकी देवी बराल प्रथम, पोखरा अमरसिंहकी शर्मिला सुनार द्वितीय र कास्कीकै कृष्टिना पौडेल तृतीय भईन् । त्यस्तै, ह्वीलचेयर दौडमा पुरुषतर्फ कास्कीका भरत अधिकारी प्रथम, तनहुँका जीवन श्रेष्ठ द्वितीय र कास्कीकै सुरेश गौली तृतीय… पुरा पढौ

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

पोखरा, माघ २४ कास्की क्षेत्र नम्बर १ मा एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को नै लागेको छ । जेनजी आन्दोलन दबाउन एमाले र त्यसको अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिका खेलेको भन्दै त्यस क्षेत्रमा एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को नै लागेको हो । सो अभियान अन्तर्गत शनिबार काहुँखोलामा आयोजित सम्पर्क कार्यालय स्थापना कार्यक्रममा ५३ जना एमाले कार्यकर्ता नेकपामा प्रवेश गरेको सो क्षेत्रकी चुनावी कमाण्डर तथा समानुपातिक उम्मेदवार सोमती गुरुङले जानकारी दिईन् । कार्यक्रममा रणबहादुर विश्वकर्मासहितका ५३ जना… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा र मदरल्याण्ड भिड्ने

सन्देश श्रेष्ठपोखरा, माघ २४ प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा मावि र मदरल्याण्ड सेकेण्डरी भिड्ने भएका छन् । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतिोगिता अन्तर्गत शनिबार भएको सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर मावि र मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । प्रतियोगिताको उपाधि भिडन्त आईतबार पूर्वाह्न १० बजे हुने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए । प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन… पुरा पढौ

कास्की–१ मा गनेस पौडेलको संवाद यात्रा तीव्र ः टोल–टोलमा उत्साहित जनता, परिवर्तनको अपेक्षा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार गनेस पौडेलको ‘स्थानियसँग संवाद यात्रा’ चुनावी अभियानको केन्द्रमा देखिएको छ । कास्की क्षेत्र नम्बर १ पोखरा महानगरपालिका अन्र्तगत वडा नम्बर १३ का टोल–टोल पुगेर जनताको मन बुझ्ने, सुझाव संकलन गर्ने र मत माग्ने क्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ।शनिबार बिहान पोखरा–१३ पाटन बेसीमा सम्पर्क कार्यालय उद्घाटन तथा संवाद यात्रा कार्यक्रमबाट अभियान सुरु गरिएको थियो । बिहान कञ्चन टोल, मध्यान्ह शुभकामना टोल र दिउँसो भञ्ज्याङ क्षेत्रमा संवाद कार्यक्रम सम्पन्न… पुरा पढौ

नेपाली काँग्रेसको पोखरा–२७ मा सम्पर्क कार्यालय स्थापना

नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ ले विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना मतदातासँगको सुझाव संकलनलाई तीव्र बनाएको छ । शनिवार कास्की क्षेत्र नं. १ को पोखरा महानगर पालिका वडा नं. २७ को आवसनगरमा चुनाव प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ ।सम्पर्क कार्यालयको क्षेत्र नं. १ कास्कीका प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले उद्घाटन गरेका छन् ।कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले देश र जनतासँग डराउने पार्टी भनेकै नेपाली काँग्रेस भएको बताउँदै सधैँ जनताको दास भएर काम… पुरा पढौ

कास्कीमा प्रहरीलाई निर्वाचन सुरक्षा सम्बन्धी अभिमुखीकरण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने कास्की मातहतका प्रहरी चौकी र युनिट इञ्चार्जलाई निर्वाचन सुरक्षा, आचारसहिंतालगायतका विषयमा अभिमुखीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक नवीन कार्कीको उपस्थितिमा जिल्लाको सुरक्षा अवस्था र आगामी दिनमा तय गर्नुपर्ने रणनीतिका विषयमा अन्तरक्रिया एवं छलफल भएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए । “कार्यालयको नेतृत्वबाट मातहतका कार्यालय र युनिटका प्रमुखलाई निर्देशन प्राप्त भएको छ, निर्वाचन सुरक्षालाई कसरी चुस्त र प्रभावकारी बनाउने विषयमा अभिमुखीकरण गरिएको छ”,… पुरा पढौ

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको बताएका छन् । निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे बुझ्न नुवाकोट पुगेका अर्यालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताए । “वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा त्यो सम्पन्न गर्नेमा नै केन्द्रित छ, उनले भने । मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन अनुरोध गर्दै गृहमन्त्री अर्यालले देशभर निर्वाचनको वातावरण बनेको दावी… पुरा पढौ

लेखक संघ कास्कीले गर्यो कृति र स्रष्टा सम्मान

नवलपुरका स्रष्टा कवि गोविन्दराज विनोदी लेखक कृति पुरस्कार २०८१ बाट पोखरामा पुरस्कृत भएका छन् । नेपाली लेखक सङ्घ कास्कीले स्थापना गरेको नगद २५ हजार रुपैंया राशीको सो सुरस्कार शनिबार पोखरामा आयोजित कार्यक्रममा कवि विनोदीद्वारा लिखित अलङ्कार इन्द्रेणीलाई लेखक कृति पुरस्कार प्रदान गरिएको हो । त्यस्तै पोखरेली कवि तारा पाखेलाई स्रष्टा सम्मान गरिएको छ। गण्डकी प्रदेशमा जन्मले वा कर्मले क्रियाशिल स्रष्टाको पुस्तकलाई पुरस्कृत गर्ने अभिप्रायले सो पुरस्कार स्थापना गरिएको संघले जनाएको छ । दुवै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली लेखक सङ्घ… पुरा पढौ

रास्वपा कास्की–२ का बिभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना

राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरर्गत बिभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना गरेकोे छ । आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा नागरिकसँग प्रत्यक्ष संवाद गर्न सहज बनाउने उद्देश्यले सम्पर्क कार्यालयहरू सञ्चालनमा ल्याएको हो।जस अन्र्तरगत पोखरा ८ आलुमाइला चोक र पोखरा–३३ मा सम्पर्क कार्यालय स्थापना गरि उद्घाटन गरिनुका साथै बिभिन्न ठाउँहरुमा सुझाव संकलन जारी रहेको रास्वपा कास्की–२ को सचिवालयले जनाएको छ । कार्यालय स्थापनाको अवसरमा केन्द्र ,प्रदेश ,जिल्ला र क्षेत्रका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता… पुरा पढौ